स्वास्थ्य

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसँै परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने… पुरा पढौ

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेविरुद्ध कारबाहीबारे जानकारी दिनका लागि स्थायी सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पु¥याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कम्तीमा छ फिट उचाई र चार फिड चौडा स्थायी सूचना पाटी राख्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उक्त पाटीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा (३) मा व्यवस्था भएअनुसार हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने व्यवस्थासँगै दफा १५ मा व्यवस्था भएको… पुरा पढौ

स्वास्थ्य संस्थामा अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली

स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना तत्काल व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम) गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यीय टोली गठन गरिएको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सरोकारवालाहरुसँग छलफल गरी टोली गठन गरिएको हो । टोलीमा प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल हुन । यसैगरी अनुसन्धान अधिकृत अजय… पुरा पढौ

स्वास्थ्य कार्यालय कास्की उत्कृष्ट : कार्यसम्पादन मूल्याङ्कन

जिल्ला स्वास्थ्य कार्यालय कास्की गण्डकी प्रदेशको स्वास्थ्य कार्यालयहरूको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ । कार्यालयद्वारा विगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको विभिन्न सूचकहरूका अनुसार प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा कास्की पहिलो बनेको हो । गत आर्थिक वर्ष २०७९र८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय दुईदिने समीक्षा कार्यक्रमको सोमबार समापन समारोहमा उत्कृष्ट जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय तहलाई घोषणा गरी सम्मान गरिएको हो । प्रदेशका ११ वटा जिल्लास्थित स्वास्थ्य कार्यालयको कार्यसम्पादनमा पहिलो बनेको कास्कीलाई सामाजिक विकास तथा… पुरा पढौ

गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित

गण्डकी प्रदेशमा हालसम्म ६० जना महिला हवाई उद्धार सेवाबाट लाभान्वित भएका छन् । प्रदेश सरकारले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचार सेवा प्रदान गर्ने गरी ‘एयर लिफ्टििङ’ सेवा सुरु गरेको थियो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले यस कार्यक्रमअन्तर्गत विसं २०८० असार मसान्तसम्म ६० जनाको हवाई उद्धार गरिएको बताए । यसैगरी अघिल्लो आव २०७९÷०८० मा छ जनाले यो सेवा लिएका थिए । प्रदेश सरकारले विसं २०७५ देखि प्रदेशको हिमाली… पुरा पढौ

निःशुल्क मुटु रोग सम्बन्धि स्वास्थ्य शिवीर सम्पन्न

पोखरा । लायन्स कलब अफ बेगनास तालनगरी र नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखाको संयुक्त आयोजनामा एक दिने निःशुल्क मुटु रोग सम्बन्धि स्वास्थ्य श्विीर शनिबार सम्पन्न भएको छ । पश्चिमाञ्चल स्वास्थ्य विज्ञापन प्रतिष्ठानका बरिष्ट मुटु रोग विशेषज्ञ डा।सुमन अधिकारीको नेतुत्वमा जनरल फिजिसियनद्धारा मुटु रोग सम्बन्धि परीक्षण , मुटुको इसीजी , प्रेसर परीक्षण समेत गरिएको थियो भने शिवीरमा १ सय २१ जनाले स्वास्थ्य लाभ लिएका थिए । आनन्द ज्योती माध्यमिक विद्यालयमा सम्पन्न भएको शिवीरमा अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ एल का… पुरा पढौ

धौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु

बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलो पटक बागलुङमा सिटिस्क्यान सेवा सुरु भएको हो । धौलागिरी अस्पतालमा सिटी स्क्यानको सेवा सञ्चालनले बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतबासीलाई सहज हुनेछ । गण्डकी प्रदेश सरकारले यसका लागि गत आर्थिक वर्ष २०७९र८० मा रु १० करोड बजेट विनियोजन गरको थियो । धौलागिरी अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप–प्रादेशिक अस्पताल बनाउने योजना अन्तर्गत उपकरण थप गरेको हो । पछिल्लो… पुरा पढौ

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्री बस्नेतको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गरे । उनले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिए । चिकित्सकहरुलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उनले प्रतिबद्धता जनाए । “यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर… पुरा पढौ

तनहुँको दमौलीस्थित दुई मेडिकल सञ्चालक पक्राउ

आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले… पुरा पढौ

मणिपालका चिकित्सक र मृतक पक्षविच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

असोज ११ पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि सिर्जना भएको विवाद पाँच दिनपछि समाधान भएको छ । बिहीबार चिकित्सक र मृतक पक्षका विचमा ६ बुँदे सहमती गर्दै दुबै पक्ष ५ दिन लामो आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निष्कर्षमा पुगेका हुन् । बिहिबार साँझ भएको सहमती अनुसार मृतक दुराको स्मृतिमा मणिपाल अस्पतालले लमजुङको सुन्दर बजारमा १० वर्षसम्म प्रत्येक वर्ष बिशिष्टिकृत चिकित्सकबाट नि–शुल्क स्वास्थ्य शिविर संचालन गर्ने, सिफारिसका आधारमा अल्पसंख्याक दुरा जातीका गरिब तथा विपन्न परिवारका… पुरा पढौ