स्वास्थ्य

तनहुँको दमौलीमा डेङ्गु सङ्क्रमण बढेपछि ‘खोज र नष्ट गर’ अभियान

तनहुँको सदरमुकाम दमौलीमा डेङ्गु सङ्क्रमण बढेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । डेङ्गुबाट दमौली बजार क्षेत्रका वडाका सर्वसाधारण सङ्क्रमित भएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा आजदेखि उक्त अभियान सुरु भएको हो । जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थालगायतको संयुक्त सहभागितामा अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार सहभागीलाई दुई समूहमा विभाजन गरी व्यास नगरपालिका–२ र व्यास नगरपालिका–३ मा अभियान सञ्चालन गरिएको छ । सहभागीहरुले लामखुट्टेले फूल पार्नसक्ने सम्भावित स्थानको… पुरा पढौ

अछाममा एक गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार

अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । रासस पुरा पढौ

अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुव्र्यवहार एवम् कुटपिट नगर्न, स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोगले नेपाल सरकार, स्वास्थ्यकर्मी र सबै सरोकारवाला पक्षको ध्यानाकर्षण समेत गराएको छ । पछिल्ला केही दिनयता कास्की, मकवानपुर, लमजुङ, चितवन जिल्लालगायत विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमाथि भएका आक्रमण, दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा भएको तोडफोड एवम् चिकित्सकले आकस्मिकबाहेक स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा… पुरा पढौ

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध

गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समय–समयमा देखिएका यस्ता समस्या समाधान गर्न यही असोज ९ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी प्रधान… पुरा पढौ

पोखरामा विश्व मुटु दिवस मनाईने

पोखरा । विभिन्न तीन संघ संस्थाको सहकार्यमा भोली शुक्रबार विश्व मुटु दिवस पोखरामा मनाईने भएको छ । हरेक वर्ष सेप्टेम्बर २९ तारिकका दिन विश्वभर यो दिवस मनाइने गरिन्छ । नेपाली मिति अनुसार शुक्रबार अर्थात असोज १२ गते पोखरामा स्वस्थ मुटु नेपाल, चरक मेमोरीयल हस्पिटल प्रालि र टाईगर ग्रुप अफ पोखरा नेपालको सहकार्यमा संयुक्त रुपमा दिवस मनाईने भएको आयोजक संस्था स्वस्थ मुटु नेपालका सदस्य ईन्द्र प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान सात बजे पोखरा ६ वैदाम स्थित क्याम्पिङ… पुरा पढौ

बागलुङस्थित स्वास्थ्य बीमा बोर्ड एक जनाको भरमा

बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । बिहान नौ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् । कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगीसमेत नुहँदा स्वास्थ्य बीमा बोर्ड बागलुङको कार्यालय अस्तव्यस्त भएको बोर्ड स्थापनादेखि काम गर्दै आएका दर्ता अधिकारी नारायण शर्माले बताए । स्वास्थ्य बीमा गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको जनाउँदै उनले तीन महिना अघि एकसाथ तीन कर्मचारीले बोर्ड छोड्दा समस्या भएको बताए । “स्वास्थ्य बीमाको जानकारी… पुरा पढौ

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए । यस… पुरा पढौ

ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा १८ कलेजका २१ टिमले प्रतिष्पर्धा गर्ने

पोखरा, असोज १० पोखरामा यहि असोज १२ र १३ गते हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा २१ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । आयोजक पोखरा सांगीतिक कलाकार संघले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगितामा १८ कलेजका २१ टिमले सहभागिता जनाउने जानकारी दिएको हो । कक्षा ८ देखि स्नातकोत्तरसम्मका विद्यार्थीले सहभागिता जनाउने पाउने प्रतियोगितामा भद्रकाली मावि, कालिका मावि, कुमुदिनी होम्स, ईन्फोमेटिक्स कलेज, कान्तिपुर कलेज, ग्लोवल कलेजियट, सगरमाथा मावि, लाभेन्ज बोर्डिङ स्कुलले प्रतिष्पर्धाका लागि नाम दर्ता गराएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी… पुरा पढौ

आन्दोलनकारीमाझ आएर चिकित्सकलाई कुटेर आएँ भनेर सुनाउने ईन्सपेक्टर श्रेष्ठ निलम्वित

पोखरा । चिकित्सकको लापर्वाहीले मृत्यू भएको भन्दै आन्दोलनमा उत्रिएका मृतकका आफन्तमाझ गएर चिकित्सकलाई कुटेर आएको हुँकार गर्ने प्रहरी निरीक्षक (ईन्सपेक्टर) मदन श्रेष्ठ निलम्वित भएका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा लमजुङ दुरागाउँकी रुपा दुराको उपचारको क्रममा मृत्यू भएको विषयलाई लिएर आन्दोलनमा उत्रिएका मृतकका आफन्तमाझ गएर उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई कुटेर आएको भन्दै हुँकार गर्ने ईन्सपेक्टर श्रेष्ठलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले निलम्वन गरेको हो । श्रेष्ठले दिएको अभिव्यक्ति सामाजिक सञ्जाल फेसवुक र टिकटकमा भाइरल भएको थियो । भाईरल भएको सो भिडियोमा… पुरा पढौ

पर्यटन दिवसमा पृथ्वीको प्रभातफेरी र सरसफाई

पोखरा । पर्यटन दिवसको अवसरमा बुधबार पोखरामा पर्यटन सम्बद्ध संघसंस्थाहरुले प्रभातफेरी निकालेका छन् । पृथ्वी होटल व्यवसायी समितिको आयोजना, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको समन्वय तथा नेपाल पर्यटन वोर्ड गण्डकीको प्रवद्र्धनमा प्रभातफेरीसहित विविध कार्यक्रम गरिएको हो । पर्यटन दिवसको अवसरमा आयोजित प्रभातफेरी पोखराको चिप्लेढुंगास्थित मानव अधिकारचोकबाट शुरु भई न्यूरोड, सभागृहचोकहुँदै पृथ्वीचोकमा पुगेर सरसफाई कार्यक्रममा परिणत भएको थियो । सो अवसरमा सभालाई सम्बोधन गर्दै पृथ्वीचोकदेखि चाईनापुल र पोखरा बसपार्क वरपर सरसफाई गरिएको पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरेले जानकारी दिए… पुरा पढौ