स्वास्थ्य

तनहुँमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय… पुरा पढौ

म्याग्दी स्थित विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन घरमा रङ लगाउने तालिम दिएको हो । कक्षा १० का २५ जना विद्यार्थीलाई सात दिनसम्म रङ लगाउने तालिम दिइएको विद्यालयका शिक्षक खोमराज पौडेलले बताए । “दुई जना प्रशिक्षकबाट २५ जना विद्यार्थीलाई सात दिनसम्म रङरोगनसम्बन्धी आधारभूत तालिम दिएका छौँ”, उनले भने, “यसअघि विद्यार्थीहरुलाई च्याउ खेती गर्न र मुढा बुन्न सिकाएका थियौँ ।”… पुरा पढौ

बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

गलकोट । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । यसअघि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको जिल्ला अस्पतालमा रूपान्तरण गर्ने योजनाअनुसार भौतिक पूर्वाधार निर्माण गरिएको भए पनि त्यो पूरा भएको थिएन । तत्कालीन बागलुङ जिल्ला अस्पताल खारेज भएर बागलुङ बजारमा धौलागिरि अस्पताल बनेपछि बुर्तिवाङ प्राथमिक… पुरा पढौ

पर्वत अस्पतालमा विशेषज्ञ सेवा विस्तारपछि स्थानीय लाभान्वित

पर्वत । लामो समयसम्म सामान्य औषधोपचार सेवा प्रवाह हुँदै आएको पर्वत अस्पतालले हालै विशेषज्ञ सुविधा विस्तार गरेपछि स्थानीय लाभान्वित भएका छन् । अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले विशेषज्ञ चिकित्सक पदपूर्ति भएपछि विशेषज्ञ सेवा विस्तार गरिएको बताए। कन्सल्टेन्ट मेडिकल जलरलिष्ट सेवा, जनरल सर्जन सेवा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा विस्तार गरिएको उनले बताए । अस्पतालबाट अबदेखि मेडिसिन, सर्जिकलसम्बन्धी सम्पूर्ण सेवा चौबिसै घण्टा उपलव्ध हुने र यसका लागि डा हेमन्त बाँस्तोला र डा मिलन अबाल सेवामा रहने छन् ।… पुरा पढौ

मुक्तिनाथ बाहिनीद्वारा स्थापना दिवसको उपलक्ष्यमा रक्तदान, २४ युनिट रगत संकलन

पोखरा । जेष्ठ २८ गते । सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको २३ ‍औं स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ युनिट रगत संकलन भएको छ । २४ जना सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरी संकलन भएको सो परिणामको रगत नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई हस्तान्तरण गरिएको हो ।कार्यक्रमको सुभारम्भ मुक्तिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डि आई जि) कालीदास धौवजीले गरेका थिए ।बि.सं. २०५८ सालमा सशस्त्र प्रहरी बलको गठन भएतापनि… पुरा पढौ

सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित

म्याग्दी । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन् । नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, बेनी अस्पताल, मालिका गाउँपालिका, दरवाङ आधारभूत अस्पताल र नेपाल रेडक्रस सोसाइटीका टोलीले सेवा दिएका थिए । शिविरमा छ सय ६२ जनालाई स्वास्थ्य परीक्षण, प्रयोगशाला, युएसजी, भेटेरिनरी, आयुर्वेद, कृषि परामर्शसम्बन्धी सेवा प्रदान गरिएको… पुरा पढौ

निःशूल्क छातीरोग परीक्षणबाट ११४ जना लाभान्वित

पोखरा । पोखरामा भएको निःशूल्क छातीरोग परीक्षणबाट ११४ जना लाभान्वित भएका छन् । महेन्द्रपुलस्थित ओम हस्पिटलमा शनिबार डा सीपी आचार्यद्वारा आफ्ना स्वर्गिय बुवा खड्गराज आचार्यको स्मृतिमा आयोजित निःशूल्क छातीरोग परीक्षणमा उनीहरु लाभान्वित भएका हुन् । निःशूल्क परीक्षणमा छातीरोग विशेषज्ञ डा सीपी आचार्यसहितको टोलीले स्वासप्रस्वास सम्बन्धी दम, निमोनिया लगायत छाती सम्बन्धी समस्याहरुको चेकजाँच गर्नुका साथै आवश्यक औषधी समेत वितरण गरेको थियो । बिहान ९ बजेदेखि शुरु भएको परीक्षण दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो । पुरा पढौ

दाङसिङ्गकी इशाको उपचारका लागि तीन लाख २० हजार सहयोग

जेठ २५ पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्गकी इशा वि.कको उपाचारार्थ रकम संकलन गरिएको छ । स्थानीय प्रेम बहादुर वि.ककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले रकम संकलन गरिएको हो । उहाँको उपचारका लागि सात लाख खर्च लाग्ने बताइएको छ । दाङसिङ्ग गुरुङ सम्पर्क मञ्च र दाङसिङ्ग तमु समाज यु.केको नेतृत्वमा रकम संकलन गरिएको हो । संकलित रकम तीन लाख २० हजार आठ सय ८२ रुपैयाँ शुक्रबार बिरामी इशा… पुरा पढौ

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्वपूर्ण छ: प्रधानमन्त्री दाहाल

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई आज पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षदेखि एमबिबिएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका काम अगाडि बढाउन निर्देशन दिए। “चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने सरकारको अपेक्षा छ,” प्रधानमन्त्री दाहालले… पुरा पढौ

हिल पोइन्ट मा.वि. द्धारा विश्व वातावरण दिवसमा सरसफाई

हिल पोइन्ट आवासिय मा.वि. माटेपानी पोखरामा ४३ औँ विश्व वातावरण दिवसको अवसरमा प्रभात फेरि तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमा कक्षा ९ देखि १० सम्म अध्यनरत विद्यार्थीहरुको सहभागिता थियो । उक्त कार्यक्रममा सरसफाइ गर्नुको साथै माटेपानी , सितलादेवि परिसर वरपरका टोल, सार्वजनिक स्थल, बाटो फुटपाथ लगाएतका स्थानबाट विद्यार्थीले करिब ७० केजि फोहोर संकलन गरि कुहिने र नकुहिने फोहोरहरुको व्यवस्थापन गरिएको छ । विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराउदा बालबालिकामा वातावरण संरक्षणमा… पुरा पढौ