प्रवास

अफगान सेनाको कारबाहीमा १४ तालिबानीको मृत्यु

अफगान वायुसेनाको कारबाहीमा १४ जना तालिबानी लडाकुको मृत्यु भएको छ। रक्षा मन्त्रालयले सोमबार राति समानगान प्रान्तको फिरोज नाखचिर जिल्लामा गरिएको कारबाहीमा तालिबानी विद्रोही लडाकूहरु मारिएको पुष्टि गरेको छ। तालिबानी लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले आक्रामक कारबाही गरेको बताएको छ। मन्त्रालयले तालिबान समूहको आश्रय स्थल, ५ वटा क्षेप्यास्त्र, २ वटा भारी बन्दुक तथा ७ वटा राइफल पनि ध्वस्त बनाइएको जनाएको छ। तालिबान समूहले पछिल्ला केही समयदेखि सरकारी सुरक्षा फौजलाई लक्षित गरी देशैभर हिंसात्मक घटनाहरु बढाएका छन्। खासगरी अफगानिस्तानमा तैनाथ… पुरा पढौ

पाकिस्तानमा आठ महिनायता सबैभन्दा कम संक्रमण

पाकिस्तानमा ८ महिना यताकै सबैभन्दा कम कोभिड–१९ को संक्रमण दर देखिएको छ। सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा देशभर कोभिड–१९ को संक्रमण दर १.७ प्रतिशत रहेको उल्लेख छ। राष्ट्रिय कमान्ड तथा अपरेसन केन्द्र (एनकोक) का अनुसार सोमबार पाकिस्तानमा गरिएको ३९ हजार नमुना परीक्षणबाट ६६३ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो। पाकिस्तानमा कोभिड–१९ को तेस्रो लहर उच्च रहेका बखत संक्रमण दर ११ प्रतिशतभन्दा बढी भएको थियो। तर सरकारले व्यापक खोप अभियान संचालन गर्नुका साथै नियन्त्रणका उपाय अबलम्बन गरेपछि संक्रमण हुने दरमा कमी… पुरा पढौ

कोरोनाबाट अत्यन्त प्रभावित १४ देशका संक्रमित र मृतकको संख्या

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा संक्रमितको संख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना रहेका छन्। कोरोना शुरु भएयता हालसम्म विश्वभर संक्रमणबाट ३८ लाख ७३ हजार २५० जनाको मृत्यु भएको छ। सो विश्वविद्यालयले जुन २१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित देश मध्ये अमेरिका पहिलो स्थानमा रहेको छ। अमेरिकामा कोरोना संक्रमणदर र मृत्युदर उच्च रहेको छ। संक्रमितको संख्या कूल मृत्यु संयुक्त राज्य अमेरिकामा ३ करोड ३५ लाख ५४ हजार ३१९ जनामा कोरोना संक्रमण रहेको छ भने… पुरा पढौ

पहिले अस्ट्राजेनिका खोप लगाएकी जर्मन चान्सलर मर्केलले दोस्रो खोप भने कोभिडजाब लगाइन्

जर्मन चान्सलर एन्जेला मर्केलले मोर्डना कम्पनीले विकास गरेको कोभिडजाब खोप लगाएकी छिन्। यसअघि मर्केलले अस्ट्राजेनिकाको खोप लगाएकी थिइन्। उनले बिहीबार कोभिडविरुद्धको दोस्रो डोज खोप लगाएको उनका प्रवक्ताले जानकारी दिएका छन्। ६६ वर्षीय मर्केलले पहिलो खोप अप्रिल १३ मा लगाएकी थिइन्। जर्मन अधिकारीहरूले २ सातापछि ६० वर्षभन्दा माथि उमेर समूहकाले खोप लगाउन सक्ने जनाएको थिए। कोभिडविरुद्धको पहिलो डोज खोप जुन कम्पनीको लगाएको छ दोस्रो खोप पनि त्यहीँ कम्पनीको लगाउनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। तर, मर्केलले भने पहिलो खोप अष्ट्राजेनिकाको लगाएकी थिइन… पुरा पढौ

अमेरिकामा एकै पटक १८ वटा सवारी दुर्घटनामा १० जनाको मृत्यु

अमेरिकाको आलाबामा राज्यमा एकैपटक १८ वटा सवारी साधन दुर्घटना हुँदा ९ जना बालिकासहित १० जनाको मृत्यु भएको छ। आँधीले प्रभावित भएको आलाबामा राज्यमा भएको सो दुर्घटनामा ठूलो मानवीय क्षति भएको हो। मृत्यु हुनेमा ९ महिनादेखि १७ वर्षसम्मका बालबालिका र एक २९ वर्षीय पुरूष छन्। एउटा कारमा रहेका ९ महिनाकी बालिका र उनका २९ वर्षीय बाबुको मृत्यु भएको छ। पुरा पढौ

अमेरिका–उत्तर कोरिया वार्ता प्रयास, सकारात्मक जवाफ प्राप्त हुने अपेक्षा

उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन्। उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन्। उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ किम यतिबेला सियोलमा रहेका छन्। खासगरी, उत्तर कोरियाली आणविक कार्यक्रम र… पुरा पढौ

जडीबुटी संकलनका लागि गएका ४ जनाको हेलि उद्दार

गोरखा । गोरखामा जडीबुटी संकलनका लागि गएका ४ जनालाई हेलिकोप्टर मार्फत उद्दार गरिएको छ । गत जेठ २६ गतेबाट जडीबुटी संकलनका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ र लमजुङको सिमानामा पर्ने बौद्ध हिमालमा अलपत्र परेका ४ जनाका सोमबार हेलिकोप्टर मार्फत सकुशल उद्दार गरिएको हो । जडीबुटी संकलनकै क्रममा एक जनाको भने मृत्यु भएको प्रहरीले जनाएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासका २४ वर्षिय सुरेन्द्र गुरुङको भने मृत्यु भएको जनाइएको छ । यद्यपी उनको शव हालसम्मपनि फेला नपरेको प्रहरीले जनाएको छ । पुरा पढौ

बेल्जियममा निर्माणाधीन विद्यालय भवन भत्किँदा ५ को मृत्यु

बेल्जियममा आइतबार निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा ५ जनाको मृत्यु भएको छ। आन्ट्वर्प शहरमा निर्माणाधीन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरहरुको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ। दुर्घटनामा परेर घाइते भएका ९ जना मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएर मजदुरको मृत्यु भएको हो। यता प्रशासनले भने घटनाबारे छानविन गरेर घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने जनाएको छ।श्रोतःएजेन्सीहरु पुरा पढौ

इरानी राष्ट्रपतिमा कट्टरपन्थी रईसी निर्वाचित, रुस र हमास विद्रोहीले गरे स्वागत

इरानको नयाँ राष्ट्रपतिमा पश्चिमा मुुलुकप्रति कट्टर आलोचक मानिएका इब्राहिम रईसी निर्वाचित भएका छन्। उनी इरानी धर्मगुरु आयोतल्ला अल खामेनी निकट मानिन्छन्। कट्टर विचारका पक्षपाति मानिने रईसी इरानी पूर्वन्यायाधीश समेत हुन्। उनलाई पश्चिमा मुलुकहरुले थुप्रै मानवअधिकार उल्लंघनका घटनामा जिम्मेवार मानेका छन्। ४८.८ प्रतिशत मत खसेको निर्वाचनमा ६० वर्षिय रईसीले १८ मिलियन मत प्राप्त गरेका थिए। तर, उदार विचारका समर्थक इरानीले चुनावमा भाग लिन अस्वीकार गरेको जनाइएको छ। सन् १९७९ मा गणतन्त्र राज्य स्थापना भएपछि इरानमा खसेको यो अहिलेसम्मकै न्यून मत भएको… पुरा पढौ

उत्तरी अफगानिस्तानको भिडन्तमा ४ जना प्रहरी र ७ जना तालिबान लडाकु मारिए

अफगानिस्तानको उत्तरी तखार प्रान्तमा शनिबार राति भएको भिडन्तमा ४ जना प्रहरी र ७ जना तालिबान लडाकुको ज्यान गएको स्थानीय अधिकारीहरुले बताएका छन्। तखार प्रान्तको नमक अब जिल्लाको ग्रामीण क्षेत्रमा तालिबान समूहका लडाकुहरुले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो। प्रान्तीय सरकारका प्रवक्ता हमिद मुबारेजले जिल्ला प्रहरी प्रमुख र ३ अरु प्रहरीले शहादत प्राप्त गरेको जानकारी दिएका छन्। उनले अरु २ जना प्रहरी र ३ जना लडाकू पनि घाइते भएको बताएका छन्। नमक अब जिल्लालाई तालिबान समूहले नियन्त्रणमा लिएसँगै त्यहाँ रहेका सुरक्षाफौजका… पुरा पढौ