स्वास्थ्य

सामाजिक विकासमा कोभिड १९ को महामारीका कारण उत्पन्न आर्थिक शिथिलताको प्रभाव : मन्त्री पुन

पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण उत्पन्न आर्थिक शिथिलताको प्रभाव सामाजिक विकासका हरेक क्षेत्रहरुमा परेको बताएकी छिन् । आफ्नै मन्त्रालयमा आयोजित “अपाङ्गता भएका विद्यालयहरुको शिक्षण सिकाइमा प्रविधिको प्रयोग, प्रबोधिकरण तथा सामाग्री हस्तान्तरण” कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, “अघिल्लो साल जस्तै यसपटक बजेट पाउने सम्भावना अलि कम छ, किनभने अहिले कोरोनाको कारणले गर्दा आर्थिक शिथिलता आएको छ, गण्डकी प्रदेश सरकारले कति बजेट पाउँछ, र त्यसभित्र पनि सामाजिक… पुरा पढौ

खोप सबै नेपालीमा पुर्‍याउने सरकारको प्रयास : मन्त्री त्रिपाठी

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास भइरहेको बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सबै जनतालाई खोप उपलब्धता जटिल भए पनि विभिन्न माध्यमबाट खोप खरीद गरी पुर्‍याउने प्रयास भइरहेको बताए । “सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पुर्‍याउन जटिल छ”, उनले भने, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पुर्‍याउने प्रयासमा छौँ ।”… पुरा पढौ

प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउने

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए । सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ । पुरा पढौ

देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन् । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको शुक्रबार राति उद्घाटन गर्दै उनले फागुन २१ गतेदेखि नेपाल पूर्णरुपमा शान्तिको देशका रुपमा रुपान्तरण भएको र नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान पनि सञ्चालन भइरहेकाले विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गरे । उनले भने, “हामीले योबीचमा दुई अध्याय पूरा गरेर सिके राउतलाई राष्ट्रिय राजनीतिको मूलारमा ल्यायौँ, त्यस्तै पछिल्लो पटक… पुरा पढौ

कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

काठमाडौँ । सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए । माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७… पुरा पढौ

प्रदेशस्तरीय कोरोना खोप भण्डारगृह शिलान्यास

कास्की। पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण हुने सो भण्डारगृहको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे । सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीको रु ७५ लाख तीन हजार ५७३ भ्याट बाहेक लागतमा खोप भण्डारगृह आगामी विसं २०७८ वैशाख १७ गतेभित्रमा निर्माण गरी सक्ने गरी यही फागुन १७ गते न्यू केपी कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।… पुरा पढौ

बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा क्रमिक सुधार

बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् । बेलायती महामारी एलिजावेथ द्वितीयका श्रीमान् ९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्बन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार भएकाले उनले सहज महसुस गर्दै गएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ। उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो। झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उनलाई अर्को अस्पताल लैजानु परेको अधिकारीहरुको भनाई छ। लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई… पुरा पढौ

गण्डकी प्रदेशका तीन जिल्ला कोरोनामुक्त, अब २१७ जना आइसोलेसनमा

पोखरा । गण्डकी प्रदेशमा अब २१७ जना कोरोना भाइरस संक्रमणमुक्त हुन बाँकी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा १४ जना कोरोना भाइरस संक्रमणमुक्त र थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै प्रदेशमा सक्रिय संक्रमितको संख्या २१७ पुगेको हो । पछिल्लो क्रममा थपिने सबै पोखरा महानगरपालिकाका नागरिक भएको निर्देशनालयले मंगलबार प्रदेशको कोभिड–१९ सम्बन्धि विवरण अध्यावधिक गर्दैे जानकारी दिएको छ । निर्देशनालयका अनुसार सबैभन्दा धेरै कास्कीका १९३ जना आइसोलेसनमा छन् । कास्कीमा संक्रमण… पुरा पढौ

पोखराका १५ सहित १८ जनामा कोरोना भाइरस संक्रमण

पोखरा । पोखराका १५ जना सहित गण्डकी प्रदेशमा सोमबार दिउँसोसम्म थप १८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिका विभिन्न वडाका १५ जना सहित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका २ र लमजुङको मध्यनेपाल नगरपालिकाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १६ हजार ५९ पुगेको छ । पुरा पढौ

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। सोमवार बिहान नयाँ दिल्लीको एम्स अस्पताल पुगेर मोदीले भारत बायोटेक निर्मित कोभ्याक्सिनको पहिलो डोज लिएका हुन्। कोरोना खोप लिएपछि मोदीले सामाजिक सञ्जालमा आफ्नो फोटो सेयर गरेका छन्। मोदीले खोप लिन योग्य सबैलाई यो कार्यक्रममा सहभागी बन्न र भारतलाई कोरोना मुक्त बनाउन सबै मिलेर लाग्न अपिलसमेत गरेका छन्। पुरा पढौ