स्वास्थ्य

रुकुम पश्चिममा पहिलो ब्लड बैंक स्थापना

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो । दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माण हाल पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ । ब्लड बैंक निर्माणका लागि हालसम्म रु ४० लाख खर्च भइसकेको छ । जसमध्ये… पुरा पढौ

नगरपालिका आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना,अति विपन्न र गरिबलाई निःशुल्क

बागलुङ । बागलुङ नगरपालिकाले आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ । केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शववाहन, डोजर, ब्याक लोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’लगायत सामग्री तयारी अवस्थामा राखेको छ । नगरभित्र सडक पुगेका सबै बस्तीमा पुगेर बिरामीको उद्धार गर्ने उद्देश्यले नयाँ आर्थिक वर्षको सुरुवातसँगै केन्द्र स्थापना गरी केन्द्रबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९र८० मा विनियोजित बजेटबाट नगरपालिकाले वडा नं २ मा आवश्यक उपकरण राख्ने र कर्मचारी बस्ने गरी… पुरा पढौ

वीर र ट्रमा सेन्टरमा अव बिहान ८ बजेदेखि नै ओपिडी सेवा

काठमाडौ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिए । दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २ः३० बजेसम्म निर्धारण गरिएको उनले बताए । वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ । अस्पताल… पुरा पढौ

लम्पी स्किनविरुद्ध कास्कीमा धमाधम खोप कार्यक्रम सञ्चालन

पोखरा । पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध कास्की जिल्लामा धमाधम खोप कार्यक्रम सञ्चालन भएको छ । महामारी फैलिदासम्म खोप खरिदका लागि बजेट अभावले काम सुरु नभएकामा असार अन्तिम सातादेखि पशुमा खोप लगाउन सुरु गरिएको हो । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा सबै पालिकामा गरी हालसम्म १२ हजार आठ सय ५० गाई, भैँसी र गोरुलाई लम्पी स्किनको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ । केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शम्भुराज… पुरा पढौ

बच्चादेखि बृद्धसम्म पदयात्रामा अकर्षित,ग्रामिण पर्यटनको प्रचार प्रसारमा साथ दिदै

लामवद्ध मान्छेको हुल । सोहि हुल गाउँ र बजार बस्तीमा पुग्दा स्थानियले अचम्मै मानेर हुललाई नियाल्थे । त्यो हुल भने आफ्नै रफ्तारमा अगाडी बढीरहेका हुन्थे । झट्ट हेर्दा कसैको जन्ती हिडेको भान हुन्थ्यो । त्यो लामबद्ध हुलमा भने सबैले आआफ्ना अनुभव,हाँसोठट्टा,एकअर्कालाई सल्लाह सुझाव,व्यवसाय,देशको अवस्थादेखि लिएर अन्तराष्ट्रिय चासोका बारेमा आफुलाई भुलाउदै पाईला भने गन्तव्य भेटाउन अगाडी बढिरहन्थे । हुलमा थिए ६८ वर्षका सुशिला रानाभाट । पुरानो पहिरनमा काँधमा साडी,साईट व्याक झुन्डिएको थियो उनको । व्याक भित्र केहि पानीका वोत्तल,केहि लत्ताकपडा र… पुरा पढौ

स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई एम्बुलेन्स र स्कुल बस उपहार

काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेको सो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका… पुरा पढौ

वडाभरीका नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । वडाध्यक्ष किरण बरालले विहिबारदेखि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् । वडाका सबै विरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्सको भाडा तिर्न नपर्ने बरालले बताए । ‘आजपनि सामान्य विरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन,’ उनले भने, ‘महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन । आज सानो खुसीको खवर तपाईंहरुलाई, पोखरा १३ ले आजैका दिनदेखि निशुल्क… पुरा पढौ

पोखरा विश्वविद्यालयका विध्यार्थीहरुको स्वास्थ्य निरुपण सम्बन्धी कार्यक्रम

पोखरा । पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाईड साईन्सेज अन्तर्गत जनस्वास्थ्य संकाय तेस्रो वर्ष छैटौं सेमेस्टरमा अध्ययनरत बिद्यार्थीहरुले गोरखाको पालुङटार गाउँ पालिका, वडानं चार स्थित बार्ह्रपिर्के , कुमालगाउँ तथा देवकोटा भन्ने स्थानमा एक महिने स्वास्थ्य निरुपण शिर्षकमा समुदाय स्तरमा स्वास्थ्य सम्बन्धी बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेका छन्। सुष्म स्वास्थ्य परियोजना अन्तर्गत सञ्चालित कार्यक्रममा लिडिन लाईट युवा क्लवको संयोजन रहेको थियो। पालुङटार, चार स्थित, बार्ह्रपिर्के देखि कुमालगाउँ सम्म स्वास्थ्य सरसफाई अभियान अन्तर्गत , स्वास्थ्य संग सम्बन्धित जनचेतनामुलक र्याली लगायतका बिभिन्न… पुरा पढौ

कर्मचारीको पारिश्रमिकबाट आँबुखैरेनी अस्पताललाई थाइराइड मेशिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिका मातहत कार्यरत कर्मचारीले आँबुखैरेनी अस्पताललाई रु दश लाखभन्दा बढी मूल्यको थाइराइड मेशिन प्रदान गरेका छन् । गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत सबै क्षेत्रमा कार्यरत कर्मचारीले खाईपाई आएको पारिश्रमिकबाट थाइराइड मेशिन खरिद गरी उक्त अस्पताललाई हस्तान्तरण गरेका हुन् । गाउँपालिकामा दरबन्दी र करारका गरी एक सय ३५ जना कार्यरत कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। गत जेठ ३१ गते बसेको कर्मचारीको बैठकले कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरी अस्पताललाई प्रदान… पुरा पढौ

मनाङका चौपायामा पनि देखियो लम्पी स्किन

मनाङ । हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिए । उनका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ । गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उनले बताए । “बिरामी गोरुले घाँस खान कम गरेको छ, ज्वरो र रोगका लक्षणअनुसारका गिर्खा देखिएको छ”, कुसुमले भने। किसानले गोरु बिरामी… पुरा पढौ