स्वास्थ्य

५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य रहेकामा ५६ लाख ४३ हजार नौ सय १२ जनाले बालबालिका खोप लगाएका हुन् । “हाम्रो लक्ष्यअनुसार नै बालबालिकाले खोप लगाएका छन्”… पुरा पढौ

सशस्त्र प्रहरी बल, कालिका गण र गण्डकी मेडिकल कलेज बिच स्वास्थ्य सुविधामा छुट सम्झौता

पोखरा । चैत्र ०७ ।सशस्त्र प्रहरी बल, कालिका गण र गण्डकी मेडिकल कलेज (GMC) बिच स्वास्थ्य सुविधामा छुट सम्बन्धी सम्झौता भएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं.२४ गण हे.क्वा. कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुण कुमार शर्मा र गण्डकी मेडिकल कलेज (GMC) नयाँबजार पोखराका प्रिन्सिपल डा.रविन्द्र प्रसाद श्रेष्ठ बिच गण्डकी प्रदेशमा कार्यरत सम्पुर्ण सशस्त्र प्रहरी तथा परिवारजन, गण्डकी प्रदेश भित्र बसोबास गर्ने अवकाश प्राप्त सशस्त्र प्रहरी तथा परिवारजन र अमर सशस्त्र प्रहरीहरुका आश्रित परिवारजनहरुलाई विभिन्न स्वास्थ्य सेवाहरुमा १५ देखी… पुरा पढौ

बेनी अस्पताल भवन निर्माणमा भएको विलम्बले सेवा प्रभावित

म्याग्दी । कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । पचास श्ययाको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी बताउछन् । “पचास श्यया क्षमता भएपनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ”, उनले भने, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ”, म्याग्दीका साथै पर्वत, बागलुङ… पुरा पढौ

वाई सर्भिस क्लबको आँखा शिविरमा मोदीका १८० जना लाभान्वित

पोखरा । वाई सर्भिस क्लब अफ पोखराको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न आँखा शिविरमा १८० जना लाभान्वित भएका छन् । पर्वतको मोदी गाउँपालिका वडा नं. १ कार्यालयको स्थानिय व्यवस्थापनमा मोदी गाउँपालिका वडा नं. १ मा रहेको भुकताङ्ले स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा चस्मा तथा औषधि समेत निशुल्क वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मोदी १ पर्वतका वडा अध्यक्ष टेकबहादुर गुरुङले वडाले हरेक वर्ष विभिन्न संघ संस्थाहरु संग मिलेर स्वास्थ्य शिविर संचालन गर्दै… पुरा पढौ

नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन औषधि उत्पादन गर्दै

काठमाडौँ । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए । तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार ९झोल र प्याकेटमा०, ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो । “सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरु औषधि पनि… पुरा पढौ

पर्वतमा पाठेघर र स्तन क्यान्सर पहिचान गर्न वडामै ‘स्क्रिनिङ’ शिविर

पर्वत । पछिल्लो समय नेपालमा क्यान्सर लागेका महिलाहरूको सङ्ख्या बढ्दै गएको पाइएको छ । ग्रामीण क्षेत्रमाका विपन्न र अशिक्षित परिवारका महिलामा यो रोगबाट बढी पीडित भएका चिकित्सकहरूले बताएका छन् । क्यान्सरपीडित महिलाको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै पर्वतको फलेवास नगरपालिकाले क्यान्सरको पहिचान गर्न थालेको छ । नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ्य संस्थामा क्यान्सरको पहिचान गर्न फरक–फरक मितिमा अस्थायी ‘स्क्रिनिङ’ शिविरको आयोजना गरी लक्षण देखिएका महिलाहरूको पहिचान गर्ने भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत रुद्र शर्मा सापकोटाका अनुसार… पुरा पढौ

समय बचत ऋण सहकारी संस्थाको क्यान्ससम्बन्धी जाँचबाट ५२ जना लाभान्वित

पोखरा । समय बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिकोत्सवको अवसरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी चेकजाँच कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–९ न्यरोडस्थित सहकारीले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रमबाट ५२ जना बढी लाभान्वित भएको संस्थाका प्रवन्धक विधाता द्वाले जानकारी दिइन् । यसअघि कार्यक्रमको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका शाखा प्रमुख नवराज तिवारी, सहकारीका महिला उपसमिति संयोजक… पुरा पढौ

उपचाररत कलाकारद्वय आचार्य र गुरुङलाई पोखरा सांगीतिक कलाकार संघको सहयोग

चैत ३पोखरा । पोखरा सांगीतिक कलाकार संघले अस्वस्थ भई उपचाररत कलाकार द्वय विष्णु आचार्य र महेश गुरुङलाई आर्थिक सहयोग गरेको छ । संघले मिर्गौला रोगबाट पीडित कलाकार गुरुङ र अस्वस्थ भई उपचाररत आचार्यलाई आर्थिक सहयोग गरेको हो । मिर्गौला रोगबाट पीडित गुरुङ ब्रोसिस् व्याण्डका ड्रमर हुन भने आचार्य ध्रुपद गायक हुन् । अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचाररत आचार्यलाई नगद ११ हजार १ सय ११ रुपैयाँ र गुरुङलाई २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको संघका सचिव भाष्करध्वज श्रेष्ठले… पुरा पढौ

बुद्ध विशाल बजारको रक्तदान कार्यक्रममा ६४ युनिट रगत सकंलन

पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसिययसनले दशौ पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ । कार्यक्रममा गण्डकी प्रदेशकी सभासद सरस्वती गुरूङले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार माधब सिग्देललाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घघाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै सांसद रगत दान जीवनको सवैभन्दा ठुलो दान भएको बताउदै आफ्नो तर्फबाट यशोयिसनलाई आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिवद्वता प्रकट गरेकी थिईन् । रक्तदान कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका निर्वतमान अध्यक्ष तथा… पुरा पढौ

डेङ्गु नियन्त्रणका लागि आँबुखैरेनी गाउँपालिकाद्धारा पूर्वतयारी सुरु

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेङ्गु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ । गर्मी मौसम सुरु भएसँगै डेङ्गुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो । गत वर्ष गर्मी मौसममा तनहुँ डेङ्गुबाट आक्रान्त बनेको भन्दै सङ्क्रमितको सङ्ख्या करिब सात हजार पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार डेङ्गुबाट जिल्लाभर चार जनाको मृत्यु भएको थियो । आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले पछिल्लो समय पालिकामा डेङ्गुको जोखिम बढिरहेकाले समयमै नियन्त्रण गर्न पूर्वतयारी थालिएको बताए… पुरा पढौ