स्वास्थ्य

सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव

विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको थियो । शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिए । उनले सबैले मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह… पुरा पढौ

‘जेनजी’ प्रदर्शनका घाइते मध्ये ११ जना अझै अस्पतालमा

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा घाईते भएका मध्ये ११ जना अझै अस्पतालमा उपचाररत छन् । दुई हजार ५ सय ७२ जना घाइते भएका मध्ये बाँकी ११ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई सरकारले चार प्रकारमा वर्गीकरण गरेको छ । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको जानकारी दिए ।… पुरा पढौ

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो । मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसङ्घले प्रोत्साहन गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए भने १९८० मा १० यो… पुरा पढौ

परिवार नियोजन संघको अभियान छोरेपाटन र सरस्वती टिका मा.विमा

नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १७ को छोरेपाटन मा.वि र पोखरा महानगरपालिका वडा नं ३३ को सरस्वती टिका मा.विमा अभियान संचालन गरिएको छ । अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवाहरु सहभागि गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिनेछ । छोरेपाटन मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै… पुरा पढौ

डेंगु संक्रमितको ग्राफ बढ्दो, गण्डकी प्रदेशमा मात्रै १ हजार ९ सय बढी संक्रमित

पछिल्लो एक सातामा देशभर १ सय ८२ जना डेंगु संक्रमित थपिएका छन् । विगतका वर्षहरूमा वर्षायाममा धेरै संक्रमण देखिने गरेकोमा यस वर्ष कात्तिकको अन्तिम सातासम्म पनि संक्रमण नघटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै २६ जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या ७ हजार ५ सय १९ पुगेको छ । संक्रमणबाट सबैभन्दा धेरै गण्डकी प्रदेश प्रभावित भएको छ । जहाँ १ हजार ९ सय ८ जनामा… पुरा पढौ

नेलम्वो नेपालको सहयोगमा सहारा आविमा ३ दिने शिविर शुरु

पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा ३ दिने निस्शुल्क दन्त तथा कानको शिविर शुरु भएको छ । विपन्‍न समुदाय र जैविक विविधता सहयोगी संस्था नेलम्बो नेपालको प्राविधिक सहयोग र पोखरा मपना वडा नं ९ को वडा कार्यालयको समन्वयमा ३ दिन सम्म सञ्चालन हुने कार्यक्रमको उद्‍घाटन पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले गरे उनले कक्षा ८ मा अध्ययनरत छात्रा शिलिषा परियारलाई ओ।पि।डी स्लिप प्रदान गरि कार्यक्रमको शुरुवात गरेका हुन्। कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख आचार्यले निस्शुल्क रुपमा दाँत… पुरा पढौ

परिवार नियोजन संघको अभियान विन्ध्यवासिनी माविमा

नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित गरी विद्यालय र कलेजमा अभियान संचालन गर्ने योजना अनुसार कार्यक्रम जारी राखेको सभापति नवीन सिग्देलले जानकारी दिए । कार्यक्रम पोखरा महानगरपालिका वडा नं २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रधानाङ्गले सम्वदेनशील उमेर समूह छनोट गरी कार्यक्रम संचालन गरिनु प्रशंसनीय भएको बताए… पुरा पढौ

नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय

नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई थप एक महिना समयावधि थप गरिएको छ । सरकार र आन्दोलनरत समूहबीच भएको सहमतिअनुसार सो कार्यदललाई थप एक महिना समय दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।सहमतिअनुसार कार्यदलले नर्ससहित अन्य विषयको विस्तृत अध्ययन गरी समाधानका लागि ठोस कार्ययोजना तयार गर्न केही समय लाग्ने भएकाले मङ्सिर १५ गतेसम्म म्याद थप्ने निर्णय भएको उनले बताए । “अहिले कार्यदलले सहमतिअनुसार नर्सको सेवा सुविधा दिनका लागि आफ्नो काम अगाडि बढाएको छ,” उनले… पुरा पढौ

२८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नेपाल सरकारले आज र भोलि भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि खुवाउने भएको छ। छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि पनि खुवाईने छ । हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते यो कार्यक्रम हुँदै आएको भएपनि यस वर्ष कात्तिक २ र ३ गते तिहार परेको हुदाँ कार्यक्रम सारिएको हो। जस अन्र्तगत आज देशभरका बिभिन्न ठाँउमा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीले औषधि खुवाउने कार्य… पुरा पढौ

एभरेस्ट एफएमको बृहद रक्तदान कार्यक्रम मंसिर ६ गते हुने

पोखरा, कात्तिक १८ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा मंसिर पहिलो हप्ता रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा आगामी मंसिर ६ गते शनिबार रक्तदान कार्यक्रम हुन लागेको हो । मिडिया हाउसले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । त्यसको निरन्तरता स्वरुप मिडिया हाउसले यस वर्ष मंसिर ६ गते शनिबार पोखरा–५ प्रस्याङस्थित रेडियोको प्राङ्गणमा रक्तदान कार्यक्रम… पुरा पढौ