स्वास्थ्य

डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ द्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चाडपर्वको समयमा डेङ्गुले जनजीवन प्रभावित बनाएकाले यसको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन । पूर्वस्वास्थ्यमन्त्री थापाले सरकारसँग देशभरको डेङ्गु सङ्क्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्नेबारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गरे । सरकार महामारीको बेलामा अरु कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने उनको भनाइ… पुरा पढौ

थप ४५ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दुई हजार छ सय ७८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार तीन सय सात जनाले पिसीआर र एक हजार तीन सय ७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ७० सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार छ सय १७ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर… पुरा पढौ

आदर्श सहकारी आर्वामा रक्तदान र स्वास्थ्य सचेतना

पोखरा–१३, आर्वास्थित आदर्श बचत तथा ऋण सहकारी संस्था लि.ले रक्तदान र स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ।संस्थाले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा कार्यक्रमहरु गरेको हो। संस्थाले आयोजना गरेको खुल्ला रक्तदानमा ३७ युनिट रगत संकलन गरिएको छ। त्यस्तै, निःशुल्क बाथरोगसम्बन्धी रगत परीक्षण स्वास्थ्य सचेतना कार्यक्रममा ७७ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। आदर्श बचत तथा ऋण सहकारी संस्था लि. र लायन्स क्लव अफ भद्रकालीको संयुक्त आयोजनामा रक्तदान तथा सहकारी र नेशनल बाथरोग सेन्टर मुस्ताङचोकको आयोजनामा निःशुल्क रगत परीक्षणको स्वास्थ्य सचेतना कार्यक्रम गरेको हो। प्रमुख अतिथि… पुरा पढौ

आज विश्व मुटु दिवस

आज अंग्रेजी महिनाको २९ तारिका अर्थात विश्व मुटु दिवस। नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरेर आजको दिन विश्व मुटु दिवस मनाइँदैछ । ‘हरेक मुटुलाई मुटुदेखि नै माया गरौँ’ भन्ने उद्देश्यसहित यो वर्ष २०२२ मा ‘Use Heart, For Every Heart’ को नारासहित विश्व मुटु दिवस मनाइँदैछ। विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउँदै आएको हो। हरेक वर्ष मुटुसम्बन्धी रोगका… पुरा पढौ

मुटुरोगीको सङ्ख्या बढ्दै

चितवन । जिल्लाका ठूला अस्पतालका मुटुरोग विशेषज्ञले एउटै मञ्चबाट उच्च रक्तचाप, मधुमेह, तनाव, मदिरा, सुर्तीजन्य पदार्थ, मोटोपन जस्ता कारणले दिनानुदिन मुटुरोगीको सङ्ख्या बढ्दै गएको बताएका छन । मुटुरोगको उपचार गर्ने चिकित्सकको संस्था ‘नेशनल हर्ट एण्ड लङ्ग सोसाईटी’ नेपाल र कान्तिपुर हेल्थले आज यहाँ आयोजना गरेको चिकित्सक–पत्रकार अन्तक्रिया कार्यक्रममा उनीहरुले आम नागरिकमा रोगबाट बच्नका लागि आवश्यक जनचेतना जगाउन नसकिएकामा चिन्ता व्यक्त गरेका हुन । कार्यक्रममा भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणिप्रसाद गौतमले मुटु रोग तनाव, मधुमेह, धूमपान, व्यायामको अभाव, मदिरा, सुर्तीजन्य… पुरा पढौ

दक्षिण कोरियामा ३९ हजार भन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३९ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार चार सय २५ जना सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ४६ लाख ७३ हजार छ सय ६३ पुगेको स्वास्थ्य अधिकारीहरुको भनाई छ । दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक दिनअघिको तुलनामा बढेको देखिएको छ । अघिल्लो दिन १४ हजार एक सय ६८ जना सङ्क्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक… पुरा पढौ

७६ जिल्लामा फैलियो डेंगु, बिरामीको संख्या २४ हजार नाघ्यो

रोग देशका ७७ मध्ये ७६ जिल्लामा डेंगु फैलिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिएका छन्। डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। नेपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए। त्यसपछि डेंगुका बिरामी नेपालमा वर्षेनी देखिंदै आएका छन्। मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगुका बिरामी बागमति प्रदेशमा देखिएका छन्। यो अवधिमा बागमती प्रदेशमा १९ हजार डेंगुका बिरामी भेटिएका छन्।… पुरा पढौ

पद्म नर्सिङ्ग होम अब थप सुबिधा सहित नदिपुरमा

पोखरा । पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा. लि. नदिपुरबाट संचालनमा आएको छ । बिगत २७ बर्ष देखि पोखराको न्युरोडमा संचालनमा रहेको पद्म नर्सिङ्ग होम सोमबार घटस्थापनाको दिन देखि पोखरा–३ नदिपुरमा जापानीज प्रविधिमा निर्मित आफ्नै सुबिधा सम्पन्न भवन बाट संचालनमा आएको हो । नर्सिङ्ग होमले अहिले तत्काललाई इमर्जेन्सी सेवा, सबै प्रकारका बहिरङ्ग (ओपिडी) सेवा, अप्रेसन, जनरल वार्ड, अत्याधुनिक प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इ.सि.जि., इकोकार्डियोग्राफी, इन्डोस्कोपी, फार्मेसी लगायत यस अगाडि प्रदान गर्दै आईरहेको सेवालाई यथावत राखेको जनाएको छ… पुरा पढौ

देखासिकीले सचेत बन्दै उपभोक्ता

तनहुँ । केही वर्ष पहिलेसम्म व्यास–६ सिसाघाट निवासी ५६ वर्षीया देवका नागिलालाई दैनिक उपभोग्य खाद्यान्नको गुणस्तरबारे खासै चासो थिएन । जेठो छोरा राजनको निमन्त्रणामा चार महिना अष्ट्रेलिया बसेर आएपछि भने उनीमा परिवर्तन देखिएको छ । नागिला जस्तै विदेशको देखासिकीले खानपान शैली बदल्ने अहिले गाउँघरमा अधिकांश भेटिने गरेका छन् । कुनै पनि खाद्यान्नको उत्पादन, म्याद समाप्त मिति हेर्ने र खुला स्थानको खाद्यान्न खाँदै नखाने बानी बसालेको नागिलाले बताए । “पहिले मलाई जे पनि खान पाए भइहाल्थ्यो भन्ने लाग्थ्यो”, उनले भने, “परीक्षण… पुरा पढौ

शल्यक्रिया सेवाले जिल्लावासीलाई राहत

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले नियमितरुपमा शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई राहत भएको छ । उक्त केन्द्रले साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि बाहिरी जिल्ला जानुपर्ने बाध्यता अन्त्य भएको हो । उपचार केन्द्रमा बिहीबारमात्रै पित्तथैलीमा पत्थरीको सफल शल्यक्रिया गरिएको थियो । शुक्लागण्डकी नगरपालिका–७ निवासी ६१ वर्षीया कुमारी गाहा मगरको पित्तथैलीमा पत्थरीको उक्त उपचार केन्द्रमा गरिएको शल्यक्रिया सफल भएको थियो । जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको… पुरा पढौ