स्वास्थ्य

लामाचौर स्वास्थ्य चौकीमा समीक्षा बैठक

पोखरा महानगरपालिका–१९, घार्मीस्थित लामाचौर स्वास्थ्यचौकीको रजत जयन्ती तथा नव निर्मित भवन उद्घाटन मूल समारोह समितिको मंगलबार समीक्षा बैठक बस्यो। बैठकले गत फागुन महिनाको २१ गते सम्पन्न कार्यक्रमको आय–व्यय विवरणसमेत प्रस्तुत गरेको थियो। कार्यक्रममा लेखा उपसमिति संयोजक तेजेन्द्र पौडेलले प्रस्तुत गरेको खर्च विवरण २ लाख, १७ हजार ५ सय २७ को लेखा प्रतिवेदनलाई बैठकले पारित गरेको थियो। साथै, स्वास्थ्यचौकीको रजत जयन्ती तथा नव निर्मित भवन उद्घाटन कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निभाएका समारोह समिति, उपसमिति, पोखरा महानगर–१९ को स्वास्थ्य महाशाखा कार्यालय… पुरा पढौ

मंगलबार पोखराका ३२ सहित ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा । पछिल्लो २४ घण्टामा पोखरा महानगरपालिकाका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।निर्देशनालयले मंगलबार साँझ अध्यावधिक गरेको विवरण अनुसार पोखरा महानगरपालिकाका वडा नं ४, ५, ७, ८, ९, ११, १४, १६, १७, २१, ३० र ३१ का ३२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै म्याग्दीका पाँच जना र बाग्लुङका एक जनामा पनि संक्रमण पुष्टि… पुरा पढौ

पत्रकार महासंघ कास्कीले ३ सय पत्रकार र तिनका परिवारको निःशुल्क बीमा गर्ने

नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक बीमा निःशुल्क रुपमा गर्ने भएको छ । पत्रकार महासंघ कास्कीले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा आफू मातहत रहेका ३ सय बढी पत्रकार र तिनका परिवारको पारिवारिक बीमा गरिदिने भएको हो । महासंघ कास्कीले पोखरा महानगरपालिकासँगको सहकार्यमा गरिने पारिवारिक बीमाको सोमबार शुभारम्भ गरिएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बीमाको कागज पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेर बीमा कार्यक्रमको शुभारम्भ गरे । लगत्तै नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा सल्लाहकार… पुरा पढौ

सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि त्यसको असर नेपालमा पनि पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका हुन् । सङ्क्रमित बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, जमघट, सेमिनार, बैठक तथा भीडभाड हुने… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १२ जनाको आवेदन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, उपकुलपति पदका लागि १२ जनाको आवेदन परेको छ। प्रतिष्ठानको उपकुलपतिका लागि डा. ध्रुव अधिकारी, डा. भरत खत्री, डा. डुपबहादुर क्षेत्री, डा. श्रीकृष्ण श्रेष्ठ, डा. विजय अर्याललगायत १२ जनाको आवेदन परेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीनलाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरेको थियो। मन्त्रालयले फागुन २४ गते उपकुलपति पदका लागि सात दिनको समयावधि राखेर आवेदन मागको सूचना गरेको थियो। सूचनामा उपकुलपतिका लागि न्युनतम योग्यता चिकित्साशास्त्र विषयमा स्नाकोत्तर उपाधि प्राप्त गरेको तथा कम्तिमा प्राध्यापक… पुरा पढौ

नेल्टा गण्डकी प्रदेशको भेला तथा अधिवेशन भोलि, तयारी पूरा

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोश्रो भेला एवम् अधिवेशन भोलि पोखरामा हुँदैछ । नेल्टा गण्डकी प्रदेशको भेला तथा अधिवेशन भोलि विहान ८ बजेदेखि पोखराको न्यूरोडमा रहेको दीप सागर होटलमा हुन लागेको हो । भेलामा गण्डकी प्रदेशभरिका नेल्टामा आबद्ध पशु स्वास्थ्य सेवा प्राविधिकहरुको सहभागिता रहने नेल्टा गण्डकी प्रदेश अध्यक्ष सहदेव पौडेलले जानकारी दिए । भेलाले नया नेतृत्व चयन गर्ने उनले बताए । भेलाले पशु स्वास्थ्य सेवा प्राविधिकहरुको समस्या र त्यसको समाधानका लागि पोखरा घोषणा पत्रसमेत जारी गर्ने… पुरा पढौ

नर्भिक अस्पतालले भन्यो, नवीन्द्रराज जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ

नर्भिक अस्पतालले भन्यो, नवीन्द्रराज जोशीको उपचार भेन्टिलेटरमा भइरहेको छ नर्भिक अस्पतालले काँग्रेस नेता नवीन्द्रराज जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको जानकारी दिएको छ। केही सञ्चारमाध्यमले जोशीको निधन भएको भनी समाचार सार्वजनिक गरेपछि नर्भिक अस्पतालले विज्ञप्तिमार्फत जोशीको उपचार भइरहेको स्पष्ट पारेको हो। ‘यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गंभीर रहेको छ। उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘फागुन १४ गते मस्तिष्कघात भई उपचारका लागि उहाँलाई… पुरा पढौ

पोखरामा अबैध चन्दा उठाउने ५ जना पक्राउ

पोखरा । पोखराबाट अवैधरुपमा चन्दा उठाइरहेका पाँच जनालाई कास्की प्रहरीले शनिबार पक्राउ गरेको छ । रौतहटको टाशी छोग्याल गुम्बा, गजुरा नगरपालिका कटानीको रसिद लिई विभिन्न ठाउँमा चन्दा उठाउँदै हिँडेका उनिहरुलाई प्रहरीले पोखराको नयाँगाउँस्थित मितेरीपुलबाट पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका स्थाई घर भई पोखरा– ९ पृथ्वीचोक बस्दै आएका निमा तामाङ ‘छिरिङ’ (४२), धनबहादुर लामा (६०), पदमबहादुर लामा (३५), विजय लामा (२६) र जितबहादुर थिङ (३५) छन् । लामा पोशाकमा सो गुम्बाको रसिद लिई चन्दा उठाई हिँडीरहेको अवस्थामा… पुरा पढौ

लम्जुङको पुरानोकोटमा युनाईटेडको निशुल्क स्वास्थ्य शिविर

पोखरा । युनाईटेड क्लवको आयोजनामा लम्जुङको पुरानोकोट गाउमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि नया गन्तब्य चिडियाखाना निर्माण, सेती नदी संरक्षण र दैवीप्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आएको युनाईटेड क्लवले आफ्नो स्वास्थ्य विद्याको कार्यक्रम अन्तर्गत लम्जुङ जिल्लाको वेशीशहर नगरपालिका वडा नम्बर ४ मा रहेको पुरानोकोट डांडागाउमा बृहत निशुल्क स्वास्थ्य शिविर गरेको हो । पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, नरहरी पोलिक्लिनीक र… पुरा पढौ

कोभिड–१९ सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या शून्य

काठमाडौँ। कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ एनआरएनए का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भएको थियो। गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना सङ्क्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको छ । यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा… पुरा पढौ