स्वास्थ्य

भारतमा देखिएका कोरोना भाइरसको नाम ‘कप्पा’ र ’डेल्टा’

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका विभिन्न भेरियन्टको नयाँ नामाकरण गरेको छ। कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गरेको हो। डब्लुएचओले अल्फाबेटका आधारमा संसारमा भेटिएका नयाँ भेरियन्टको नाम दिएको हो।भारतमा पहिलोपटक भेटिएको भाइरस बी १.६१७. २ भेरियन्टलाई ‘डेल्टा’ नाम दिइएको छ भने अर्को भेरियन्ट बी १.६१७.१ लाई ‘कप्पा’ नाम दिइएको छ। कोरोनाका यी भेरियन्टको पुष्टि सबैभन्दा पहिले गत अक्टोबरमा भारतमा भएको थियो। यसअघि, भारतीय भेरियन्ट भनेकोमा भारतले आपत्ति जनाउँदै आएको थियो। बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई ‘अल्फा’, दक्षिण… पुरा पढौ

नेदरल्यान्ड्सले फुकायो भारतसँगको हवाई उडानमाथिको प्रतिबन्ध

नेदरल्यान्ड्सले भारतबाट हुने यात्रुबाहक हवाई उडान यही जुन १ देखि लागु हुनेगरी फुक्का गरेको छ। भारतमा कोभिड–१९ को महामारी व्यापक भएको भन्दै नेदरल्यान्ड्सले गत अप्रिल २६ देखि हवाई उडान बन्द गरेको थियो। तर कोरोनाभाइरसको महामारीको उच्च जोखिम रहेका मुलुकबाट युरोपतर्फ हुने उडानमाथि युरोपेली युनियनको प्रतिबन्ध भने यथावत छ। युरोपेली युनियनले कोभिडको उच्च जोखिम भएका मुलुकबाट गैरयुरोपेली नागरिकलाई युरोप प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। पुरा पढौ

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण संकटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ। पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५ सय १० जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँगै देशभर हालसम्म कूल २ करोड ८१ लाख ७५ हजार ४४ व्यक्ति कोरोना संक्रमित भएका छन्। भारतमा हिँजो (मंगलबार) कोरोना संक्रमितको संख्या गत ५१ दिन यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ। भारतमा दैनिक मृत्यु दरमा हिजो केही कमी आएको छ। मन्त्रालयले… पुरा पढौ

विवेकशील साझा पार्टीका नेता थापाको निधन

काठमाण्डौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ । कोरोना सङ्क्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि आज अपरान्ह ४ : २५ मा निधन भएको हो । उनको परिवार एवं शुभेच्छुकका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ “ थापाले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरूस नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेप, युवालाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई… पुरा पढौ

पोखरा अभियानद्वारा खाद्य बैंक सञ्चालन

पोखरा । लायन्स क्लव अफ पोखरा अभियानले खाद्य बैंक सञ्चालनमा ल्याएको छ । एक महिननादेखि कोरोना भाइरस कोभिड–१९ को चेन ब्रेकका लागि भन्दै प्रशासनले लगाएको निषेधाज्ञाका कारण मारमा परेका वर्गहरुलाई लक्षित गर्दै खाद्य बैंक सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष विनोद ढुंगनाले जानकारी दिए । पोखराको चिप्लेढुंगाबाट शुरु गरिएको यो अभियानलाई अन्य क्लव तथा संघसंस्थाहरुसंग सहकार्य गर्दै पोखराका विभिन्न चोकहरुमा स ञ्चालन गरिने ढुंगनाले बताए । उनले भने, ‘कोभिड–१९ ले विश्वलाई चुनौती दिइरहेको परिस्थितिमा कोरोनाको चेन ब्रेकका लागि भन्दै जारी गरिएको निषेधज्ञाका… पुरा पढौ

गण्डकी प्रदेश चेम्वर द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

गण्डकी प्रदेश चेम्वर अफ कमर्स द्धारा जिल्ला प्रशासन कार्यलय कास्की लाई १०० (सय ) थान पीपीइ र –४०००)) चार हजार थान मास्क हस्तान्तरण गरेको छ । कास्की जिल्ला प्रदेशको राजधानी र स्वास्थ्य उपचारमा सवै जिल्ला वाट विरामी पोखरा आउने हुँदा आम नागरिकको जीवन रक्षामा सेवा दिइरहेको स्वास्थ्यकर्मी र सेना प्रहरीको मनोवल वढाउन सानो सहयोग भए पनि सवैमा हौसलाहोस भनी सहयोग गरिएको गण्डकी प्रदेश चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनारले जानकारी दिए । गण्डकी प्रदेश चेम्वर अफ कमर्सले अहिले प्रदेश भरि… पुरा पढौ

पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालनमा आउने

कास्की। सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरङ्ग) सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालले सोमबार साँझ सूचना जारी गरी यही जेठ २३ गते आइतबारदेखि लागू हुने गरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत् सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालको सेवा बन्द भएपछि न्यून आय भएका सेवाग्राही मर्कामा परेका… पुरा पढौ

प्रतिरक्षात्मक क्षमता बढाउन नृत्य र योगाभ्यास

बलेवा। ताराखोला गाउँपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बेलाबेलामा गीत घन्किन्छ । कतिबेला चिच्याएको सुनिन्छ भने कतिबेला अस्पताल शान्त रहन्छ । अहिले पनि अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको नजिकै पुग्दा लाग्छ यहाँ कुनै उत्सव चलिरहेको छ । बिरामी र स्वास्थ्यकर्मीसँगै नृत्य गर्छन्, सँगै चिच्याउँछन् र सँगै शान्त हुन्छन् । कुनै उत्सव वा झैझगडा चलेर यहाँ यस्तो भएको भने होइन । अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई जानकारी छ ‘आत्मबल बढाउन सके रोगसँग लड्न सकिन्छ ।’ त्यसैले उनीहरुले कहिले पञ्चेबाजाका… पुरा पढौ

नेपाली फुटबल टोलीका सबैको कोरोना रिपोर्ट नेगेटिभ

यतिखेर, नेपालको राष्ट्रिय फुटबल टोली कुवेतमा छ। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तरगत बाँकी खेलका लागि टोली कुवेतमा रहेको हो। नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राति कुवेत पुगेको हो। कुवेत पुगेलगत्तै नेपाली टोलीको कोरोना परीक्षण भएको थियो। नेपाली टोली र अफिसियल सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको समाचार छ। नेपाली टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेलेर विश्वकप छनोटको खेलहरुका लागि कुवेत पुगेको हो। विश्वकप छनोट अन्तर्गत नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना भने लगभग समाप्त भइसकेको… पुरा पढौ

ब्राजिलमा कोरोनाबाट हुने मृत्युमा कमी आएन

ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको बताइएको छ। यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ पछिल्लो समय मात्र पनि ८ सय ७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ। योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ। यहाँ यो संक्रमणबाट ४ लाख ६१ हजार ९ सय ३१ जनाको ज्यान गएको आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण घट्न सकेको छैन। कतिपय दिन यहाँ… पुरा पढौ