स्वास्थ्य

लामाचौर स्वास्थ्य चौकीले शुरु गर्यो मास्क अभियान

नेपाल सरकारको मास्क सप्ताह अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर १९ स्थित लामाचौर स्वास्थ्य चौकीले विहीबारदेखि ‘मास्क अभियान’ सञ्चालन गरेको छ । “महामरी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु आजको आवश्यक्ता भन्दै लामाचौर स्वास्थ्यचौकी पोखराले विहीबार एक कार्यक्रमसहित ‘मास्क अभियान’ सञ्चालन गरेको हो । पोखरा–१९ वडा कार्यलयमा वडाध्यक्ष एवम् ब्यबस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलले ब्यानरमा हस्ताक्षर गरेर अभियान शुरु गरिएको लामाचौर स्वास्थ्यचौकीले जनाएको छ । त्यसपश्चात कार्यालयबाट शुरु भएको ¥यालीमा मापदण्ड पालना गरौं, मास्क लागाऔं, कोरोना भगाऔं, साबुन पानीले मिचिमिची… पुरा पढौ

अन्तरराष्ट्रिय युवा दिवसमा युथ कम्युनिटी क्लबको रक्तदान

बाह्रौं अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा युथ कम्युनिटी क्लबले विहीबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । ‘रक्तदान ! जीवनदान’ भन्ने भन्ने मूल उद्घोषका साथ आयोजित रक्तदान कार्यक्रमको क्लवका अध्यक्ष पूर्णकुमार श्रेष्ठले पहिलो रक्तदाता क्लबका सस्ंथापक सदस्य विक्रम बराललाई ब्लड व्याग हस्तान्तरण गरि शुभारम्भ गरिएको थियो ।लायन्स क्लब अफ पोखरा ग्लोवल सेन्चुरी, मित्रता इन्भेष्टमेन्ट कम्पनी, युथ चेम्बर अफ कमर्स कास्की सहयोगी संस्था रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखा र पोखरा ल्याबोरेटरीको प्राविधिक सहयोग गरेको कार्यक्रम… पुरा पढौ

अब विद्यार्थीलाई पनि खोप लगाइँदै

सरकारले विश्वविद्यालयका २० वर्षभन्दामाथिका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटरमार्फत विश्वविद्यालयका २० भन्दामाथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा खोप दिने निर्णय गरिएको जानकारी दिएका हुन्। मन्त्री श्रेष्ठले ट्वीट गर्दै लेखेका छन्, ‘विश्वविद्यालयको परीक्षामा सहभागी हुने २० वर्ष माथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा कोभिड–१९ विरुद्धको खोप दिने निर्णय भएको छ।’ गत सोमबार ५ विद्यार्थी संगठनले मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको परीक्षामा सहभागी विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गरेका थिए। यो निर्णयसँगै मन्त्रालयका अनुसार… पुरा पढौ

थप चार हजार ९०४ मा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार १२३ मा नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । तीमध्ये १३ हजार १२७ को पिसिआर परीक्षण गर्दा तीन हजार १९४ र पाँच हजार ९०५ को एन्टिजेन परीक्षण गर्दा एक हजार ७१० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई हजार ११५ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको… पुरा पढौ

बागलुङमा निषेधाज्ञामा कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

पोखरा । बागलुङमा कारोना सङ्क्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए । बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सरकारी र गैरसरकारी कार्यालयका सेवा, बैंक,… पुरा पढौ

मुख्यमन्त्री पोखरेलद्वारा खोप केन्द्रको अनुगमन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराका विभिन्न खोप केन्द्रमा अनुगमन गरे । कोरोनाविरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घण्टौँसम्म लाइनमा बस्नुपरेकोलगायत गुनासा आएपछि उनले आज आकस्मिकरुपमा स्थलगत अनुगमन गरेका हुन् । मुख्यमन्त्री पोखरेलले पोखराको वडा नं ७ को रत्नचोकस्थित खोपकेन्द्र, वडा नं ८ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नं १ को खोप केन्द्रमा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी दिए । त्यस्तै लाइनमा बसेका सेवाग्राही, खोप लगाइसकेका व्यक्ति र खोप लगाउने काममा संलग्न स्वास्थ्यकर्मीसँग… पुरा पढौ

गण्डकी प्रदेश लगायतका जेष्ठ नागरिकलाई आजदेखि अष्ट्राजेनिकाको खोप लगाइँदै

कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई आज (सोमबार) देखि दोस्रो डोज खोप लगाइँदैछ। भूटान र जापानबाट अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई आजदेखि दिन लागिएको हो। कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई आजदेखि दोस्रो डोजका रुपमा अष्ट्राजेनिकाको खोप दिन लागेको हो । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिन लागिएको हो। प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र शुरु हुनेछ। स्वास्थ्य मन्त्रालयले… पुरा पढौ

नेलम्बो नेपालद्वारा लामाचौर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्रि प्रदान

स्वास्थ्य,शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था नेलम्बो नेपालले आइतबार लामाचौर स्वास्थ्य चौकी पोखरा १९ लाई स्वास्थ्य सामग्रि हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष एकदेब देबकोटाका अनुसार नेबुलाइजर,मास्क,सेनिटाइजर,स्प्रे बोटल, स्ट्याण्ड,पि.पि.ई.सेट लगायतका स्वास्थ्य सामग्रि प्रदान गरिएको हो ।नेपाल सरकारले नेपाल मास्क सप्ताह २३ श्रावण देखि शुरु गरेको सचेतनामूलक कार्यक्रमको सन्दर्भ पारि अभियानलाई सघाउ पुगोस् भनि स्वास्थ्य सामग्रि सहयोग गरिएको अध्यक्ष देवकोटाले बताउनु भयो । अत्यावश्यक परेका समुदायलाई सहि ठाँउमा सदुपयोग हुने गरि यस्ता सामग्रि पारदर्शि ढंगले बितरण गर्न नेलम्बो नेपाल… पुरा पढौ

तीन हजार २१८ सङ्क्रमित थपिए, एक हजार ७२२ सङ्क्रमणमुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमूना परीक्षणमा आज थप तीन हजार २१८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एक हजार ७२२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ६७ हजार २७० जना पुगेको छ । नेपालमा निको हुने दर ९३.६ प्रतिशत छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको… पुरा पढौ

आजदेखि एक हप्तासम्म नेपाल मास्क अभियान सुरु

नेपाल सरकारले आज (शनिबार) देखि एक हप्तासम्मका लागि देशभर मास्क अभियान सुरु गरेको छ। कोभिड–१९ संक्रमणको रोकथामका लागि मास्कको महत्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान संचालन गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा आजदेखि २९ गतेसम्म अभियान संचालन गरिनेछ। अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम रहेको छ। कोभिड संक्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा सहभागितामूलक डिजिटल… पुरा पढौ