स्वास्थ्य

स्वास्थ्य सामग्री हस्तान्तरण

अनलाइन पत्रकार सङ्घ गण्डकी प्रदेशद्वारा मङ्गलबार पोखरामा आयोजित कार्यक्रममा अनलाइन सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । सङ्घले पोखरामा क्रियाशील २५ वटा अनलाइन सञ्चारमाध्यमका सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । तस्बिरः वासुदेव पौडेल रासस पुरा पढौ

वातावरणयुक्त आइसोलेसन कक्षको अभाव

विश्वभर फैलिएको कोरोना भाइरसले देशका सबै जिल्ला प्रभवित भएका छन् । हिमालपारिको जिल्ला मनाङ पनि यसमा अछुतो रहेन । पछिल्लो समय कोरोनामुक्त भएको यस जिल्ला जोखिममुक्त भने भएको छैन । चिसो बढ्दै जाँदा कोरोना जोखिम नहोला भन्न सकिँदैन । नेपाल सरकारले सबै स्थानीय तहमा आइसोलेसनको व्यवस्था गरे पनि वातावरण अनुकूलको आइसोलेसन कक्ष सञ्चालन भने हुन सकेको छैन । मनाङ जिल्लाभर १९ वटा आइसोलेसन कक्ष निर्माण भएका छन् । चिसो बढेसँगै यस अगाडिका आइसोलेसन कक्ष उपयोग नहुने जिल्ला स्वास्थ्य प्रमुख बद्री… पुरा पढौ

राष्ट्रपति भण्डारीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी कामको विवरणबारे जानकारी लिइन्

राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमूल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका कामको विवरणबारे मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा जानकारी लिँदै राष्ट्रपति भण्डारीले अहिलेको पहिलो काम जीवन जोगाउनु भएकामा जोड दिइन्। राष्ट्रपति भण्डारीले आफूलाई जोखिममा राखेर पनि कोभिड नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यकर्मीले गरिरहेको प्रयासको प्रशंसा गरिन्। उनले भनिन्, ‘अहिलेका अवस्थामा बालबालिका, वृद्धवृद्धा र शारीरिक अशक्तता भएका नागरिकको विशेष ख्याल गर्नुहोस।… पुरा पढौ

बन्द बेनी बजार ११ दिनपछि खुल्ला

यही कार्तिकको १४ गतेदेखि म्याग्दीको सदरमुकाम बन्द बेनी बजार र सेवा ११ दिनपछि खुलेको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न कार्तिक २८ गतेसम्मका लागि बेनी बजार बन्द गराइएपनि २ दिनअगावै जिल्ला प्रशासन कार्यालय म्याग्दीले बजार खोलेको हो। बेनी नगरपालिकाले जोखिममा रहेको बेनी बजारमा घरदैलो गरेर कोरोनाको जोखिम पहिचानका विषयमा तयार पारेको प्रतिवेदनसहितको सिफारिसका आधारमा बन्द खुलाइएको हो। लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कार्तिकको १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कार्तिक २८ गतेसम्म लम्ब्याइएको थियो। कोरोना फैलिन नदिन नगरपालिका… पुरा पढौ

स्वास्थ्य र गरिबीको नियति

आज भन्दा ३५ वर्ष पहिले वि.सं. २०४१ सालमा नेपालीहरुको सरदर आयु ५० वर्ष थियो भने २०७६ सालको तथ्यांक अनुसार नेपालीहरुको सरदर आयु ७० वर्ष नाघेको छ । नेपालीहरुको स्वास्थ्यमा सुधार हुनुको प्रमुख कारण बालड मृत्युदरमा उल्लेखनिय प्रगति, दुर्गम भेगमा स्वास्थ्य चौकी लगायत अस्पतालको निमार्ण र आवश्यक जनशक्तिको उपलब्धता, स्वास्थ्य प्रबिधिमा सुधार आदि रहेका छन् ।छोटो अवधिमा स्वास्थ्थ क्षेत्रमा उल्लेखनिय प्रगति गर्नका लागि सरकारी र पछि आएर निजि क्षेत्रको योगदान भएतापनि अझै पनि सुगम र दुर्गम भेगमा स्वास्थ्य स्तरको खाडल निकै… पुरा पढौ

कोरोनाबाट गण्डकीमा ११२ जनाको मृत्यु

कार्तिक २५ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय १२ पुगेको छ । कोरोनाबाट तनहँुका थप एक पुरुषको मृत्यु भएसंगै प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय १२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत कार्तिक १२ गते कोरोना संक्रमण भएका तनहुँको भिमाद नगरपालिका ९ का ६३ वर्षिय पुरुषको कार्तिक २० गते मृत्यु भएको निर्देशनालयले आज विज्ञप्ती मार्फत जनाएको छ ।यसअघि तनहुँमा कोरोनाबाट १५ जनाको मृत्यु भएको थियो । यस्तै प्रदेशको कास्कीमा ४९, नवलपुरमा… पुरा पढौ

पोखरा महानगरका स्वास्थ्य अधिकृत आचार्य र उनकी श्रीमती १५ दिनमै कोरोना मुक्त

कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रण्टलाईनमा बसेर खटिदै आएका पोखरा महानगरपालिकाका स्वास्थ्य अधिकृत हरिलाल आचार्य दम्पती संक्रमण मुक्त भएका छन् । महानगरपालिका भित्र कोरोना नियन्त्रणका लागि दिनरात खटिदै आएका आचार्य र उनकी श्रीमती तीलकुमारी आचार्य आज मंगलबार कोरोना संक्रमण मुक्त भएका हुन् । आफूहरु दुबै संक्रमण भएको १५ दिनमा कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य अधिकृत हरिलाल आचार्यले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै जनाएका छन् । कोरोना नियन्त्रणका लागि खटिदाखटिदै अनपेक्षित रुपमा संक्रमण भएको भन्दै उनले चाँडै कोरोनालाई जितेर कार्यक्षेत्रमा फर्किने… पुरा पढौ

कास्कीका ९८ सहित गण्डकीका १६६ जनामा कोरोना संक्रमण

कार्तिक २५ पोखरा । गण्डकी प्रदेशमा मंगलबार एक सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा ६३३ जनामा गरिएको परीक्षणमा एक सय पाँच पुरुष र ६१ महिला गरि एक सय ६६ जनामा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देश्नालयले जनाएको छ । योसहित प्रदेशभर कोरोना संक्रमितको संख्या नौ हजार ५२१ पुगेको छ ।निर्देश्नालयले आज साँझ अध्यावधिक गरेको विवरण अनुसार कास्कीका ९८ संक्रमित थपिएका छन् । जिल्लाका ३०२ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण भएको हो । यस्तै गोरखाका ११२ जनामा… पुरा पढौ

कोरोना संक्रमित संख्या दुई लाख नजिक, ८५३ संक्रमित आज ‘डिस्चार्ज’

कार्तिक २५ काठमाण्डौ । नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या झण्डै दुई लाख नजिक पुगेको छ । मंगलबार देशभरका प्रयोगशालाबाट १२ हजार ९६० जनामा गरिएको नमुना परिक्षणमा दुई हजार ७३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार सात सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा एक हजार ६७७ जना पुरुष र एक हजार ५९ जना महिला छन् ।मन्त्रालयका अनुसार आज सबैभन्दा बढी बाग्मती प्रदेशका एक हजार… पुरा पढौ

कोरोनाबाट थप २२ जनाको मृत्यु

कार्तिक २५ पोखरा । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १४८ पुगेको छ । मंगलबार देशभरबाट कोरोनाबाट मृत्यु हुनेको संख्या थप २२ थपिएसंगै मृतकको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७३६ जना कोरोना संक्रमित भएका छन् । सोही अवधीमा आठ सय ५३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ छ । पुरा पढौ