प्रवास

अफगानिस्तानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह

चीनले अमेरिकाद्धारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरु फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समयमा अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न नाकाबन्दी लगाएको छ । हाल अफगानिस्तान निकै अप्ठेरो अवस्थामा रहेको, यहाँ हिमपात तथा चिसोका कारण अफगान नागरिकहरु निकै अप्ठेरोमा परेको र मानवीय सहायताको पनि खाँचोे परिरहेकाले अमेरिकालाई सो नाकाबन्दी फिर्ता गर्न आग्रह गरेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सो आग्रह गरेका हुन् । मन्त्रालयको नियमित… पुरा पढौ

म्यानमारका नेतृ सुकीलाई थप ४ वर्षको जेल सजाय

म्यानमारको सैन्य अदालतले अपदस्त नेतृ आङ्गसान सुकीलाई थप ४ वर्षको जेल सजाय सुनाएको छ । सुकीलाई गैरकानुनी रूपमा विद्युतीय सामग्री राखेको र कोभिड–१९ को नियम उल्लंघन गरेको आरोप लागाइएको छ । यससँगै उनलाई करिब एक दर्जन आरोप लगाइएको छ । आफूमाथि लगाइएको सबै आरोपहरू निराधार रहेको सुकीले बताउँदै आएकी छन् । सेनाको उक्त कदम अन्यायपूर्ण रहेको भन्दै व्यापक रूपमा निन्दा गरिएको छ । राजधानी शहर नेपिताउमा सोमबार भएको मुद्दाको सुनुवाइमा सञ्चारमाध्यमलाई रोक लगाइएको छ भने सुकीका वकिललाई सञ्चारमाध्यम र जनतासँग… पुरा पढौ

भारतमा थप एक लाख ५९ हजार भन्दा बढी कोरोना सङ्क्रमित, ओमिक्रोनका सङ्क्रमति तीन हजार ६०० नाघ्यो

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन् । हाल यहाँ तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले आइतबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या… पुरा पढौ

दक्षिण कोरियामा ओमिक्रोनका सङ्क्रमित बढ्दै, दुईको मृत्यु

सोल । दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ । यस भाइरसबाट दुई जनाको ज्यान गएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो । गत डिसेम्बर २७ मा एक र २९… पुरा पढौ

भारतमा थप ३७ हजार ३७९ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा भएका सङ्क्रमित मध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । ती मध्ये पनि ७६६ जना भने निको भएका छन् । सोही अवधिमा थप १२४ जनाको कोरोना सङ्क्रमणका… पुरा पढौ

कोरोना महामारी र खराब मौसमः विश्वभर ४४ सय बढी हवाई उडान रद्द

कोरोना महामारी र खराब मौसमका कारण विश्वभर ४ हजार ४ सयभन्दा बढी उडान रद्द भएका छन्। त्यसमध्ये अमेरिकामा पहिलो पटक उच्च संख्यामा हवाई उडान रद्द भएको छ। हिँजो (शनिबार) मात्रै त्यसमध्ये २ हजार ५ सय भन्दा बढी उडान अमेरिकामा मात्रै रद्द भएको हवाई ट्राफिक सम्बन्धी वेबसाइट फ्लाइट अवेरले जनाएको छ। कोरोना संक्रमितको सम्पर्कमा आएपछि चालक दलका सदस्यलाई क्वारेन्टिन बस्नुपर्ने लगायतका कारण एयरलाइन्सहरुमा कर्मचारीको अभाव हुने गरेको छ। यात्रुहरुका समस्याका साथै मध्य अमेरिकामा परेको बाक्लो हिमपातले पनि हवाई उडान प्रभावित बनेका… पुरा पढौ

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२

आज (शनिबार) इस्वी संवत २०२२ को पहिलो दिन अर्थात अंग्रेजी नयाँ वर्ष। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ। आजबाट इस्वी संवतको २०२१ लाई बिदा गर्दै नयाँ वर्ष २०२२ लाई स्वागत गरिदैँछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुआत भएको मान्यता छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष समेत भन्ने गरिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले… पुरा पढौ

विश्वभर एकैदिन १८ लाख बढी कोरोना संक्रमित थपिए

विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख २९ हजार कोरोना संक्रमित थपिएका छन्। अमेरिकामा मात्रै ५ लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएको छ। फ्रान्समा २ लाख ६ हजार, वेलायतमा १ लाख ८९ हजार, स्पेनमा १ लाख ६१ हजार, इटलीमा १ लाख २६ हजार संक्रमित थपिएका छन्। त्यसैगरी अर्जेन्टिनामा ५० हजार ५ सय, जर्मनीमा ४१ हजार ८ सय र टर्कीमा ३९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको हो।वल्र्डोमिटरकाअनुसार यस अवधिमा ५ लाख २० हजार जना संक्रमणमुक्त भएका छन् भने ६… पुरा पढौ

भारतमा थप नौहजार १९५ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली। भारतमा कोरोना भाइरसबाट थप नौ हजार १९५ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख आठ हजार ८८६ पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । सोही अवधिमा थप ३०२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८० हजार ५९२ पुगेको… पुरा पढौ

भारतमा थप छहजार ३५८ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप छ हजार ३५८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ६५३ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७५ हजार ४५६ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो संख्या सन् २०२० मार्चपछि सब भन्दा कम भएको समाचारमा जनाइएको छ । गएको २४… पुरा पढौ