चीनले नयाँ अन्तरिक्ष स्टेसनको भिडियो फुटेज सार्वजनिक गरेको छ। चीनको नयाँ अन्तरिक्ष स्टेशनमा उत्रिएका ३ यात्री निए हुइशेंग, लिउ बोमिङ र ताङ होंगबोलसहितको भिडियो फुटेज सार्वजनिक गरिएको हो। अन्तरिक्ष यात्रीहरूले चिनियाँ राष्ट्रपति सी जीनपिङसँग कुराकानी समेत गरेका छन्। ५ मिनेटको कुराकानीमा राष्ट्रपति सीले अन्तरिक्ष यात्रीहरूलाई हौसला दिँदै धन्यवाद व्यक्त गरेका छन्। सीले अन्तरिक्ष यात्रीहरूलाई भनेका छन्, ‘तपाईंहरुले ३ महिना अन्तरिक्षमा बिताउनुहुनेछ र तपाईहरुले त्यहाँ गरिरहनुभएको काम र तपाईंहरुको जीवन चिनियाँहरूको हृदयमा हुनेछ।’ उनले थपेका छन्, ‘तपाईंले ती मानिसहरुको प्रतिनिधित्व गर्नुहुन्छ,…
पुरा पढौ