स्वास्थ्य

देशभर डेङ्गु सङ्क्रमितको संख्या २१ हजार नाघ्यो

भदौ १६ काठमाण्डौं । नेपालमा डेङ्गु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेङ्गु सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेङ्गु सङ्क्रमण दैनिकरूपमा बढेको बताए । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात… पुरा पढौ

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेजको अन्तरक्रिया

भदौ १६ पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितिको आयेजनामा “असल श्रम समन्वय र श्रमिकका चुनौति”विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बरिष्ठ हाडजोर्नी विशेषज्ञय प्राध्यापक डा.ईश्वर शर्मा कडेल,बरिष्ठ बाल रोग विशेषज्ञय सह–प्राध्यापक डा शंकर पौडेल र संगठन ब्यवस्थापन एंवम् परिचालन प्रमुख हरि बहादुर बस्नेतले श्रमिकका समस्या र चुनौतीका समसामयिक विषयमा बोलेका थिए । कार्यक्रममा नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडिकल, कलेज इकाई समीतिका अध्यक्ष दिपक कार्कीले श्रमीकका समस्या समाधान गर्न युनियन सधै तत्पर रहेको भन्दै संस्थाको प्रगती… पुरा पढौ

पोखराको सङ्क्रामक तथा सरुवा रोग अस्पतालको ‘डायलायसिस’सेवा सञ्चालनमा जनशक्ति अभाव

गण्डकी प्रदेश सरकारमातहतको पोखराको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा रहेको ‘डायलायसिस’ सेवा केन्द्र सञ्चालनका लागि जनशक्ति अभाव भएको छ । सो अस्पतालमा हालै डायलायसिस सेवाका लागि २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना गरिए पनि आवश्यक जनशक्ति अभावले पूर्ण क्षमतामा सञ्चालन आउन सकेको छैन । अस्पतालमा रहेका डायलायसिस मेसिन दिनमा तीन सिफ्टमा सञ्चालन गर्न सकेको खण्डमा अधिकतम् दैनिक ३३ जनाले सेवा प्राप्त गर्न सक्ने अवस्था छ । तर सोका लागि आवश्यक जनशक्ति अभाव हुँदा पूर्ण सञ्चालनमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट… पुरा पढौ

कास्कीमा आयुुर्वेदिक उपचारमा आकर्षण बढ्दै

कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिए । जिल्लामा पछिल्ला तीन वर्षमध्ये आव २०७७/७८, २०७८ /७९ र २०७९/८० मा क्रमश: १६ हजार ८१, २१ हजार २५४ र २८ हजार नौ सय ४४ बिरामीले बहिरङ्ग सेवाअन्तर्गत आयुुर्वेदिक उपचार सेवा लिएका छन् । यस उपचार सेवाका अतिरिक्त मातृशिशु सुरक्षार्थ पोषण, ज्येष्ठ नागरिक आरोग्य सेवा,… पुरा पढौ

गण्डकीमा डोकोमा गाग्रीमा पानी बोकेर ल्याउने अवस्थाको अन्त्य गरिने

पोखरा, भदौ ६ गण्डकी प्रदेशमा अहिलेपनि डोकोमा पानीले भरिएको गाग्री बोकेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता छ भन्दा अचम्म लाग्ला । गण्डकी प्रदेश सरकारले पछिल्लो पाँच वर्षदेखि ‘एक घर एक धारा’ अभियान सञ्चालन गरिरहँदा यहि प्रदेशमा यस्तो अवस्था छ भनेर पत्याउन मुश्किल पर्छ । तर गण्डकीमा दुर्गम क्षेत्रमा मात्र होईन कास्कीकै कतिपय ग्रामिण क्षेत्रमा अहिलेपनि डोकोमा पानीले भरिएको गाग्री बोकेर ल्याएको पानीले स्थानियको प्यास मेट्नुपर्ने नियती ज्यूँका त्यूँ छ । तर अब भने गण्डकीबासीले डोकोमा पानीले भरिएको गाग्री बोकेर ल्याएको पानीले… पुरा पढौ

पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याईने

कास्की । पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । हाल महानगरमा २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । महानगरले वडा नं १९ को लामाचौर, वडा नं २१ र वडा नं २४ को बास्कोटमा सहरी स्वास्थ्य केन्द्र स्थापना कार्य अघि बढाएको हो । लामाचौर र वडा नं २१ मा सहरी स्वास्थ्य केन्द्रका लागि… पुरा पढौ

पोखराको नागढुंगास्थित चरक हस्पिटलले गर्‍यो सफलतापूर्वक छाती चिरेर मुटुको शल्यकृया

पोखरा, भदौ १ पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले छाती छिरेर मुटुको शल्यकृया अर्थात ओपन हर्ट सर्जरी गरेको छ । अस्पतालले गण्डकी प्रदेशमै पहिलो पटक पोखरा–२० भलामका ४५ वर्षिय विष्णु गौतमको छाती चिरेर सफलतापूर्वक शल्याकृया गरेको हो । मुटुको दुईवटा नशा बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका गौतमको करीब ४ घण्टा लगाएर मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई नेतृत्वको टोलीले ओपन हर्ट सर्जरी सफलतापूर्वक गरेको चरक अस्पताल नागढुंगा पोखराले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । गौतमको… पुरा पढौ

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण

नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ ।नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको ‘पेनप्लस’ कार्यक्रमबारे सरोकारवालाबीच छलफलमा सहभागी स्वास्थ्य अनुसन्धानकर्ताले पछिल्ला बर्ष नेपालमा नसर्ने रोगको जोखिम दिनदिनै बढ्दै गएको औँल्याएका थिए । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को संयोजनमा भएको छलफलमा किओचका अध्यक्ष प्राध्यापक डाक्टर भगवान् कोइरालाले नेपालमा नसर्ने रोगका कारण अकालमा हुने मृत्युको तथ्याङ्क प्रस्तुत गर्दै नसर्ने रोग भयावह बन्दै गएको बताए । अहिले नेपालमा हुने मृत्युमध्ये… पुरा पढौ

सन् २०२६ सम्ममा दादुरा निवारणका लागि खोप ल्याउन गाभीलाई पत्र

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ मन्त्रालयले यसै आर्थिक वर्षभित्र देशभरिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप लगाउन अभियान सञ्चालनको तयारी गरेको हो । खोप अभियानका लागि स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई गत साउन– २ गते औपचारिक रुपमा पत्र पठाइ दादुरा–रुवेलाविरुद्धको खोप माग गरेको छ । खोप शाखा प्रमुख… पुरा पढौ

गण्डकी प्रदेश सरकारको लगानीमा तीन अस्पताल भवन बन्दै

गण्डकी प्रदेश सरकारको लगानीमा मनाङ र मुस्ताङमा जिल्ला अस्पताल र पोखरामा सङ्क्रामक तथा सरुवा रोग अस्पतालका भवन निर्माण भइरहेको छ । दुई जिल्ला अस्पताल भवन क्रमागत र सरुवा रोग अस्पताल भवन निर्माण बहुवर्षीय आयोजना हो । मुस्ताङ जिल्ला अस्पताल भवन रु. १२ करोड, मनाङ जिल्ला अस्पताल भवन रु. १५ करोड ५५ लाख र सरुवा रोग अस्पताल भवन रु. ३२ करोडको लागतमा ठेक्का सम्झौता भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत आवमा मुस्ताङको अस्पताल भवनका लागि रु. पाँच… पुरा पढौ