ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। यो आँकडा विश्वकै दोस्रो हो। सुस्त खोप अभियान र जाडो मौसमको सुरुवातसँगै त्यहाँ स्थिति अझै खराब हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्। राष्ट्रपति जार बोल्सोनारोले सामाजिक दुरीजस्ता नियमहरु पालना गराउन चासो नदिँदा संक्रमण तीव्र गतिमा फैलिरहेको छ। फियोक्रुज नामक स्वास्थ्य संस्थाका अनुसार हालसम्म १५ प्रतिशत वयस्कहरुले मात्र पूर्ण मात्रामा खोप लगाएका छन्। कँग्रेसले महामारीलाई नियन्त्रण गर्न सरकारले चालेको कदमबारे अनुसन्धान गरिरहेको छ। संगठितरुपमा राष्ट्रिय अभियान लागू नगरेको, खोपप्रति सन्देह देखाएको, लकडाउन…
पुरा पढौ