प्रवास

आज क्रिसमस डे, नेपाल सरकारले दियो बिदा

आज डियसेम्बर २५ तारिक अर्थात क्रिसमस डे। आजको दिन नेपाल लगायत इसाई धर्मालम्बीहरुका लागि विशेष र महत्वपूर्ण दिन। इसाई धर्मालम्बी लगायत अन्य समुदायहरुले आजको दिन विश्वभर जिसस क्राइस्टको सम्झनामा क्रिसमस डे मनाउँदछन्। आजको दिन जिसस क्राइस्ट पृथ्वीमा आएको र संपूर्ण मानवजातिको पापलाई नास गर्न मानिसकै अवतार लिएकाले आजको दिनलाई विशेष उत्सवका रुपमा मनाउनुपर्ने धारणा राखेर इसाई समुदायको चर्चहरुमा क्रिसमस डे मनाउँदछन्। इसाई धर्मका अनुयायीहरुले आजको यो विशेष दिनलाई विशेष सौहार्दता, प्रेम र माया, सद्भाव र प्रभुको अनुकम्पामा अनुगृहित भएर मनाउने… पुरा पढौ

भारतमा थप छ हजार ६ सय ५० जनालाई कोरोना सङ्क्रमण

सिन्ह्वा । भारतमा कोरोना भाइरसबाट थप छहजार ६५० सङ्क्रमित भएपछि यहाँ कूल सङ्क्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । तीमध्ये ३५८ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ८८ जना, दिल्लीमा ६७, जना ओमिक्रोनका सङ्क्रमित रहेका छन् । ओमिक्रोनका ११४ जना सङक्रमित भने निको भएका जनाइएको छ । सोही अवधिमा थप ३७४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाको… पुरा पढौ

लिबियामा आप्रवासीहरु भाग्नेक्रममा ७० को मृत्यु, १०० जना बेपत्ता

सिन्ह्वाः लिबियाली सामुद्रिक किनारमा यसै हप्तामात्र कम्तीमा पनि ७० जना अवैध रुपमा आवतजावत गर्न खोज्ने आप्रवासीहरुको डुबेर मृत्यु भएको छ ।संयुक्त राष्ट्रसंघले बिहीबार प्रकाशन गरेको एक प्रतिवेदनमा सो तथ्य सार्वजनिक भएको छ । यस समयमा यहाँका अरु कम्तीमा पनि १०० जना आप्रवासीहरु हराइरहेका पाइएको छ । यसरी मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । अरु ठूलो संख्याका बालबालिका हराइरहेका संयुक्त राष्ट्रसंघीय बालकोषले जानकारी दिएको हो ।यहाँ आप्रवासीहरुको अवस्था निकै दयनीय रहेको बताइएको छ । यो सामुद्रिक किनाराबाट भाग्ने क्रममा कागजात… पुरा पढौ

ओमिक्रोनको सङ्क्रमित बढेपछि इटालीमा प्रतिबन्धहरुको घोषणा

रोम । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ ।यहाँ प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ र यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएका छन् । पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरुमा बढी नागरिकहरुको आवतजावत र जम्मा हुने भएकाले त्यसमा कडाई गरिएको बताइएको छ ।इटालीको मन्त्री परिषदले यहाँ क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाइएको छ । त्यसैगरी नागरिकहरु सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि… पुरा पढौ

२० वटा युट्युब च्यानलमाथि प्रतिबन्ध

भारतविरोधी सामग्री उत्पादन गर्ने विभिन्न युट्युब च्यानल र वेवसाइटामथि केन्द्र सरकारले प्रतिबन्ध लगाएको छ। भारत सरकारले मंगलबारदेखि २० वटा युट्युब च्यानल र २ वटा वेवसाइटमाथि प्रतिबन्ध लगाएको हो। सरकारले सूचना प्रविधि मापदण्ड र डिजिटल मिडिया आचारसंहिता २०२१ अन्तर्गत भारतविरोधी सामग्री उत्पादन र प्रसारण गर्ने २० वटा युट्युब च्यानल र २ वटा न्युज वेवसाइटमाथि प्रतिबन्ध लगाएको हो। जसमा ‘नयाँ पाकिस्तान’, ‘दी पन्च लाइन’, इन्टरनेसनल वेवन्युज’, ‘दी नेक्ड ट्रुथ’, ‘४८ न्युज’ लगायत च्यानलहरु रहेका छन्। पाकिस्तानबाट संचालित भारतविरुद्ध गलत सूचना दिने र… पुरा पढौ

ग्रीसको तटीय क्षेत्रमा शरणार्थी बोकेको डुङ्गा डुब्दा दर्जनौं वेपत्ता

एथेन्स, ग्रीस । आप्रबासी तथा शरणार्थी बोकेको एउटा डुङ्गा ग्रीसको फोलेगान्ड्रोस टापू नजिकैको तटीय क्षेत्रमा डुब्दा दर्जनौं व्यक्तिहरू वेपत्ता भएको ग्रीसको तटीय सुरक्षा संयन्त्रले बुधबार जानकारी गराएको छ । तटीय सुरक्षा अधिकारीले कम्तीमा १२ जना यात्रुलाई जीवितै उद्धार गरिएको र बाँकी दर्जनौँ व्यक्तिको अवस्था अज्ञात रहेको बताए । केही जीवित व्यक्तिले डुङ्गामा ३२ जना रहेको बताए । यद्यपि उनीहरूमध्येका एकजनाले भने यो सङ्ख्या ५० भन्दा बढी रहेको बताए । ग्रीक अधिकारीले सिन्ह्वालाई इमेलमार्फत दिएको प्रेस वक्तव्यमा अहिलेसम्म जीवितहरुको राष्ट्रियता स्पष्ट… पुरा पढौ

तालिवानद्वारा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध

अफगानिस्तान । अफगानिस्तानको तालिबान समूहले काबुल शहरको पसलहरूको ‘साइनबोर्ड’मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबानको उक्त निर्णयले अन्तर्राष्ट्रिय समुदायमा उसको छविलाई थप चिढ्याउन सक्ने कदमका रूपमा अधिकारकर्मीहरूले व्याख्या गरेका छन् । काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको कुरा टोलो न्युजले काबुल नगरपालिकाका प्रवक्ता नेमतुल्लाह बाराक्जाईलाई उद्धृत गरी लेखेको छ । सरकारको निर्णयको आधारमा इस्लामी नियमको विरुद्धमा रहेका फोटोहरू विज्ञापन पाटीबाट हटाइने बाराक्जाईले बताउनुभएको समाचारमा उल्लेख गरिएको छ । काबुलमा… पुरा पढौ

यमनलाई दिदै आएको सहयोग राष्ट्रसंघद्धारा कटौती

एएफपी । संयुक्त राष्ट्रसंघको तर्फबाट द्वन्द्वग्रस्त मुलुक यमनलाई दिदै आएको सहयोगमा कटौती भएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्रदान गरिदै आएको सहयोगमा कटौती भएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका हुन् । “द्वन्द्वग्रस्त मुलुक यमनलाई सहयोग गर्न बजेटको अभाव भएकाले सहयोगका लागि अपिल गर्दै अहिलेलाई राष्ट्रसंघको तर्फबाट हुने सहयोगमा कटौती गरिएको हो,” डब्लुएफपीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । सहयोग कटौती गर्दा यमनमा खाद्य संकट पर्ने खतरा हुँदा हुदै पनि आफूहरु कटौती गर्न बाध्य भएको उनीहरुको भनाई छ ।… पुरा पढौ

इरानी राजदूतको कोभिड-१९ का कारण मृत्यु

इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले मङ्गलबार यमनी हुथीहरूको नियन्त्रणमा रहेका सानाका लागि तेहरानका राजदूतको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको जनाउँनु भएको छ। राजदूत हसन इर्लू सानामा आफ्नो मिशनको ठाउँमा कोरोना सङ्क्रमित भएका थिए । दुर्भाग्यवश, उनि प्रतिकूल अवस्थामा स्वदेश फर्किए, र उनको अवस्था सुधार गर्न सबै उपचार उपायहरू प्रयोग गर्दा पनि आज बिहान उनको निधन भयो,ू उनले थपे। इराकले आइतबार इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेपछि इर्लूलाई तेहरानमा पठाइएको थियो। पुरा पढौ

फिलिपिन्सको आँधीमा ज्यान गुमाउनेको संख्या ३७५ पुग्यो

फिलिपिन्समा हालै आएको आँधीका कारण ज्यान गुमाउनेको संख्या बढ्ने क्रम जारी छ । स्थानीय प्रहरीका अनुसार आँधीका कारण अहिलेसम्म कम्तीमा ३ सय ७५ जनाको मृत्यु पुष्टि भएको छ। गएको बिहीबार आएको सुपर टाइफुन राईका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। राई आँधीका कारण करिब १ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो। आँधीका कारण कम्तीमा ५ सय जना घाइते भएका छन् । अझै ५६ जना बेपत्ता रहेको स्थानीय प्रहरीले जनाएको छ।… पुरा पढौ