प्रवास

सुरक्षा कारबाहीमा चार विद्रोही मारिए

अफगान सुरक्षा बलले उत्तरी बदख्सान प्रान्तको तागाब जिल्लामा चार विद्रोहीलाई मारेको प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख कारी माजुद्दिन अहमदीले बताएका छन् । तागाब जिल्लाको रबात क्षेत्रमा गरिएको सुरक्षा कारबहीमा तथाकथित प्रतिरोधी मोर्चाका चार सशस्त्र सदस्य मारिएका तथा उनीहरूबाट हतियार कब्जामा लिइएको उनले बताए । गत अगस्टमा अफगानिस्तान कब्जा गरेपछि युद्ध अन्त्यको घोषणा गरेको तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनले युद्धग्रस्त देशमा कानून र व्यवस्था सुनिश्चित गर्ने वाचा गरेको छ ।रासस पुरा पढौ

प्रशान्त टापुका देशसँग घनिष्ठ सहयोगका लागि सीको आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले प्रशान्त टापुका देशसँग घनिष्ठ सहयोगका लागि आह्वान गरेका छन् । सोमबार दोस्रो चीन–प्रशान्त टापु राष्ट्रहरूका विदेश मन्त्रीहरूको बैठकमा लिखित मन्तव्य व्यक्त गर्दै उहाँले प्रशान्त टापुका देशको साझा भविष्यका निम्ति यस क्षेत्रका राष्ट्र अझ निकटमा रहेर समुदाय निर्माण गर्नु आवश्यक भएको बताए । हालैका वर्षहरूमा चीन र प्रशान्त टापुका देशहरूबीचको व्यापक रणनीतिक साझेदारीले पारस्परिक सम्मान र साझा विकासलाई निरन्तरता दिएको छ भने त्यसले दक्षिण–दक्षिण सहयोग र पारस्परिक लाभको लागि राम्रो उदाहरण प्रस्तुत गरेको राष्ट्रपति सीले बताए ।… पुरा पढौ

भारी वर्षा र बाढीबाट ९१ जनाको मृत्यु, हजारौँ विस्थापित

भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा पनि ९१ जना पुगेको प्राप्त समाचारमा जनाइएको छ ।केही दिनयदेखि यहाँ भारी वर्षा भइरहेको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परिरहेको छ । अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप देखिएको बताइएको छ ।भारी वर्षा र त्यसपछिको बाढीले गर्दा अहिले सम्म २६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा… पुरा पढौ

चार दिने विश्व आलु सम्मेलन जारी

आयरल्याण्डको डबलिनमा विश्व आलु सम्मेलन सुरु भएको छ । सो सम्मेलनमा विश्वका कम्तीमा पनि ६० देशका १ हजार जनाभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका बताइएको छ । सोमबारबाट सुरु भएको सो सम्मेलन चार दिनसम्म सञ्चलान हुने भएको बताइएको छ । सो सम्मेलनमा आलु खेतीमा लागेका किसानका साथै यस खेतीका विशेषज्ञ, आलु खेतीसम्बन्धी कृषि प्राविधिक एवं सरकारी अधिकारीहरुको सहभागिता रहेको बताइएको छ । यस सम्मेलनमा विश्वमा आलु खेतीको वर्तमान अवस्था र यसका चुनौतीहरुका साथै स्वास्थ्यमा आलुको योगदान, आलु व्यवसाय र पोषण एवं… पुरा पढौ

सलाहलाई ‘पीएफए फ्यान्स प्लेयर अफ द इयर’ अवार्ड

लिभरपुलका मोहमद सलाहले ‘पीएफए फ्यान्स प्लेयर अफ द इयर’ अवार्ड जितेका छन्। इजिप्टका सलाहले प्रोफेसनल्स फुटबलर्स एसोसियसनले प्रदान गर्ने ‘प्लेयर अफ द इयर’ अवार्ड जितेका हुन् । २९ वर्षीय सलाहले समर्थकको सर्वाधिक भोट प्राप्त गर्दै अवार्ड हात पारेका हुन्। सलाहले यस सिजन इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका थिए। प्रिमियर लिगको २०२१/२२ को सिजन सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड पाएका हुन् । गोल्डेन बुट अवार्ड जित्ने क्रममा उनले २३ गोल गरेका थिए। सलाहले यस सिजन ‘गोल अफ द… पुरा पढौ

सुनखानी भिडन्तमा एकसय जनाको मृत्यु

अफ्रिकी मुलुक चाडको उत्तरी विकट क्षेत्रमा अवैध सुनखानीका कामदारहरूबीच भिडन्त हुँदा करिब एक सय जनाको ज्यान गएको र अन्य चालिस जना घाइते भएको सरकारले जनाएको छ। रक्षामन्त्री दाउद याया ब्राहिमले २ जना व्यक्तिबीचको सामान्य विवादबाट त्यत्रो काण्ड मच्चिएको एएफपीलाई बताएका छन्।लिबियाको सीमासँग जोडिएको कोउरी बोउगोउदी जिल्लाको पहाडी क्षेत्र चाड र अन्य छिमेकी मुलुकमा मानिस सुन खोज्न आकर्षित हुने गरेका छन् । यो हिंसात्मक घटना गत साता घटेको भएपनि सोमबार मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको हो। केहि समूहले मृतकको संख्या… पुरा पढौ

श्रम मन्त्रालयको पुनःएकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान

श्रम मन्त्रालयको पुनःएकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङहुन कोबीच शिष्टाचार भेटवार्ता भएको छ। हिजो (सोमबार) मन्त्रालयमा भएको भेटमा उनीहरुबीच इपीएसमार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको संभावित साझेदारीका बिषयमा विचार विमर्श भएको थियो। इपीएसमार्फत कोरिया गई फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनामा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले ८ मिलियन अमेरिकी डलर अर्थात करिव ९६… पुरा पढौ

डुङ्गा डुर्घटना ३१ जनाको उद्धार, ११ अझै बेपत्ता

इन्डोनेसियाको तटमा खराब मौसममा इन्धन सकिएर डुङ्गा डुबेपछि ३१ जनाको उद्धार गरिएको छ । यद्यपी ११ जना अझै बेपत्ता रहेका एक अधिकारीले सोमबार जानकारी दिएका छन् । बिहीबार दक्षिण सुलावेसी प्रान्तमा यात्रा गर्ने क्रममा केएम लाडाङ पेर्तिवी डुङ्गा डुबेपछि स्थानीय टगबोट र माछा मार्नेहरूले धेरैलाई किनारमा ल्याएर उद्धार गरेका बताइएको छ । उद्धार गरिएका ती व्यक्तिहरु घर फर्किसकेका र उनीहरूको स्वास्थ्य सामान्य भएको उद्धारकर्ताहरुले बताएका छन् । उद्धारकर्ताहरूले हेलिकप्टर तैनाथ गरेका छन् र बेपत्ताको खोजीमा डुङ्गा डुबेको ठाउँबाट २० समुद्री… पुरा पढौ

इन्डोनेसियामा डुङ्गा डुर्घटना ३१ जनाको उद्धार, ११ अझै बेपत्ता

इन्डोनेसियाको तटमा खराब मौसममा इन्धन सकिएर डुङ्गा डुबेपछि ३१ जनाको उद्धार गरिएको छ । यद्यपी ११ जना अझै बेपत्ता रहेका एक अधिकारीले सोमबार जानकारी दिएका छन् । बिहीबार दक्षिण सुलावेसी प्रान्तमा यात्रा गर्ने क्रममा केएम लाडाङ पेर्तिवी डुङ्गा डुबेपछि स्थानीय टगबोट र माछा मार्नेहरूले धेरैलाई किनारमा ल्याएर उद्धार गरेका बताइएको छ । उद्धार गरिएका ती व्यक्तिहरु घर फर्किसकेका र उनीहरूको स्वास्थ्य सामान्य भएको उद्धारकर्ताहरुले बताएका छन् । उद्धारकर्ताहरूले हेलिकप्टर तैनाथ गरेका छन् र बेपत्ताको खोजीमा डुङ्गा डुबेको ठाउँबाट २० समुद्री… पुरा पढौ

भारतमा दुई हजार ७०६ मा कोरोना सङ्क्रमण

भारत । भारत २४ घण्टाको समयावधि अर्थात आइतबार मध्यरातिसम्म दुई हजार ७०६ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ५५ हजार ८२० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २५ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ६११ पुगेको छ ।यस समयमा भारतमा ६११ सक्रिय सङ्क्रमित संख्या बढेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १७ हजार ६९८ रहेका पनि सो… पुरा पढौ