अमेरिकामा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ६ लाख १२ पुगेको छ। विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन्। त्यहाँ झन्डै ३ करोड ३५ लाखलाई संक्रमण भइसकेको छ। त्यस्तै, मृतक संख्यामा पनि अमेरिका विश्वको पहिलो स्थानमा छ। यद्यपी, पछिल्लो समय राष्ट्रपति जो बाइडेनले महामारीलाई केही हदसम्म नियन्त्रणमा राख्न सफल भएका छन्। तर, ४ जुलाईसम्म उमेर पुगेका ७० प्रतिशतलाई खोप लगाउने उनको योजना सफल होलाजस्तो देखिएको छैन।…
पुरा पढौ