अन्तरराष्ट्रिय युवा दिवसमा युथ कम्युनिटी क्लबको रक्तदान

- ३८ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित




बाह्रौं अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा युथ कम्युनिटी क्लबले विहीबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । ‘रक्तदान ! जीवनदान’ भन्ने भन्ने मूल उद्घोषका साथ आयोजित रक्तदान कार्यक्रमको क्लवका अध्यक्ष पूर्णकुमार श्रेष्ठले पहिलो रक्तदाता क्लबका सस्ंथापक सदस्य विक्रम बराललाई ब्लड व्याग हस्तान्तरण गरि शुभारम्भ गरिएको थियो ।
लायन्स क्लब अफ पोखरा ग्लोवल सेन्चुरी, मित्रता इन्भेष्टमेन्ट कम्पनी, युथ चेम्बर अफ कमर्स कास्की सहयोगी संस्था रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखा र पोखरा ल्याबोरेटरीको प्राविधिक सहयोग गरेको कार्यक्रम संयोजक तथा क्लबका उपाध्यक्ष जयन्ती मोक्तानले जानकारी दिइन् ।
युवा व्यवसायहरुबीच साथ, सहयोग र सहकार्यको लागि स्थापित क्लब दुई वर्ष अगाडि पोखराबाट स्थापित क्लव भएको क्लबका सचिव कृष्णप्रसाद दाहालले जानकारी दिए ।
क्लबमा देशैभरिबाट ३०० भन्दा बढि सदस्य आवद्ध भएको क्लवका अध्यक्ष पूर्णकुमार श्रेष्ठले बताए । क्लबले युवाहरुको लागि तालिम, गोष्टी, सेमिनार, अन्र्तक्रिया कार्यक्रम र सामुहिक व्यवसायमा प्रोत्साहित गर्ने खालको कार्यक्रमहरु गर्दै आइरहेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।