प्रवास

सन् २०२० मा भन्दा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु

सन् २०२० को अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ। सन् २०१९ को अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान शहरबाट कोभिड १९ को भाइरस देखा परेको थियो। त्यसपछि सन् २०२० मा यो भाइरस विश्वभर पुगेको थियो। तर, गत वर्षको भन्दा पनि यस वर्ष यो भाइरसबाट विश्वमा धेरै नागरिकको ज्यान गएको पाइएको एक समाचारमा जनाइएको छ। अमेरिकाको वाल स्ट्रिट जर्नलले यो समाचार दिएको हो। अघिल्लो वर्षको भन्दा यस वर्षको छ महिनायता नै विश्वमा कोभिडबाट धेरै मानिसको ज्यान… पुरा पढौ

पाकिस्तानमा दुर्घटनामा परी १८ को मृत्यु, ३० घाइते

पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ। घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ। सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दारतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको पनि स्थानीय प्रहरीले जनाएको छ। यसै साताको सुरुमा पाकिस्तानको… पुरा पढौ

म्यान्मारमा थप ६३८ जना गिरफ्तार

जेठ २८ याङ्गुन । म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्या सम्बन्धी अभियोग लगाइएको छ भने २५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र २७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ । सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु… पुरा पढौ

राष्ट्रसंघीय महासचिव गुटरेसद्वारा अफगानिस्तानमा भएको हत्याको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानमा गैरसरकारी संस्थामाथि भएको हमलाको निन्दा गरेका छन्। बुधबार उनले अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको सो हमलाको निन्दा गरेको बताइएको छ। उत्तरी अफगानिस्तानमा शान्ति कायम गर्ने क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था एचएएलओका कर्मचारीमाथि सो हमला भएको थियो। उक्त हमलामा परी सो संस्थाका कम्तीमा पनि १० जना कर्मचारीको ज्यान गएको थियो। साथै सो हिंसात्मक हमलामा परेर अरु १६ जना कर्मचारी घाइते पनि भएका छन्। उक्त संस्थाले उत्तरी अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय कार्यक्रमको संयोजकका रुपमा काम गरिरहेको छ। त्यहाँ… पुरा पढौ

सूकीविरुद्ध हालसम्मकै थप कडा र गम्भीर मुद्दा दर्ता गर्दै म्यानमारको सैन्य सरकार

म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेता आङ सान सूकीविरुद्ध हालसम्मको सबैभन्दा गंभीर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। सूकीमाथि घुसबापत् नगद र सुन दिएको आरोप लगाइएको छ। उनीमाथि लागेको यो आरोप पुष्टि भए उनलाई १५ वर्षको जेल सजाय हुनसक्छ। यसबाहेक उनीमाथि अन्य ५ मामिला पनि दर्ता गरिएको छ जसमा अवैध रुपमा वाकीटकी आयात गरेको र सार्वजनिक अशान्ति फैलाएको आरोप छ। १ फेब्रुअरीमा सैन्य कूपछि पूर्व स्टेट काउन्सलर सूकीलाई पक्राउ गरिएको थियो। त्यति बेलादेखि नै उनी आफ्नै घरमा नजरबन्दमा छिन्। उनी कहिलेकाँही अदालतमा… पुरा पढौ

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान

चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरू पठाउन रकेट तयार भएको जनाएको छ। यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी गरेको चीनले बताएको छ।  चीनले पहिलो पटक ३ जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ। उनीहरु ३ महिना अन्तरिक्षमा रहने छन्। उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने (स्पेस वाक), निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन्। तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका… पुरा पढौ

भारतमा बुधबार पनि एक लाख भन्दा कम कोरोना सङ्क्रमित

नयाँ दिल्ली। भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन् । एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो । गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात संसारभरमा नै कोरोना शुरु भएयताको यो… पुरा पढौ

१० बच्चालाई एकै पटक जन्म दिएर अफ्रिकी महिलाले राखिन् विश्व रेकर्ड

दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० वटा बच्चालाई जन्म दिएर विश्व कीर्तिमान राखेकी छिन्। समाचार एजेन्सीका अनुसार गोसियामी थामराले ७ छोरा र ३ छोरीलाई एकै पटक जन्म दिएकी हुन्। योसँगै एकैपटक ८ बच्चा जन्माएकी मोरक्कोकी महिलाको विश्व कीर्तिमानलाई समेत गोसियामीले भंग गरेकी छिन्। ‘म धेरै खुशि छु, भावुक पनि। म धेरै कुरा गर्न सक्दिन’ ती महिलाका पति तेबेहो सोतेत्सीले पत्नीले बच्चा जन्माएपछि सोमबार राती प्रिटोरिया समाचार एन्जेसीसँग भनेका छन् । ३७ वर्षकी ती महिलाले यसअघि जुम्ल्यहा बच्चा जन्माएकी थिइन् र… पुरा पढौ

भारतमा २८ हात्तीको कोरोना परीक्षण

भारतमा २८ वटा हात्तीहरुमा कोरोना भाइरसको परीक्षण गरिएको छ। जनावरहरूलाई पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा उनीहरुको कोरोना परीक्षण गरिएको हो। दक्षिण भारतको तमिलनाडू प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन्। परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ। परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। यसअघि, सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही… पुरा पढौ

बेलायतमा कोभिडको तेस्रो लहर आउनसक्ने विज्ञको चेतावनी

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने संभावना बढदै गएको बताइएको छ। जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा संक्रमण दर बढेको देखिएको छ। हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना संक्रमण देखिन थालेको छ। सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकका अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्। ब्रिटिस प्रजातिका नयाँ संक्रमितहरू थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज… पुरा पढौ