प्रवास

साइबेरियामा १२० वर्ष यताकै उच्च गर्मी, शहरमा पानी छर्केर शीतल बनाउँदै

रसियाको साइबेरिया प्रान्तमा जुन महिनामा औसत तापमान माइनस ११ डिग्री हुने गर्छ।तर, यस वर्ष तापक्रमले १२० वर्षको रेकर्ड तोडेको छ। आर्कटिकतर्फ उडिरहेको तातो बतासको कारण तापक्रम ४८ डिग्री पुगेको हो। युरोपियन युनियनको अर्थ अब्जरबेशनका अनुसार साइबेरियाको वरकोजान्स्क शहर बिहीबार सबैभन्दा तातो रहेको थियो। त्यहाँको तापक्रम ४८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। बिहीबार शहर यति तातो थियो कि मानिसहरू बाहिर निस्किन सकिरहेका थिएनन्। गर्मीबाट सुरक्षित हुन शहरमा पानी छर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। साइबेरियामा ३ करोड ९० लाख जनसंख्या रहेको छ।… पुरा पढौ

फ्लोयडलाई ९ मिनेटसम्म घाँटी थिचेर हत्या गर्ने प्रहरी अधिकारीलाई २२ वर्ष जेल सजाय

अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोयडको हत्थामा संलग्न पूर्व–प्रहरी अफिसर डेरेक शाविनलाई अमेरिकाको एक अदालतले २२ वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ। फ्लोयडको गत वर्षको हत्या भएको थियो। आफ्नो निर्णय सुनाउँदै न्यायाधीशले ती पूर्व–प्रहरी अधिकारी शाविनले आफ्नो पदीय अधिकारको दुरुपयोग गरेको र फ्लोयडलाई क्रुर व्यवहार गरेको बताए। ४५ वर्षीय शाविनलाई निहत्था फ्लोयडको ९ मिनेटसम्म घाँटीमा थिचेका थिए। जुन वर्ष गत मेमा मिनियापोलिसमा यो घटना भएको थियो। फ्लोयडको केही मिनेटपछि मृत्यु भएको थियो। यो घटनाको भिडियो सार्वजनिक भएपछि विश्वभर भाइरल भएको… पुरा पढौ

अमेरिकाको फ्लोरिडामा १२ तले भवन भत्किँदा बेपत्ता हुनेको संख्या १५९ पुग्यो

अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा १२ तले भवन भत्किँदा मृत्यु हुनेको संख्या ४ र बेपत्ता हुनेको संख्या १ सय ५९ पुगेको छ। उक्त भवन स्थानीय समयअनुसार बिहीबार मध्य राति साढे १ बजे भवन भत्किएको थियो। उद्धारकर्मीहरुको टोलीले चौबिसै घण्टा काम गरिरहेको अधिकारीहरुले जनाएका छन्। उद्धारका क्रममा जमिनमुनी पुरिएका मानिसहरुको चिच्याहट सुनिएको उनीहरुले बताएका छन्। ४० वर्षअघि निर्माण भएको उक्त भवन कसरी भत्कियो भन्ने स्पष्ट भइसकेको छैन। भवन भत्किँदा कतिजना मानिस त्यहाँ थिए भन्ने पनि खुलेको छैन। राष्ट्रपति जो बाइडेनले फ्लोरिडाका… पुरा पढौ

अफगानिस्तानको कुन्दुजमा सेनाको कारबाहीमा २४ तालिबानको मृत्यु

अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा त्यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान आतंककारी मारिएका छन्। त्यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ती लडाकू मारिएको बताइएको छ। त्यहाँको संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा विशेष कारबाही सुरु गरेको थियो। अफगानिस्तानको दक्षिणी भूभागमा रहेको से दराक नामको प्रान्तमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गरेको कारबाहीमा १६ जना लडाकू मारिएका छन्। ती स्थानमा भएका कारबाहीमा परेर अरु १० जना घाइते पनि भएका बताइएको छ। सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिबान… पुरा पढौ

अफगानिस्तानबाट सेना फिर्ता भए पनि सहयोग जारी राख्ने अमेरिकाको भनाई

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानका शीर्ष नेताहरूसँग दिगो साझेदारी गर्ने प्रतिवद्धता जनाएका छन्। अफगानिस्तानमा सक्रिय तालिबानीको हिंसात्मक कारबाही जारी रहेकै अवस्थामा अमेरिकी र नेटो फौज स्वदेश फर्कन लागेपछि दुई देशका शीर्ष नेताहरूबीच पछिल्लो घटनाक्रमबारे शुक्रबार साँझ समीक्षा गरिएको छ। अफगान राष्ट्रपति अश्रफ घानी र राष्ट्रिय मेलमिलापका लागि उच्च परिषदका अध्यक्ष अब्दुल्ला अब्दुल्लाहले ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँग भेट गर्नुअघि रक्षामन्त्री लोयड अस्टिनसँग पेन्टागनमा अफगान सुरक्षा मामिलाबारे छलफल गरेका थिए। राष्ट्रपति बाइडेनले अफगानिस्तानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपनि अमेरिकी सेना स्वदेश फर्कने… पुरा पढौ

आप्रवासीबारे समान धारणा बनाउन राष्ट्रसंघका महासचिव गुटर्रेसको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आप्रवासीबारे समान धारणा निर्माण गरेर अघि बढ्न युरोपेली युनियनका सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्। राष्ट्रसंघका महासचिव गुटर्रेसले युरोपेली संसद्को एक अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। उनले आप्रवासीका समस्याहरूका बारेमा पनि युरोपेली देशका प्राय सबै सदस्य राष्ट्रहरूले समाधान धारणा बनाउन र ती समस्याको समाधानका लागि संयुक्त रुपमा लाग्न सो आग्रह गरेका थिए। उनको सो सम्बोधनका क्रममा भनेका थिए, ‘मलाई लाग्दछ कि आगामी दिनमा युरोपका राष्ट्रहरूले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र यहाँका… पुरा पढौ

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने स्वास्थ्य मन्त्रीको चेतावनी

जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने सम्भावना रहेको दावी गरिएको छ। जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक संकटकाल घोषणा गर्न सक्ने बताएका छन्। उनले कोरोना भाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि संकटकाल लगाउन सक्ने शुक्रबार बताएका छन्। जापानको राजधानी समेत पर्ने टोकियो महानगरपालिकाभित्र मात्रै बिहीबार एक दिनमा ५ सय ७० जना नयाँ संक्रमित भेटिएका छन्। टोकियोमा दैनिक संक्रमितको संख्या फेरि बढ्दै गएकाले फेरि संकटकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए।… पुरा पढौ

चीनमा राजनीतिक प्रणालीमा सुधार ल्याउन श्वेतपत्र जारी

चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिष्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ। चीनको राज्य परिषदले शुक्रबार ‘चीनको राजनीतिक दलसम्बन्धी प्रणाली सहयोग र परामर्श’ नामको श्वेतपत्र सार्वजनिक गरेको हो। श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुदलीय सहयोग र राजनीतिक परामर्श प्रणालीलाई थप मजबूत बनाइने तथा यसलाई चीनको राजनीतिक संरचनाको आधारभूत तथ्यका रुपमा अंगिकार गरिने उल्लेख छ। यस प्रणालीमा चिनियाँ कम्युनिष्ट पार्टीका अलावा देशमा अरु ८ वटा राजनीतिक दल रहने छन् जसमा रिभोल्युसनरी कमिटी अफ चिनियाँ कुमिनताङ, चाइना डेमोक्रेटिक लिग,… पुरा पढौ

तिब्बतमा ल्हासा–निङ्ची रेल्वे सेवा सुरु

चीनको तिब्बतको राजधानी ल्हासा र तिब्बतकै पूर्वी शहर निङ्ची जोड्ने रेल्वेसेवा शुक्रबार सुरु भएको छ। चिनियाँ स्टेट रेल्वे ग्रुपका अनुसार ल्हासादेखि निङ्ची जोड्ने यो रेलसेवा ४३५ किलोमिटर लामो छ। तिब्बती पठारमा निर्माण भएको यस पहिलो विद्युतीय रेल १६० प्रति किलोमिटर गतिमा गुड्न सक्ने व्यवस्था मिलाइएको छ। चिनियाँ मुख्य भूभागमा तिब्र गतिका बुलेट ट्रेन चलिरहेको फुक्सिङ कम्पनीले नै पछिल्लो रेल सेवा सुरु गरेको छ। अब चीनका सबैजसो क्षेत्रमा फुक्सिङको सेवा विस्तार भएको छ। दक्षिणपूर्वी तिब्बतलाई जोड्ने यो ऐतिहासिक क्षण भएको चिनियाँ… पुरा पढौ

चिनियाँ र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुँदै

रुसका राष्ट्रपति र भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङले भिडियो लिंकमार्फत् वार्ता हुने भएका छन्। चीनको विदेश मन्त्रालयले शुक्रबार यस विषयमा जानकारी दिएको हो। प्राप्त समाचारअनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेइजिङमा शुक्रबार सो कुरा बताएका हुन्। बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही जुन २८ मा वार्ता हुने भएको जानकारी दिए। उनीहरु बीचमा गत महिनामात्र पनि फोनमा वार्ता भएको थियो। सिन्ह्वा पुरा पढौ