स्वास्थ्य

‘राजनीतिक अस्थिरता मुलुक र जनताका लागि घातक’ : मुख्यमन्त्री पाण्डे

जेठ २२ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता मूलक र जनताका लागि घातक बनिरहेको बताएका छन् । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा आज आयोजित ‘दिगो विकासका लक्ष्य हासिल गर्न गण्डकी प्रदेशका स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्य’सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले जनताका चाहना पूरा गर्न नसक्दा राजनीतिक दलहरुप्रतिको विश्वास कम हुँदै गएको उल्लेख गरे । “पछिल्लो समय प्रदेश सरकारमाथि त झनै प्रश्न उठिरहेको अवस्था छ”, उनले भने, “प्रदेश… पुरा पढौ

पोखरा १३ का बासिन्दालाई फिस्टेल हस्पिटलमा छुट

जेठ २१ पोखरा । पोखरा महानगरपालिका १३ का बासिन्दाले पोखराको फिस्टेल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् । वडा कार्यालय र अस्पालबिच सोमबार भएको सम्झौता अनुसार अस्तापलबाट प्रदान गरिने विभिन्न शिर्षकको सेवामा ५ प्रतिशत छुट दिइने भएको हो । पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बराल र फिस्टेल हस्पिटल एण्ड रिसर्च सेण्टर प्रालिका अध्यक्ष डा. भोला श्रेष्ठ र मेडिकल डाइरेक्टर दिपेश कार्कीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा वडाबासीका लागि ओपिडी टिकट, यूसिजी, यूजिआई इन्डोस्कोपी, इसिजी, एक्सरे,… पुरा पढौ

पोखरा –६ मा महिलाहरूलाई खाजा बनाउने सिप तथा आयमूलक तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा महिलाहरूका लागि भएको खाजाका परिकार बनाउने सिपमूलक तथा आयमूलक पाँचदिवसीय तालिम सम्पन्न भएको छ । वडा नँ– ६ वडा समितिको कार्यालयको सहयोगमा “खाजाको परिकारहरू तथा आय मूलक” कार्यक्रम जनजाति, अल्पसंख्यक उत्पीडित, मुस्लिम, दलित र निम्न आय भएका बेरोजगार तथा गृहिणीलाई लक्षित गरी सञ्चालन गरिएको थियो । साठी जना महिलाहरूको सहभागिता रहेको तालिममा ६ समूह बनाइ प्रशिक्षण दिइएको वडा कार्यालयले जनाएको छ । किङ्गस इन्टरनेशन कलेज प्रा।लि पोखरा शाखाले सहजिकरण गरेको तालिममा… पुरा पढौ

तनहुँको घिरिङमा यूनाइटेडको स्वास्थ्य शिविर ७ सय वढी लाभान्वित

जेठ २० पोखरा । यूनाइटेड क्लब पोखराको आयोजनामा तनहुँको घिरिङमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घिरिङ गाउँपालिका वडा नं ३ रानीपोखरीमा आयोजित शिविरमा ७ सय ५५ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिए । शिविरमा हाडजोर्नी, नशा, स्त्रीरोग, नाककान घाँटी, बालरोग, दन्त रोग लगायतको परिक्षण गरिएको थियो । सो अवसरमा २ सय २ जनाको सुगर परिक्षण संगै २ सय २२ जनाले इसिजी, भिडियो एक्सरेको सुविधा लिएका थिए । शिविरको उद्घाटन गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले ग्रामिण भेगमा… पुरा पढौ

बर्दिया-पोखरा सम्पर्क समाजका सदस्यले मेडिप्लस हस्पिटलमा छुट पाउने

पोखरा । बर्दियाबाट पोखरा आइ बसोबास गर्ने तथा विभिन्न पेशा व्यवसायमा संलग्न बर्दियालीहरुको संस्था बर्दिया पोखरा सम्पर्क समाज कास्कीका सदस्यले पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । मेडिप्लस हस्पिटल र बर्दिया पोखरा सम्पर्क समाजले आइतबार समाजका सदस्यलाई हस्पिटलका विभिन्न सेवामा छुट दिने एकअर्कामा सम्झौता गरेका हुन् । जसअनुसार बेडचार्जमा २० प्रतिशत, सर्जरी÷अप्रेसनमा १० प्रतिशत, प्रोसिजर, जाँचमा १५ प्रतिशत, र फार्मेसीमा १० प्रतिशत छुट समाजका सदस्यले प्राप्त गर्नेछन् । यो सम्झौता… पुरा पढौ

कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकको कोरोना भाइरसविरुद्धको खोप ल्याउने छ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप ल्याउन लागिएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याउन लागिएको जानकारी दिए । “कोरोनाविरुद्ध खोप नियमित दिइरहेका छौँ । अहिले रहेको खोपको मौज्दात पनि सकिन थालेको छ”,… पुरा पढौ

टोल विकासको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा १ सय २० जना लाभान्वित

पोखरा । पोखरा–९ स्थित वास्तोलाथर टोल विकास संस्थाको पहिलो साधारणसभाका अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट एक सय २० टोलवासी लाभान्वित भएका छन् । उक्त अवसरमा थाइराइड, कोलस्ट्रोल, डायविटिज र युरिक एसिड सम्वन्धि परीक्षण गरिएको संस्थाले जनाएको छ । निःशुल्क स्वास्थ्य जाँचको क्रममा युआरएल पोखरा र सिटी डायविटिज न्यूरोड एण्ड हर्मन क्लिनिक प्रालि पोखरा–९ ले सहयोग गरेका थिए । कार्यक्रमका मुख्य अतिथि पोखरा ९ का वडाअध्यक्ष दिपेन्द्र मार्सानीले टोलवासी एक भएर अगाडि बढ्दै विकास निर्माणका काममा सहकार्य गर्न आव्हान गरेका थिए… पुरा पढौ

स्वास्थ्य शिविरमा चार सय बिरामीको उपचार

म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५७ बिरामीको उपचार गरिएको छ । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा दुई सयभन्दा बढी व्यक्तिको रगत एवं पिसाब परीक्षण गरिएको नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाका सभापति सुमन बानियाँले जानकारी दिए । शिविरमा वडा नं ४ सिङ्गाका सबै गाउँबस्तीसँगै छिमेकी वडाका बिरामीको पनि उपचार गरिएको थियो । शिविरबाट नशा र… पुरा पढौ

पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री अधिकारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पोखरा महानगरपालिका–१२ मा पशुपन्छीको उपचारका लागि निर्मित ‘मोडेल भेटेरिनरी अस्पताल’को आज यहाँ आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री अधिकारीले आवश्यक स्रोतसाधन र जनशक्ति थप गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पशुपन्छीको उपचार र कृषकको पशुधन सुरक्षाका लागि नवनिर्मित अस्पताल महत्वपूर्ण हुने बताए। हाल रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा भवन निर्माण गरिएको हो । कास्कीका साथै… पुरा पढौ

गण्डकीमा पोलियोबिरुद्धको आई.पि.भी खोप अभियान शुरु

जेठ १३ पोखरा । गण्डकी प्रदेशमा पोलियो रोगबिरुद्धको ईनएक्टिभेटेड पोलियो भ्याक्सिन (आई.पि.भी) खोप अभियान शुरु गरिएको छ । पोलियो उन्मुलनका लागि देशैभर सञ्चालन गरिने आई.पि.भीं खोप अभियान अन्तर्गत गण्डकीमा आजदेखि अभियान सञ्चालन गरिएको हो । आगामी जेठ २६ गतेसम्म जारी रहने यो अभियान गण्डकीका ११ जिल्लाका १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई आई.पि.भी खोप लगाईने गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियान अन्तर्गत खोप लगाईने बालबालिकाहरुलाई विद्यालयमै गएर खोप लगाइने मन्त्रालयका सचिव डा.… पुरा पढौ