स्वास्थ्य

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको नवौँ सभा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको छ भने गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरुमा ध्यान दिन जोड दिइएको छ । बैठकमा कुलपति ओलीले चिकित्सा शिक्षाका साथै पोखरा र त्यस क्षेत्रका सर्वसाधारणको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन दिए । उनले आर्थिक वर्ष लाग्नुपूर्व नै बजेट तथा… पुरा पढौ

वक्तृत्वकला प्रतियोगितामा गोगन मा.वि.की सुजाता प्रथम

पोखरा । विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ‘सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोगन माध्यमिक विद्यालयकी छात्रा सुजाता पौडेल प्रथम बनेका छ प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी छात्रा दिप शिखा क्षेत्री द्वितीय बनेका छ भने नेशनल क्रियसन एकेडेमीका श्रीदेश थापाले तृतीय स्थान प्राप्त गरेका छन । त्यस्तै महर्षि गुरुकुल वेद विद्याश्रमका कुशुम बराल र सोही विद्याश्रमका सन्देश पौडेलले सान्त्वना स्थान हासिल गरे । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरूलाई क्रमशः… पुरा पढौ

पोखरा फाइनान्स लिमिटेडको २८ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

पोखरा फाइनान्स लिमिटेडले आफ्नो २८ औ वार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाको केन्द्रिय कार्यालयको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाका अध्यक्ष श्री राज कुमार गुरुङले वित्तीय संस्थाका सञ्चालक श्री प्रतिक गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश गुरुङले स्थापनाकालको २८ औ वर्षसम्म आईपुग्दा संस्थाले ठुलो संख्यामा ग्राहकहरुलाई अत्याधुनिक बैकि∙ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा समेत सहभागी भई… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको रक्तदानमा ५१ युनिट रगत सकंलन

बुद्व विशाल बजार व्यापारिक एशोसिययसनले एघारौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार माधब सिग्देललाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घघाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सवैभन्दा ठुलो दान रक्तदान कार्यक्रम आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिदै आफुले व्यवसायीहरूको हक हितको लागि सधैन आवाज उठाउदै आएको र भविश्य पनि उठाउने बताउदै… पुरा पढौ

शिद्धेश्वर योग ध्यान केन्द्रले स्थापना दिवस मनायो

लेखनाथ,१ चैत्र । पोखरा महानगरपालिका वडा नं २६ को सक्नेरीमा स्थापना गरिएको शिद्धेश्वर योग ध्यान केन्द्रले शुक्रवार आफनो प्रथम स्थापना दिवस मनाएको छ । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्रि खगराज अधिकारीले योग र ध्यानले शरिर र मनलाई मिलाउने भएकाले नियमित रुपमा साधाना गर्ने ब्यत्ति निरोगी र लामो आयु हुने कुरा पुष्टी भएको बताएका थिए । मनै देखि गरिने जुन सुकै कामले पनि सफलता पाएको प्रशंग उठाउदै नेता अधिकारीले नकारात्मक विचारले अध्यारो र सकरात्मक विचारले उज्यालो तर्फ लाने भएकाले… पुरा पढौ

एपिएलमा युरिक एसिड सित्तैमा, अरु जाँचमा विशेष छुट

पोखरा । पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा रहेको अन्नपूर्ण प्याथ ल्याब(एपिएल)ले युरिक एसिड जाँच सित्तैमा गरिरहेको छ । एपिएलले बुधबारबाट युरिक एसिडसम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा विशेष छुट उपलब्ध गराउन थालेको हो । एपिएलकी अध्यक्ष गीता कार्की पन्थले चैत महिनाभर यो छुट अफर सञ्चालन हुने जनाइन् । नेपालीको जाडोमा हुने खानपिन, उठबस, भोजभतेर जस्ता कारणले युरिक एसिड, बाथका समस्या दखिने भएकाले यो योजना ल्याइएको उनको भनाइ छ । हर्माेन, भिटामिन, क्यान्सर मार्कर, फर्टिलिटी जाँच, खानपिन र वातावरणीय… पुरा पढौ

धवलागिरि आँखा अस्पताललाई उपकरण सहयोग

बागलुङको धवलागिरि आँखा अस्पताललाई आवश्यक पर्ने उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । लायन्स क्लब इन्टरनेशनल (डिस्ट्रिक ३२५ के)ले आँखा अस्पताललाई आँखा उपचारमा सहयोग पुर्याउन रु ८० लाख बराबरको उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल ३२५ नेपालका पूर्वगभर्नर राजेन्द्र बाटाजुले जानकारी दिए। धवलागिरि आँखा अस्पतालमा आँखाको उपचार गर्न आउने बिरामीलाई काठमाडौँ तथा पोखराको जस्तो स्वास्थ सेवा दिने उद्देश्यले आँखा उपचारमा सहयोग पुर्याउन उक्त उपकरण सहयोग गरिएको छ । अहिले प्राप्त भएको अटो टाइपको मेसिनबाट अस्पतालमै सहज… पुरा पढौ

समृद्धिका लागि राजनीतिमा प्रतिस्पर्धा अवश्यक : स्वास्थ मन्त्री पाठक

पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरा महानगरपालिका वडा १६ मा संचालित मातृशिशु मितेरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नबनियुक्त पदाधिकारीहरूको पदस्थापन सोमबार सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको प्रादेशिक अस्पताल गठन आदेश२०८०  मा ब्यबस्था भए अनुसार जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल अध्यक्ष रहने ब्यबस्था अनुसार अध्यक्ष पौडेल सहित समितिका सदस्यहरूको पदस्थापन गरिएको हो। ब्यबस्था अनुसार सम्बन्धित स्थानिय तह प्रमुख पोखरा महानगरपाकिका प्रमुख धनराज आचार्य , पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की , जिल्ला प्रशासन कार्यालयका प्रमुख… पुरा पढौ

प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सुधार र सेवा विस्तारसँगै पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएको छ । पुरानो भवन मर्मतसम्भारसहित आवश्यक संरचना थपेर नयाँ व्यवस्थापनका साथ सेवा दिइएको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताए । दैनिक सरदर तीन सय बिरामी आउने उक्त केन्द्रमा जनशक्ति र उपकरण पनि थप गरी सेवालाई प्रभावकारी बनाइएको उनको भनाइ छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा जनशक्ति र उपकरणको अभाव… पुरा पढौ

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

सुन्दरबजार । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त कक्षको उद्घाटन गर्दै यसले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने विश्वास व्यक्त गरे । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङको अध्यक्षता उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार र स्वास्थ्यकर्मीको उपस्थिति थियो । यो सेवाबाट गम्भीर अवस्थाका बिरामीलाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउन सहज हुने अस्पताल प्रशासनले… पुरा पढौ