पोखरा । पोखराको निरामयाः डायग्नोष्टिक्सले आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविरमा एक सय जना बढीले सेवा लिएका छन् । आइतबार पोखराको महेन्द्रपुलमा आयोजित शिविरमा एक सय जना बढीले निःशूल्क सेवा लिएको निरामयाः डायग्नोष्टिक्स पोखराका प्रमुख आशिष ध्वजुले जानकारी दिए । शिविरमा सुगर र कोलस्टोरसम्बन्धी निःशूल्क जाँच गरिएको थियो भने थाइराईड, भिटामिन ‘डी’ लगायतका परीक्षणमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको थियो । पोखराको महेन्द्रपुल, बास्तोलाथरमा अवस्थित निरामयाःले यसअघि सञ्चालन गरेको शिविरलाई निरन्तरता दिँदै महेन्द्रपुलमा सो कार्यक्रम गरेको उनले बताए । यस्का साथै…
पुरा पढौ