स्वास्थ्य

गण्डकीमा गठबन्धनको साझा संकल्प : गाँजालाई वैधानिकता, घरेलु मदिरालाई ब्राण्डिङ

पोखरा, असोज १३ गण्डकीमा सत्ता गठबन्धनले नीति तथा कार्यक्रमलाई नै साझा संकल्पको रुपमा अगाडि सारेका छन् । गण्डकीमा सत्ता गठबन्धनले नीति तथा कार्यक्रमलाई नै समेटेर ५९ बुँदे साझा संकल्प सार्वजनिक गरेका हुन् । कांग्रेस नेतृत्वको सरकारले पुरानै नेतृत्वको नीति तथा कार्यक्रम ल्याएको थियो । तत्कालीन समयमा प्रमुख प्रतिपक्षमा रहेको एमालेले कांग्रेसले ल्याएको सो नीति तथा कार्यक्रमलाई पुरानै कार्यक्रमको निरन्तरता भनेर टिप्पणी गरेको थियो । तर समय एकनास रहेन । कांग्रेस–एमालेबीच केन्द्रमा गठबन्धन भएपछि गण्डकीमापनि प्रतिपक्षमा रहेको एमाले सत्तापक्ष बन्यो ।… पुरा पढौ

शिशुवामा युआरएलको शिविर, ३ सय ७५ को जाँच

असोज १२ पोखरा । आउँदै गरेका नेपालीका चाडपर्व दसैं, तिहार लगायतको सन्दर्भमा पोखराको शिशुवामा युआरएल फाउन्डेसनले शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । युआरएल शिशुवाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३ सय ७५ जनाले सेवा लिएका छन् । शिविरमा थाइराइड, बाथरोग र रगतमा हुने खराब बोसो (टिजी) जाँच सित्तैमा गरिएको थियो भने अरु सबै प्रकारका जाँचको शुल्कमा आधा छुट दिइएको थियो । कार्यक्रमाम वरिष्ठ फिजिसियन डा राजेन्द्र पौडेल नसर्ने रोगहरु बढ्दै गएको जनाउँदै सचेतना र स्वास्थ्य सजगता जरुरी भएकोमा जोड… पुरा पढौ

लमजुङमा अरिङ्गालले टोकेर चारजना घाइते

लमजुङ । लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर–५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय सङ्गीता तामाङ र १० वर्षीय करुणा गुरुङ घाइते भएका छन् । घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिङ्गालले उनीहरुको टाउको, छातीलगायत… पुरा पढौ

भानु नगरपालिकामा छयानब्बे गाईभैँसीको थुनेलो परीक्षण

तनहुँ । जिल्लाको भानु नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले व्यावसायिक किसानका गाईभैँसीको दूधको नमूना सङ्कलन गरी परीक्षण गरेको छ । शाखाले पशुहरुमा हुने थुनेलो रोग रोकथामका लागि परीक्षण गरी किसानलाई औषधि तथा उपचार सामग्री निःशुल्क उपलब्ध गराएको हो । नगरपालिकाले आयोजना गरेको शिविरमा ५६ किसानका ९६ वटा गाईभैँसीको दूधको नमूना सङ्कलन गरी परीक्षण गरिएको पशु सेवा प्राविधिक अमित ढुङ्गानाले जानकारी दिए । उनले भने, “५६ गाई र ४० भैँसीको दूधको नमूना परीक्षण गर्दा १३ किसानको २३ गाई र १२… पुरा पढौ

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा म्याग्दीको बेनी अस्पतालमा समस्या

म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदेखि स्वास्थ्य बिमा गरेका बिरामीको उपचारबापतको रु तीन करोड भुक्तानी पाएको छैन । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले स्वास्थ्य बिमा बोर्डले दश महिनादेखि रु दुई करोड ७५ लाख भुक्तानी नगर्दा अन्य सेवासहित चिकित्सक, स्वास्थ्यकर्मीलाई तलब खुवाउन र व्यवस्थापकीय काम प्रभावित भएको बताए । “बोर्डले बिमित बिरामीको औषधि उपचारबापतको रकम समयमा भुक्तानी नगर्दा खर्च धान्न मुस्किल हुन थालेको छ”,… पुरा पढौ

युरिक एसिड सित्तैमा, थाइराइडमा ५० र अन्य जाँचमा ३० प्रतिशत छुट

पोखरा । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले चाडपर्व लक्षित विशेष छुट योजना ल्याएको छ । बिहीबारदेखि कत्तिक महिनाभर यो योजना लागू हुनेछ । यो अवधिमा युआरएलको मुख्य कार्यालय सभागृहचोकसहित २० शाखामा युरिक एसिडसम्बन्धी जाँच सित्तैमा गरिनेछ । सेवाग्राहीको सुविधाका लागि युआरएलले थाइराइडसम्बन्धी रगत जाँचमा ५० प्रतिशत र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिने भएको छ । विश्वकै सर्वाेत्कृष्ट प्रविधि, दक्ष र अनुभवी प्राविधिकबाट स्थापनाको ११ वर्षमा करिब ८ लाखलाई यसले… पुरा पढौ

बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन

बलेवा । बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो मङ्गलबार हस्तान्तरण गरे । दुईतले भवनमा सना–ठूला ५३ वटा कोठा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु छ करोड १२ लाख लागतमा उक्त भवन निर्माण भएको हो । “भवनको जिम्मेवारी लिएका छौँ, स्वास्थ्यमन्त्रीबाट उद्घाटन गराएपछि नयाँ भवनबाट सेवा प्ररम्भ हुन्छ”, अध्यक्ष कँडेलले… पुरा पढौ

बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण

बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेङ्गु परीक्षणको हो । बागलुङको धौलागिरि अस्पतालमा छ जना डेङ्गुका जटिल बिरामी उपचाररत छन् भने केही बिरामीहरु घरमै आराम गरिरहका छन् । स्वास्थ्य कार्यालय बागलुङमा परीक्षण गरिएकामा तीन सय ३८ जना र निजी प्रयोगशालामा गरिएको परीक्षणमा चार सय ६० जनामा डेङ्गु सङ्क्रमण देखिएको हो । डेङ्गी सङ्क्रमण पछिल्लो हप्तामात्रै दोब्बरले वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताउनुभयो… पुरा पढौ

केयर मार्क हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन

पोखरा ६, असोज, केयर मार्क हस्पिटल लेकसाईड पोखराको रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन भएको छ । हस्पिटलको प्रथम बार्षिकोत्सवको अवसरमा आईतबार आयोजित रक्तदान कार्यक्रमको पोखरा–६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता सृष्टि शाही ठकुरीलाई व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष भट्टराईले हस्पिटलले रक्तदान कार्यक्रम आयोजना गरेर सामाजिक उत्तरदायित्वप्रति जवाफदेही बनेको बताए । उनले हस्पिटलको सेवापनि गुणस्तरिय रहेको भन्दै प्रशंसा गरे । हस्पिटलका मेडिकल डाईरेक्टर डा.शंकर पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको… पुरा पढौ

पोखरामा एक महिनामै ६ गुणाले बढ्यो डेंगु संक्रमण

कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकामा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो ।महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिइ डेंगु रोकथाम गर्ने लक्ष्य लिइएका उक्त लक्ष्य पूरा गर्न नसकिएको बताए । ‘पछिल्लो एक महिनामा डेंगु सङ्क्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच… पुरा पढौ