स्वास्थ्य

कास्कीका ३६८ सहित ५७६ जनामा कोरोना भाइरस संक्रमण

पोखरा । पछिल्लो २४ घण्टामा कास्कीका ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ३६८ जनामा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयले जनाए अनुसार सोही अवधीमा कास्की सहित प्रदेशभर ५७६ जना कोरोना भाइरस संक्रमित भएका छन् । एक हजार १९० जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यसरी संक्रमित हुनेमा स्याङ्जाका १०४, म्याग्दीका २३, नवलपुर वर्दघाट सुस्ता पूर्वका २९, तनहुँका १४, मुस्ताङका १३, पर्वतका… पुरा पढौ

कोरोना संक्रमणबाट पोखरामा थप ८ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ । पोखराका विभिन्न अस्पतालमा उपचाररत ७ जना र होम आइसोलेसनमा रहेका एक सहित ८ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । संक्रमणबाट ज्यान गुमाउने मध्य कास्कीका मात्रै ५ जना छन् । उनीहरु सबै पोखरा महानगरपालिकाका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमणबाट ज्यान गुमाउनेमा पोखरा–१६ का ७७ वर्षिय… पुरा पढौ

वालिङमा ‘जनस्वास्थ्य विपद्’ घोषणा

वालिङ। स्याङ्जाको वालिङ नगरपालिकाले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरेको छ । नयाँ भेरियन्ट कोभिड –१९ को सङ्क्रमण समुदायस्तरमा देखिँदै गएकाले रोकथाम तथा नियन्त्रणका लागि सो घोषणा गरिएको हो । वालिङभित्र सङ्क्रमणको दर बढ्दै गएकाले कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्रको बैठकले नगरभित्र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता केदार काफ्लेले बताए । गए राति १२ बजेदेखि लागू हुने गरी यही वैशाख २५ गते राति १२ बजेसम्मका लागि सो घोषणा गरिएको हो । वालिङस्थित… पुरा पढौ

निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ। कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, बिराज समाज तथा सामाजिक अभियान्ताहरुको अगुवाइमा आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा शुरु गरिएको हो । यो अभियानलाई सामाजिक अभियान्ता देवेन्द्र प्रधान ,क्याप्टेन विजय लामा, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल , शिक्षाकर्मी कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, पर्यटन व्यवसायी रामहरि शर्मा, अभियन्ता ज्ञानेन्द शाही,… पुरा पढौ

उपकरण अभावमा खेर जाँदै धवलागिरि अस्पतालको अक्सिजन

गलकोट। कोरोनाको दोस्रो लहरले नेपालमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढाएपछि अक्सिजन अभाव खड्किएको समाचार आइरहेका सन्दर्भमा बागलुङको अक्सिजन प्लान्टमा उत्पादित अक्सिजन भने उपकरण अभावमा खेर गइरहेको पाइएको छ । धवलागिरि अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गरेको छ । प्लान्टमा उत्पादित अक्सिजन सोझै अस्पतालमा रहेका बिरामीको शय्यामा पाइपलाइनबाट पुग्ने भए पनि अक्सिजन सिलिण्डरमा भर्न मिल्दैन । पाइपलाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न सकेका खण्डमा कोरोना महामारीमा अक्सिजनको अभाव टार्न मद्दत पुग्ने भए पनि अक्सिजनको… पुरा पढौ

भारतको भरुचस्थित कोभिड अस्पतालमा पनि आगलागी, १८ जनाको मृत्यु

भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत २ नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्। एशियाली यस मुलुकमा संक्रमणदर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचस्थित ४ तलाको अस्पतालमा आगलागी भएको हो। स्थानीय समयअनुसार शनिबार बिहान १ बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए। आगो केही समयपछि नियन्त्रणमा आएको थियो। उक्त घटनामा अधिकांश व्यक्तिको निसास्सिँदा श्वासप्रश्वासमा समस्या भइ ज्यान गएको बताइएको छ। एजेन्सी पुरा पढौ

स्याङ्जाका वालिङ, गल्याङ र चापाकोट नगरपालिका बन्द

स्याङ्जा जिल्लाका तीन स्थानीय तहले निषेधाज्ञाको घोषणा गरेका छन्। जिल्लाका वालिङ, गल्याङ र चापाकोट नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रकोप बढ्दै गएकोले स्वास्थ्यलाई मध्यनजर राखेर नगरभित्रका संपूर्ण कार्यालय, निजी तथा गै¥हसरकारी संस्थाका साथै बैंक तथा वित्तीय संस्थाहरु बन्द गरिएको जनाएका छन्। स्थानीय तहका प्रमुखहरुद्धारा जारी गरिएको सूचनामा कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण नगरक्षेत्रमा तीब्र रुपमा फैलन सक्ने भएकोले संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ। वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँणद्धारा हस्ताक्षरित विज्ञप्तीमा शनिबार राति १२ बजे देखि २५ गते… पुरा पढौ

चरक मेमोरियल हस्पिटलको ध्यानाकर्षण

पोखराको चरक हस्पिटल प्रा.लि.ले हस्पिटलको बदनाम र झुठा प्रचारवाजी नगर्न ध्यानाकर्षण गराएको छ। हस्पिटलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै हस्पिटललाई बदनाम र अनरगल झुठा प्रचावाजी नगर्न र नगराउन अनुरोधसमेत गरेको छ। केही दिन यता संस्थालाई कमजोर र बदनाम गर्ने नियतका साथ विभिन्न संचार माध्यम, पत्रपत्रिका र सामाजिक सञ्जालमा केही व्यक्तिले झुठा अनरगल प्रचारवाजी गरिरहेको जनाएको छ। हस्पिटलले कुनैपनि वर्ग, क्षेत्र जातजाति, धर्म तथा राजनैतिक विचारधाराको आधारमा विभेदकारी स्वास्थ्य सेवा प्रवाह नगरेको र भविष्यमा पनि गर्नेछैन भनि जनाएको छ। जारी… पुरा पढौ

२२ जिल्लामा थेग्नै नसक्ने गरी कोरोना संक्रमण दर बढ्यो : स्वास्थ्य मन्त्रालय

सरकारले कोरोनाको संक्रमण नेपालमा हाल निकै उच्च गतिमा फैलिएको भन्दै सचेत हुन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सर्वसाधारणमा एक अपिल जारी गर्दै कोरोनाको हिसाबले नेपालका अति प्रभावित जिल्ला मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक,कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कैलाली कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढीरहेको जानकारी गराएको हो। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भई सकेको अवस्था… पुरा पढौ

असारपछि बन्द हुँदै कोरोना बीमा पोलिसी

कोरोना बीमा पोलेसी असार महिना पछि बन्द हुने बीमा समितिले बताएको छ। अहिले बीमा गरेको हकमा पनि असारसम्म मात्रै लागु हुने बीमा समितिले जनाएको छ। बीमा समितिले असारपछि यो पोलेसी बिक्री गर्न नपाउने जनाएको हो। अहिले कोरोना बीमा गरेपनि असार महिनासम्म मात्रै रिक्स कभर हुन्छ। तर, अहिले पनि कोरोना बीमा गर्न भने पाइनेछ । हालसम्म १८ लाख भन्दा बढिले कोरोना विमा गरेको समितिले दाबी गरेकोा छ।गोरखापत्र अनलाइन पुरा पढौ