स्वास्थ्य

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि सोमबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो । म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार पाँच सय ६७ बालबालिकाले नियमित र पाँच वर्षमुनिका चार हजार आठ सय ६९ जना बालबालिकाले पूर्णखोप लगाएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए । बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला,… पुरा पढौ

पोखरा २९ पूर्ण खोप वडा घोषणा

वैशाख ३१ पोखरा । पोखरा महानगरपालिका वडा नं २९ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमका विच वडाका सवै बालबालिकालाई पूर्ण खोपको मात्र प्रदान गरिएकाले पुर्ण खोपको वडा घोषण गरिएको हो । वडाले चालु आर्थीक वर्षको १५ महिनामा वडा भित्र रहेका १६ देखि ५९ महिनाका सात सय १८ जना र १५ महिनासम्मका दुई सय आठ बालबालिकाका लागि आवश्यक पर्ने १३ प्रकारका खोपको मात्र पुरा गरेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन वडा घोषणा गरिएको हो । कार्यक्रममा… पुरा पढौ

देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आइतबार देवचुलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो । नगरपालिका खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरेका हुन् । नगरपालिकामा आर्थिक वर्ष २०८०÷८१ मा वडा नं १ देखि १७ सम्मका १५ महिना मुनिका आठ सय ७६ बालबालिकालाई पूर्ण खोप लगाइएको छ ।… पुरा पढौ

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाईदै

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो । सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुरुप भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले… पुरा पढौ

छोराछोरीका लागि पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम

गलेश्वर । प्याकेटमा बन्द गरिएका तयारी खाजाका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम दिएको छ । गाउँपालिकाले दिवाखाजामा पत्रुखानालाई रोक्न जैविक ९अर्गानिक० र स्थानीयस्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्न अभिभावकलाई पोसिलो खाजा बनाउन तालिम दिएको हो । चाउचाउ र बिस्कुटजस्ता पत्रुखाना दिवा खाजाका रुपमा प्रयोग गर्ने पूर्णरुपमा रोक लगाउँदै पोषणयुक्त खाजालाई मात्रै विद्यालयमा प्रयोग गर्नेगरी गाउँपालिकाले पहिलो चरणमा चार वडामा शिक्षक र अभिभावकको उपस्थितिमा तालिम दिइरहेको हो । गाउँपालिकाले वडा… पुरा पढौ

पोखरामा नागरिक आरोग्य कार्यक्रम सुरु

दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने र उनीहरूको जीवनलाई सुखी र खुसीसहित तनावमुक्त बनाउने उद्देश्यले पोखरामा वडा नागरिक आरोग्य कार्यक्रम सुरु गरिएको छ । पोखरा महानगरपालिकाले ‘पाइलट प्रोजेक्ट’को रूपमा यो कार्यक्रम वडा नं २५ बाट थालेको हो । घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको हो । प्रभावकारिता हेरेर नागरिक आरोग्य कार्यक्रम महानगरभर विस्तार गर्ने योजना महानगरपालिकाको छ । पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं १५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले यस… पुरा पढौ

कास्कीको रूपा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित

पोखरा । कास्कीको रूपा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। आइतबार उक्त पालिकाको स्वास्थ शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको हो। कार्यक्रममा उक्त घोषणा गर्दै जिल्ला जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्की जिल्ला रूपाको उक्त घोषणा संगै छिट्टै कास्कीलाइ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको जानकारी दिए । पौडेलले सो घोषणाले कास्कीमा कुनै पनि बालबालिका खोपबाट बन्चित हुनु नपर्ने भन्दै निरन्तरतामा अझ घनिभुत ढंगले लागी पर्न… पुरा पढौ

स्वास्थ्य केन्द्रलाई बिरामीमैत्री बनाउन जैमिनीमा ‘स्वस्थ नागरिक’ अभियान

बलेवा । कुनै समय ‘रिफर सेन्टर’का रूपमा चर्चित प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा अहिले दैनिक बिरामीको चाप हुन्छ । दरबन्दीका चिकित्सक हाजिर हुने र बिदामा हिँड्दा स्वास्थ्य केन्द्र सधैँ स्वास्थ्यकर्मीको भरमा चल्थ्यो डा सुलभ शर्मा र कृष्ण सुवेदीसहितको टोलीले सेवा दिन थालेपछि भने नगर अस्पतालको रूपमा विकास भइरहेको स्वास्थ्य केन्द्र बिरामीको आडभरोसा बनेको छ । अहिले स्वास्थ्य केन्द्रमा आधारभूत तहको सबै स्वास्थ्य सेवा उपलब्ध छन् । उपकरण र प्रविधिले साथ दिँदासम्म चिकित्सकले बिरामी बाहिर पठाउँदैनन् । स्वास्थ्य केन्द्रलाई चुस्त व्यवस्थापन र… पुरा पढौ

तनहुँको झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ । नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो । करिब पाँच रोपनी क्षेत्रफलमा दुई सय बढी विभिन्न प्रजातिका जडीबुटीका नामसहित बिरुवा रोपिएको छ । यसले यहाँ घुम्न आउने मानिसलाई जडीबुटी, वनस्पतिलगायतका बिरुवाका बारेमा जानकारीमा सहज हुने बताइएको छ । यस स्थानलाई शैक्षिक हबका रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुको दुर्घटना बीमा

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको दुर्घटना बीमा गराएको छ । संघले सदस्यता नवीकरण गरेकाहरुको हकमा एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको अध्यक्ष पनवकुमार प्रजापतिले जानकारी दिए । अध्यक्ष प्रजापतिका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँगमार्फत् गरिएको सो बीमा सम्झौता अनुसार एक वर्षभित्र सदस्यहरुको दुर्घटना भएमा त्यसबापत् बढीमा एक लाख रुपैयाँसम्मको बीमा रकम प्रदान गरिनेछ । सम्झौतापत्रमा संघका अध्यक्ष प्रजापति र हिमालयन एभरेण्ट इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख शिव सुवेदीले हस्ताक्षर गरेका हुन् । सो अवसरमा संघका पूर्वअध्यक्ष तथा… पुरा पढौ