स्वास्थ्य

विश्वभर ७०० भन्दा बढी मंकीपक्सबाट संक्रमित

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मंकीपक्स संक्रमितको संख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ। पछिल्लो समय मंकीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ। सीडीसीको एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिंगी पुरुषसँग यौन सम्बन्ध राख्ने व्यक्ति रहेका र बाँकी १४ जना यात्रासित सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सबै बिरामीहरू निको भइसकेका छन् वा निको हुने क्रममा छन्। तर, कुनै पनि संक्रमितलाई जटिल स्वास्थ्य समस्या देखिएको छैन।… पुरा पढौ

मुस्ताङको घरपझोङ गाउँपालिका आइतबार समेत खुल्ला

मुस्ताङको घरपझोङ गाउँपालिकाले आइतबार समेत सेवा दिने निर्णय गरेको छ। नेपाल सरकारले शनिबार र आइतबार २ दिन सार्वजानिक विदाको घोषणा गरेपनि मुस्ताङका पालिकाहरुले भने आइतबारको विदा कटौती गरेका हुन्। घरपझोङको कार्यपालिकाको बैठकले आइतबार समेत सेवा दिने निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ ‘यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु आइतबारदेखि बिहिबारसम्म विहान १० बजेदेखी ५ बजेसम्म र शुक्रबार १० बजेदेखी ३ बजेसम्म कार्यालय समय तोकी कार्यालय खुल्ला… पुरा पढौ

गोशली हाउसद्वारा प.क्षे.अ.परिसरमा चार वटा प्रतिक्षालय हस्तान्तरण

पोखरा । गोशली हाउस पोखराले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान मातहतको पश्चिमान्चल क्षेत्रीय अस्पताल परिसरमा चार वटा यात्रु प्रतिक्षालय हस्तान्तरण गरेको छ । हाउसका संचालक तथा शान्ति तथा कल्याणकारी गुठीका अध्यक्ष शुशिलकुमार गोशलीले बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लायन्स पार्कमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका उप कुलपति प्रा.डा.डुकबहादुर क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।हस्तान्तरण समारोहमा बोल्दै अध्यक्ष गोशलीले गोशली हाउस तथा गुठीका तर्फबाट सहयोग गर्न पाएकोमा सन्तुष्टि ब्यक्त गरे । यो सानो सहयोग मात्र हो, गोशलीले भने ‘आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग… पुरा पढौ

भारतमाा एकदिनमा चार हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ४१ जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।बुधबार तीन हजार ७१२ लाई कोरोना सङ्क्रमण भएको थियो । बुधबारको तुलनामा बिहीबार कोरोना सङ्क्रमितको सङ्ख्या करिब एक हजार बढेको छ । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । बिहीरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ३३६ जनालाई कोरोना निको भएपछि कोरोनाबाट… पुरा पढौ

‘प्याकेजिङ’ खाद्यवस्तुबारे विद्यालयमा सचेतना

बागलुङ । बागलुङका विद्यालयमा बालबालिकालाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुबाट स्वास्थ्यमा हुने दीर्घकालीन असरबारे सचेत बनाइने भएको छ । विद्यालयमै पुगेर ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुको लेबल विवरण तथा खाद्य स्वच्छतासम्बन्धी जानकारी गराइने भएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । आउँदो जेठ २४ गते मनाइने चौधौँ खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित विविध कार्यक्रमअन्तर्गत विद्यालय तहका विद्यार्थीलाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुसम्बन्धी सचेतनालाई प्राथमिकतामा राखेको हो । ‘स्वच्छता सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाउन लागिएको दिवसमा उपभोक्ताको खाद्य स्वच्छतासम्बन्धी अधिकार प्रत्याभूति गर्न… पुरा पढौ

कोरोनाको दैनिक सङ्क्रमण करिब एक हजारले नै बढी

भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको संख्या तीन हजार ७१२ ले थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।मङ्गलबार दुई हजार ७४५ लाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार तुलनामा बुधबार कोरोना सङ्क्रमितको संख्या ९६७ बढेको छ । गत २२ दिनअघि कोरोना सङ्क्रमण ३ हजार नाघेको थियो । गएको मे ९ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २०७ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमण तीन हजारबाट घटेको थियो ।हाल यहाँ १९ हजार ५०९ सक्रिय… पुरा पढौ

भारतमा एक दिनमा दुई हजार ७४५ कोरोना सङ्क्रमित

भारत मङ्गलबार दुई हजार ७४५ कोरोनाका नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।सोमबार दुई हजार ३३८ लाई कोरोना सङ्क्रमण भएको थियो । सोमबार तुलनामा मङ्गलबार कोरोना सङ्क्रमितको संख्यामा बढेको छ, अर्थात ४०७ जना कोरोना सङ्क्रमित बढेका मन्त्रालयले थप जानकारी दिएको छ । हाल यहाँ १८ हजार ३८६ सक्रिय सङ्क्रमित रहेका छन् । यद्यपी हिजो सार्वजनिक भएको समाचारअनुसार १७ हजार ८८३ सक्रिय सङ्क्रमित रहेका थिए । यो संख्या कुल सङ्क्रमितको ०।०४ प्रतिशत हो ।मङ्गलबार मध्यरातीसम्म… पुरा पढौ

सर्लाहीको बलरामा मलेरियाका बिरामी

सर्लाही । सर्लाहीकोे बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी फेला परका छन् । बलरा नगरपालिका २ र ९ को गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना मलेरियाका बिरामी फेला परेका हुन् ।बलरा नगरपालिका २ हथियौल र ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया ९औलोरोग० देखा परेको र दोस्रो चरणमा स्वास्थ्यकर्मी गाउँमा नै पठाएर रगत परीक्षण गर्दा थप चार जनामा मलेरिया९औलोरोग० देखा परेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए । उनका अनुसार मलेरियाका बिरामी भेटिएपछि सो… पुरा पढौ

विराटनगरमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन

मोरङ। प्रदेश नं १ सरकारद्वारा विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्रका नागरिकलाई सहजरुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन आजदेखि निःशुल्क स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।विराटनगर–१० स्थित पाँच बिघा क्षेत्रफलमा अवस्थित साविकको कोसी अस्पतालस्थित कोभिड–१९ उपचार केन्द्रमा सञ्चालनमा ल्याइएको उक्त केन्द्रमा बहिरङ्ग सेवा, औषधि, प्रयोगशाला, एक्सरेलगायतका सम्पूर्ण सुविधा नागरिकले निःशुल्क प्राप्त गर्ने जनाइएको छ । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले अस्पतालको उद्घाटन गर्दै प्रदेशका नागरिकलाई सवल र सहजरुपमा स्वास्थ्य सेवामा पहुँच पु¥याउन केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनले नागरिकको स्वास्थ्य… पुरा पढौ

आज विश्व सुर्तीजन्य पदार्थरहित दिवसःवर्षेनी सुर्तिजन्य सेवनबाट मृत्यु हुनेको तथ्याङक यस्तो छ

काठमाडौ । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको बताएका हुन् । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो । विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै… पुरा पढौ