स्वास्थ्य

विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहेका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । कलजेका निर्देशक प्रा.डा. मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताए । उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताए। “ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ”, उनले भने, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।” यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा… पुरा पढौ

पोखरा १३: सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुु रोगको समेत परीक्षण गरिनेछ । जसका लागि डा. कुशुम महराको सहयोग मिल्ने उनले बताए । “नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौं । सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्ध… पुरा पढौ

ललितपुरमा चार जनामा हैजा पुष्टि

साउन १० काठमाण्डौं । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले जानकारी दिए । हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थिति सुधार केन्द्रका हुन् । उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अन्य दुईजनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार… पुरा पढौ

दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र बनाइने

दमौली । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको सहयोगमा अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो । सर्पले टोकेका बिरामीको उपचारका लागि जिल्लाभर नै उपचार केन्द्र नरहेकाले सदरमुकामको अस्पतालमा उपचार केन्द्र सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । त्यसका लागि अस्पतालमा आवश्यक पूर्वाधारमा नगरपालिकाले सहयोग गर्नेछ । उनले भने, “सर्पले टोकेका बिरामीको उपचारका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता छ, दमौलीमा उपचार केन्द्र सञ्चालन गर्न सकिए सर्पदंशपीडितलाई… पुरा पढौ

गोरखा अजिरकोटका विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । “स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दलित तथा विपन्न घरपरिवारमा सहज स्वास्थ्य उपचार सेवा पु¥याउन पालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने कार्यक्रम अगाडि बढाएको हो”, उनले भने, “यसबाट पालिकाभित्रका करिब ६… पुरा पढौ

बागलुङमा दुई लाख १६ हजार पशुलाई लगाइयो खोप

ढोरपाटन । बागलुङमा दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका दश स्थानीय तहका ८५ वटा वडामा पशु प्राविधिक खटाएर खोप लगाएको हो । पशु प्राविधिकले किसानका गोठमै पुगेर भैँसी, राँगा, गार्ई, गोरु, बाख्रा, बुङ्गुर, कुकुरलगायत पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाएका हुन् । सबैभन्दा बढी भेडाबाख्रा र सबैभन्दा कम बुङ्गुरलाई खोप लगाइएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार एक लाख १७ हजार पाँच सय ६७ भेडाबाख्रा… पुरा पढौ

मोहरियामा भएको निःशूल्क रक्त परीक्षण शिविरमा २ सय बढीको जाँच

साउन ६ पोखरा । करुणा बचत तथा ऋण सहकारी पोखरा ३ मोहरियाटोलको आयोजनामा आइतबार भएको निशुल्क रक्त परीक्षण शिविरमा २ सय २५ जनाको निःशूल्क जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा सहभागीको मधुमेह, लिपिड प्रोफाइल र मृगौलासम्बन्धी रक्त जाँच निःशूल्क गरिएको हो । सहकारीले १४ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहकारी र युआएलबिच सहकारीका सेयर सदस्य र कर्मचारी र उनीहरुको परिवारलाई सबै रक्तजाँचमा ३० प्रतिशत छुट दिने सम्झौतासमेत भएको… पुरा पढौ

तनहुँका तीन लाख पशुमा पूर्ण खोप

दमौली । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गत आर्थिक वर्ष २०८०र८१ मा जिल्लाका दश पालिकामा तीन लाख ७७ हजार २४ पशुलाई पूर्ण खोप लगाएको हो । रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सबै पालिकाका पशुमा खोप लगाइएको केन्द्रका प्रमुख डा राजेश चौधरीले जानकारी दिए । गण्डकी प्रदेश सरकारले प्रदेशलाई पूर्ण खोपयुक्त बनाएर सङ्क्रामक रोग निमूल… पुरा पढौ

कास्कीमा दुई लाख पशुमा पूर्ण खोप लगाइयो

कास्की । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गरिएको पशुमा पूर्ण खोप कार्यक्रममा गत वर्ष दुई लाख बढी पशुलाई खोप लगाइएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लामा पाँचवटै पालिकाका ७२ वडाका ३५ हजार सात सय छ घरधुरीमा एकै साथ पशुमा खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०८०÷८१ मा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुकुर र भेडामा गरी दुई लाख… पुरा पढौ

कालीगण्डकीमा गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई निःशल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षितरूपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले गत आर्थिक वर्ष २०८०÷८१ को देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न एम्बुलेन्स सेवा उपलब्ध गराउन गालिएको बताए । “गाउँपालिकावासी सबै गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेका छौँ । यसले गर्भवती महिला तथा सुत्केरी भइसकेपछि आमा र… पुरा पढौ