स्वास्थ्य

‘कोरोना संक्रमित भएको छ भन्ने थाहा पाएपछि बोल्नै नपरे हुन्थ्यो भनेझैं गर्नेहरु आफन्त हुन सक्दैनन्’

दशैँको बेला । जुठो परेर टिका ग्रहण गर्न नहुने भएपनि पारिवारिक जमघटका लागि स–परिवार पोखरा २४ स्थित जन्मघर पुगेका थियौँ । नवमीको दिन बेलुका हलुका टाउको दुखेपछि अलि छिटै खाना खाएर सुतेँ । राती ज्वरोसमेत आएपछि निकै बर्बराएछु । विहान टिकाको दिन थियो, म पटक्कै विस्ताराबाट उठ्न सकिन । विस्ताराबाट उठेर मुख धुने आँट समेत नआएको मैले त्यस दिन आमाले दिएको खानापुरै खान सकिन । आधा फिर्ता गरेँ र बाँकी खाना खाएँ । “कसैले सोधे भने सिरक मुनी गुटमुटिएको छ… पुरा पढौ

कास्कीको अन्नपूर्णले थाल्यो १५ शैयाको अस्पताल निर्माण

कास्कीको अन्नपूर्ण गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माण सुरु गरेको छ। सरकारले देशैभर एकै पटक शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत सोमबार अन्नपूर्णले पनि आफ्नै अस्पताल निर्माणको काम थालेको हो। गाउँपालिकाले १८ करोड भन्दा बढी लागत स्टिमेट निकालेर टेण्डर समेत आह्वान गरिसकेको छ।कतिपय गाउँपालिका र नगरपालिकाहरुले जग्गाको खोजी समेत गर्न नसकेको अवस्थामा अन्नपूर्णले ठाउँ सुनिश्चित गर्दै टेण्डरको सूचना निकालेको छ। ‘अहिलेसम्म सूचना कसैले निकालेको रेकर्ड छैन,’ पालिका अध्यक्ष यूवराज कुवँरले भने, ‘शिलान्यास गरेका फोटा त आउला तर कहाँ बनाउने भन्ने टुंगो छैन। सबै… पुरा पढौ

कास्कीको मादी गाउँपालिकामा १५ शैय्याको अस्पताल शिलान्यास

सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित अभियान अन्तर्गत कास्कीको मादी गाउँपालिकामा आज १५ शैय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ ।गाउँपालिका वडा नं. ७ को तल्लो छाचोक(खन्टारी)मा १० रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने अस्पतालको प्रतिनिधिसभाका सांसद एवम् पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले शिलान्यास गर्नुभयो ।कोरोना भाइरसको महामारीपछि सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर देशभरका अस्पतालमा स्वास्थ्य उपकरण तथा क्षमता वृद्धिका साथै नयाँ संरचना निर्माण शुरु गरेको जानकारी दिनुभयो ।गाउँपालिका रहेको थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट हाल प्रवाह भइरहेको सेवाबाट उत्तरी… पुरा पढौ

इतिहासमै पहिलोपटक आज एकैदिन देशभर ३९६ अस्पतालको शिलान्यास

देशभर, अस्पताल नभएका ६४९ मध्ये ३९६ वटा स्थानीय तहमा आज (सोमबार) एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने भएको छ। सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने भएको हो। प्रदेश नं १ मा ३२ स्थानीय तहमा, प्रदेश नं २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा… पुरा पढौ

पोखरामा भेन्टिलेटर वैंक स्थापना, भेन्टिलेटरको अभावमा ज्यान जान नदिईने प्रतिबद्धता

भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा भेन्टिलेटर भित्राएको छ । भेन्टिलेटरको अभावमा विरामीको ज्यानै जान थालेपछि हालैमात्र गठन भएको स्वयम्सेवी संस्था भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र ३ वटा हाई फ्लो नोजल क्यानला (एच.एफ.एन.सी.) ल्याएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएकाहरुको भेन्टिलेटरको अभावमा ज्यान नजाओस् भनेर स्वयम्सेवी संस्था भेन्टिलेटर सर्भिस कास्की गठन गरेर भेन्टिलेटरलगायतका अत्यावश्यक ईक्यूपमेन्टहरु ल्याइएको संस्थाले पोखरामा आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । हालैमात्र गठन भएको भेन्टिलेटर सर्भिस कास्कीको अध्यक्षमा… पुरा पढौ

कोभिडबाट पोखराका २ को मृत्यु

मंसिर १४ पोखरा । कोरोना संक्रमणबाट पोखरामा दुई जना पुरुषको मृत्यु भएको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । मृत्यु हुनेमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले सञ्चालन गरेको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा–११ का ६० वर्षिय बृद्ध आज विहान ५ः४५ बजे मृत्यु भएको हो । गत मंसिर ७ गते कोरोना संक्रमित भएका उनमा कोभिड, निमोनिया,उच्च रक्तचाप, र मुटुसम्बन्धी समस्या समेत रहेको जनाइएको छ… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार नजिक

मंसिर १४ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १२ हजार नजिक पुगेको छ । पछिल्लो क्रममा कास्कीका ९ सहित स्याङ्जाका एक जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यो सहित प्रदेशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ हजार ९६७ पुगेको छ । पछिल्लो क्र्ममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ९ जना र स्याङ्जाको अर्जुनचौपारी ५ का एक जनामा कोरोना संक्रमण पाइएको विज्ञप्तीमा उल्लेख छ । पोखराको वडा नं… पुरा पढौ

पोखराका थप १५ जनामा कोरोना संक्रमण

मंसिर १४ पोखरा । पोखरा महानगरपालिकामा थप १५ नयाँ कोरोना भाइरस संक्रमित थप भएका छन् । थपिने पोखरा महानगरका वडा नं १, ४, ६, ११, १२, १५, १६, १७, १९ र २९ का १५ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती जारी गर्दै जनाएको छ । लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको परिक्षणमा स्याङ्जाका २ र तनहुँका एक जनामा पनि संक्रमण पाइएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिकाका दुई जना र तनहुको ब्यास नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि… पुरा पढौ

कास्कीका ३४ सहित गण्डकीमा थप ७७ जनामा कोरोना संक्रमण

मंसिर १४ पोखरा । पोखराका २६ सहित गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका ३४, गोरखाका १८, नवलपुर वर्दघाट सुस्ता पूर्वका १२, तनहुँका ९ र लमजुङ र पर्वतका २–२ जनामा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित मध्य पोखरा महानगरपाालिकाका २६ र रुपा गाउँपालिकाका ८ गरि कास्कीमा संक्रमित थपिएका छन् । यस्तै गोरखाको आरुघाट, सिरानचोक र गोरखा नगरपालिकाका १८ जना, नवलपुरको कावासोती, मध्यविन्दु, हुप्सेकोट र… पुरा पढौ

कोरोना व्यवस्थापनमा सूचीकृत भए गण्डकी प्रदेशका उत्कृष्ट ११ स्थानीय तह

गण्डकी प्रदेशभित्र कोरोना व्यवस्थापन गर्ने उत्कृष्ट ११ स्थानीय तहलाई स्वास्थ्य निर्देशनालय गण्डकीले सूचीकृत गरेको छ। स्वास्थ्य निर्देशनालयले ११ जिल्लाबाट एक÷एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो। भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामका आधारमा ११ स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। उत्कृष्ट व्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट… पुरा पढौ