स्वास्थ्य

अस्पतालमा ‘डायलासिस’ उपकरण व्यवस्था मिलाउन माग

तनहुँ । तनहुँको आँबुखैरेनी अस्पतालमा ‘डायलासिस’ उपकरण व्यवस्थाका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । आँबुखैरेनी गाउँपालिका–३ का वडाध्यक्ष दिनेश केसीले आइतबार कांग्रेस सभापति देउवालाई भेट गरि सो आग्रह गरेका हुन् । सो अवसरमा वडाध्यक्ष केसीले अस्पतालमा रक्त सञ्चारका लागि पनि आवश्यक उपकरणको व्यवस्था मिलाउन पहल गरिदिन सभापति देउवालाई आग्रह गरेका थिए । सभापति देउवाले अस्पतालका लागि डायलासिस उपकरण व्यवस्थाका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गर्ने जानकारी दिएको वडाध्यक्ष केसीले बताए । ऑबुखैरेनी… पुरा पढौ

गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

स्याङ्जाको गल्याङ नगरपालिका–३ बल्पुकस्थित गल्याङ नगर अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै जान थालेको छ । व्यवस्थापनमा सुधार, नगरपालिकाको नियमित अनुगमन, नयाँ सेवा विस्तार, स्वास्थ्यकर्मीको उत्कृष्ट सेवा, स्थानीय नागरिकको विशेष निगरानी हुन थालेपछि १५ शय्याको नगर अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेको हो । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आवमा झण्डै दोब्बरले बिरामीको सङ्ख्या बढेको अस्पतालका प्रमुख गुनेन्द्र रानाले जानकारी दिए । “अघिल्लो आवमा १३ हजार बिरामीले सेवा लिएका थिए”, उनले भने, “चालु आवमा व्यवस्थापन पक्षमा सुधार भएकाले र सेवा… पुरा पढौ

कास्की कारागारमा मनायो रोट्रयाक्ट फिस्टेलले १७ औं स्थापना दिवस

पोखरा । विश्वकै पहिलो महिलामात्रै सदस्य रहेको रोट्याक्ट क्लव अफ पोखरा फिस्टेलले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ । २००७ जुन २९ मा स्थापना भएको क्लबले कास्की कारागारमा रहेका ५० बढी महिला कैदीबन्दीहरुलाइ स्यानिटरी प्याड हस्तान्तरण गरि आफ्नो १७ औ स्थापना दिवस मनाएको हो । आफ्नो कार्यकालको अन्तिम कार्यक्रमको रुपमा रोटा वर्ष २२÷२३ कि अध्यक्ष डिम्पल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कारागार प्रमुख भिमराज घिमिरे, सई सुशिल घिमिरे ,नाइके साथै क्लवका सदस्यहरु कुनै उपस्थिति रहेको थियो। कारागार प्रमुख भिमराज घिमिरेले… पुरा पढौ

स्वास्थ्यचौकीमा औषधि अभाव, सिटामोलसमेत पाउन मुस्किल

मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्यचौकीमा औषधिको अभाव देखिएको छ । एक चक्की सिटामोलसमेत पाउन मुस्किल पर्ने अवस्था देखिएको अनुगमनका क्रममा भेटिएको हो । दैनिक १० देखि २० जनासम्म बिरामी उपचार गर्न स्वास्थ्यचौकीमा आउने गरे पनि औषधि नपाई रित्तै घर फर्किन बाध्य भएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले जानकारी दिए । मङ्गलबार दिउँसो अनुगमनको क्रममा खनाया स्वास्थ्यचौकीमा पुग्दा औषधि अभाव भएको देखिएको उनको भनाइ छ । “औषधि अभाव छ, आपूर्ति पनि हुन सकेको छैन । बिरामीलाई कसरी उपचार गरौँ”, अनमी तुल्सा विश्वकर्माले… पुरा पढौ

‘एन्टिबायोटिक’ को अत्यावश्यक बाहेक प्रयोग नगर्न विज्ञको सुझाव

पोखरा । मानव स्वास्थ्यको लागि आवश्यक पर्ने औषधीहरु मध्यको ‘एन्टिबायोटिक’ अहिले टाउँको दुखाइको विषय बनेको छ । टाउँको दुखाईको विषय बन्नुको कारण चाही एन्टिबायोटिक रेसिस्टेन्टको बढ्दो समस्या हो । एन्टिबायोटिकको एउटा नयाँ मलिकुलको रिसर्च गर्न १० देखि १५ वर्ष समय लाग्नुको साथै कराडौ खर्च लाग्ने गर्दछ । तर यसको रेसिस्टेन्ट ४ देखि ५ वर्ष बिचमै देखिदाँ पछिल्लो पुस्ताको लागि एन्टिबायोटिकको गु्रप नै नरहने हो कि भन्ने स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र युएसएआइडि… पुरा पढौ

पोखरा महानगर भित्रका सामुदायिक विद्यालयमा नर्स कार्यक्रम

पोखरा । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न र समग्र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताए। महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि रु १६ करोड ५० लाख विनियोजन गरिएको छ । स्वास्थ्य संस्थामा रोग लाग्नबाट बचाउन निदानात्मक सेवा सञ्चालन भइरहेको र आगामी आव जनसङ्ख्या तथा भूगोलका आधारमा छनोट भएका… पुरा पढौ

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधि विभाग

औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै मात्र बिक्री वितरण गर्न अनुरोध गरेको हो । “विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण हुने औषधिको गुणस्तरियताको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्,” उनले भने, “औषधि ऐन, २०५३ को दफा १२ अनुरुप औषधि सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने… पुरा पढौ

भोलिदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताए । बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए । “कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले चार सय ५० शय्या, ट्रमा सेन्टरले एक सय ५० शय्या र शहीद गङ्गालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेका… पुरा पढौ

मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यहाँका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख सुरेन्द्र गुरुङले मनाङलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् । प्रत्येक घरघरमा पुगेर पूर्ण खोप लगाएको तथ्याङ्क सङ्कलनपश्चात् जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाका आठ हजार आठ सय २१ जनाको… पुरा पढौ

मोबाइल प्रयोगले बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किनेजस्ता समस्या

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउछन् । बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझिने समस्या देखिन सक्नेजस्ता समस्या हुनेमा जोड दिँदै उनले बालबालिकालाई मोबाइल फोनसँग टाढा राख्न अभिभावकलाई अनुरोध गरेका छन् । यसैगरी बालबालिकाका आमा र बुबा तथा अभिभावकलाई आफ्नो सजिलो र छिटोका लागि बालबालिकालाई… पुरा पढौ