स्वास्थ्य

एन्फा र चरक मेमोरियल अस्पतालविच सम्झौता

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखरा बिच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमा नै पहिलो पटक असोज २ देखि असोज २२ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि एन्फा र चरक मोमोरियल अस्पताल विच सम्झौता भएको हो । सम्झौता अनुसार राष्ट्रिय फुटसल लिगका खेलाडी, टिम अफिसियल र रेफ्रीहरुलाई स्वास्थ्य उपचारको सम्पूर्ण स्वास्थ्य सुविधा अस्पतालले उपलव्ध गराउने भएको छ । सम्झौता अनुसार फुटसल राष्ट्रिय लिगमा घाइते हुने खेलाडीको… पुरा पढौ

असोजसम्म १ करोड ८३ लाख ८२ हजार खोप आउने

सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म १ करोड ८३ लाख ८२ हजार ८ सय ५० मात्रा ल्याउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल १ करोड ८३ लाख ८२ हजार ८ सय ५० खोप ल्याउने तयारी गरेको उल्लेख छ। विज्ञप्तिमा जनाइए अनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ। त्यस्तै, कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनिका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख… पुरा पढौ

यूरोप र अमेरिकाबाट बेलायत आउने यात्रुलाई क्वारेन्टाइन बस्न पर्दैन

बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागु हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले बताएका छन्। उनका अनुसार उनीहरूले कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाइसकेको हुनुपर्नेछ। यो नियम आगामी सोमबार अर्थात अगष्ट २ बाट लागू हुने बताइएको छ। युरोपियन मुलुकबाट आउनेहरुले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरुले ‘सीडीसी’ कार्ड उपलब्ध गराउनुपर्नेछ। तर, यात्रा गर्नु अघि र बेलायत आएको… पुरा पढौ

दोस्रो चरणको महामारीका बेला भारतलाई ५२ देशको सहयोग

कोभिडको दोस्रो चरणको महामारी चलिरहेका बेला भारतलाई विश्वका ५२ देशले सहयोग गरेको छ। भारतलाई ती देशहरूले स्वास्थ्य सामग्री, उपकरणसहितका विभिन्न स्रोतसाधनको सहयोग गर्नुका साथै सहानुभूति पनि प्रकट गरेका थिए। महामारी फैलिएपछि विभिन्न अभाव र समस्या भोगेको भारतलाई ती देशहरुको सहयोगकै कारणले महामारी व्यवस्थापन गर्न सजिलो भएको थियो। सुरुमा विभिन्न अभाव र समस्या भएपनि आन्तरिक स्रोतको व्यवस्थापन एवं बैदेशिक स्रोत र सहयोग प्राप्त भएपछि सजिलो भएको भारतीय अधिकारीहरूले जनाएका छन्। राष्ट्रियसभाको बैठकमा विदेश मामिला राज्यमन्त्री भी मुरलिधरणले मित्र राष्ट्रहरूको सहयोगप्रति धन्यवाद… पुरा पढौ

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्ल्यूएचओ

विश्वभरि कोरोना भाइरसबाट संक्रमितको साप्ताहिक संख्या बढ्दै गएको पाइएको छ। यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन्। त्यस हप्ता ३८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए। संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्बन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य संगठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमितको संख्यामा वृद्धि भएको जनाएको छ। पछिल्लो हप्ता दैनिक विश्वभरि ५ लाख ४० हजार संक्रमित भएका छन्। त्यसअघि, ४ लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्ल्यूएचओको… पुरा पढौ

३ हजार ६११ मा कोरोना सङ्क्रमण हुँदा १ हजार ८१६ सङ्क्रमणमुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार नौ हजार ७८३ पीसीआर परीक्षणमा दुई हजार ४६७ र चार हजार ८७८ एन्टिजेन परीक्षणमा एक हजार १४५ जना गरी कूल तीन हजार ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ६० हजार ५२४ रहेको छ ।पछिल्लो २४ घण्टामा… पुरा पढौ

कास्कीका २०२ सहित गण्डकी प्रदेशमा ४६७ संक्रमित

पोखरा । शुक्रबार कास्कीका २०२ सहित गण्डकी प्रदेशका ४६७ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २६३ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुर वर्दघाट सुस्ता पूर्वका १०४, गोरखाका ६०, लमजुङका ४०, स्याङ्जाका २६, बाग्लुङका १९, पर्वतका ६, तनहुँका ५, म्याग्दीका ३ र मनाङका २ जना छन् । आज थपिएका सहित हालसम्म प्रदेशभर संक्रमित हुनेको संख्या ६७ हजार १८३ पुगेको छ ।… पुरा पढौ

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

बलेवा। बजेट अभावले धवलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका लागि स्थापना गर्न थालिएको शिशु सघन उपचारकक्ष (एनआइसीयू) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा उक्त कक्ष निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो । रु तीन करोडको आश्वासन पाएको अस्पतालले उक्त कक्ष निर्माणको काम थालेको थियो । विनियोजित बजेटले एनआइसीयूका लागि आवश्यक उपकरणलगायतका व्यवस्थापन अपुग भएको अस्पतालका निमित्त मेडिकल… पुरा पढौ

थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि

पोखरा । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ८४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ८८६ पिसिआर परीक्षणमा दुई हाजार ६३४ र चार हजार ९२२ एन्टिजेन परीक्षणमा एक हजार २०६ जना गरी जम्मा तीन हजार ८४० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ८८ हजार ३०७ पुगेको छ । एन्टिजेन परीक्षणमा सङ्क्रमित हुनेको सङ्ख्या ५८ हजार ३५०… पुरा पढौ

थप तीन हजार ४२१ जनामा कोरोना सङ्क्रमणः एक हजार ६८६ जना सङ्क्रमणमुक्त

काठमाण्डौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनयता कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको पाइएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या आइतबारभन्दा एक हजार १८४ ले बढी हो । आइतबार मुलुकभर दुई हजार २३७ सङ्क्रमित देखिएका थिए । सोमबार १७ हजार २७२ जनाको नमूना परीक्षण गर्दा… पुरा पढौ