प्रवास

चीनमा ग्यास विस्फोटनबाट १२ जनाको मृत्यु

चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास विस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ। खोज तथा उद्वार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा विस्फोट स्थलमा भेटिएका १ सय ५० जनाको उद्वार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन्। शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ः३० बजे उक्त विस्फोट भएको थियो। विस्फोट हुँदा स्थानीयवासीबीच भागदौड मच्चिएको थियो। खोज तथा उद्वार कार्य जारी रहेकाले उक्त घटनामा… पुरा पढौ

म्यानमारमा लोकतन्त्र जोगाउन माग गर्दै जी ७ को सम्मेलन स्थलमा प्रदर्शन

विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको ‘सम्पन्न सात’ (जी–७) को सम्मेलन स्थल नजिक म्यानमारका आप्रवासीहरुले प्रदर्शन गरेका छन्। बेलायतमा बसोबास गर्दै आएका म्यानमारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउनमा माग गर्दै सम्मेलनस्थल नजिक प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सयौँ बर्मेलीहरु सहभागी भएको समाचारहरुमा जनाइएको छ । बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरूले म्यानमारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दवाव दिन पनि जी–७ का नेताहरुलाई आग्रह गरेका थिए। प्लेकार्ड सहित उपस्थित भएका उनीहरुले म्यानमारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए। प्रदर्शनमा… पुरा पढौ

मेघालाई पुलित्जर पुरस्कार, चीनबारे लेखेकी थिइन् समाचार

विश्वकै प्रतिष्ठित मानिने यस वर्षको पुलित्जर पुरस्कार भारतीय मूलकी अमेरिकी पत्रकार मेघा राजगोपालनले हात पारेकी छन्। हिरासत शिविरमा रहेका चिनियाँ मुस्लिम उइघुर र अन्य अल्पसंख्यक जातिहरुबारे ‘बजफीड न्यूज’मा प्रकाशन गरेको खोजीमूलक समाचारका लागि उनले पुलित्जर अवार्ड जितेकी हुन् । पत्रकारिता क्षेत्रमा उत्कृष्ट कामका लागि अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया यूनिभर्सिटीबाट दिइने यस पुरस्कार मेघाले १०५ औँ संस्करणको अवार्ड जितेकी हुन्। गत वर्ष अफ्रिकन अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्यामाथि गैर पत्रकार किशोरी डर्नेल्ला फ्राजीरले तयार पारेको डकुमेन्ट्रीका लागि पुलित्जर अवार्ड प्रदान गरिएको थियो।… पुरा पढौ

रुसमा कोरोना भाइरसका संक्रमित बढ्न थाल्यो

रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेका बताइएको छ। रुसमा शनिबार मात्रै १३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। रुसमा गएको २४ घण्टामा यति धेरै संक्रमित भेटिएका हुन्। यससँगै रुसमा संक्रमितको संख्या करिब ५२ लाख पुगेको बताइएको छ। रुसका अधिकारीहरुले ४ महिनापछि यति धेरै संक्रमित एकैदिन भेटिएका जनाएका छन्। रुसका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले यही जुन २ तारिखदेखि रुसमा कोरोना भाइरसका संक्रमितहरु थपिँदै गएको बताएका छन्। ती अधिकारीहरुले शनिबार मात्र यहाँ १३ हजार ५१० जना संक्रमित थपिएका र ती… पुरा पढौ

काबुलमा विस्फोट हुँदा ५ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलको २ फरक क्षेत्रमा शनिबार अपरान्ह्मा भएको विस्फोटमा परी ५ व्यक्तिको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ। काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो। यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालको नजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ। यस घटनामा परी अन्य केही व्यक्ति गंभीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ। यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै २ वटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको… पुरा पढौ

म्यान्मारमा थप ६३८ जना गिरफ्तार

म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६ सय ३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्। आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्यासम्बन्धी अभियोग लगाइएको छ भने २ सय ५६ जनालाई सुरक्षा व्यवस्थासम्बन्धी तथा विस्फोटन गराएको र २ सय ७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ। सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु पनि बरामद गरेको… पुरा पढौ

सोमालियामा अल सेबाबका १७ विद्रोही मारिए

सेनाले गरेको कहारबाहीमा परेर सोमालियामा १७ सशस्त्र लडाकूहरुको ज्यान गएको छ। त्यहाँका सैन्य अधिकारीहरूले दिएको जानकारीअनुसार सोमालियाका विभिन्न २ प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका १७ जना लडाकू मारिएका हुन्। त्यहाँको हिरान भन्ने स्थानमा सोमालियाको राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो। सो कारबाहीमा र सो क्षेत्रको केही पर रहेको नमाम भन्ने नगरमा भएको अर्को एक कारबाहीमा परेर १७ जना विद्रोही मारिएका हुन्। ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरूले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने… पुरा पढौ

अमेरिकामा गोलाबारी: एक वर्षीय बालकसहित दुई जनाको मृत्यु, आक्रमणकारीद्वारा आत्महत्या

अमेरिकामा एक व्यक्तिले ग्रोसरी स्टारमा गोलाबारी गर्दै एक वर्षका बालक र उनकी ६९ वर्षीय हजुरआमाको हत्या गरेका छन्। त्यसलगत्तै आत्महत्या रोज्ने क्रममा उनले आफैंमाथि पनि गोली हाने। घटना अमेरिकाको फ्लोरिडा राज्यको हो। ५५ वर्षका टिमोथी जे वालले यसरी गोली चलाएका हुन्। तर, उनले गोली चलाउनुको कारण भने अझै खुलेको छैन। स्थानीय अधिकारीहरुका अनुसार बन्दुकधारी र बच्चाको परिवारबीच कुनै सम्बन्ध रहेको पनि देखिएको छैन। यद्यपि, केही समयअघि सामाजिक सञ्जालमार्फत वालले बच्चा र मानिसहरु मार्ने ईच्छा व्यक्त गरेको स्थानीय अधिकारीहरुले जनाएका छन्।… पुरा पढौ

‘तमु धिं यूकेद्वारा पश्चिमान्चल क्षे.अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि १० लाख सहयोग हस्तान्तरण’

पोखरा । तमु धिं यूकेले बतास फाउन्डेशनको नेतृत्व तथा एभरेस्ट एफ.एम.को संचार सहकार्यको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना अर्थ संकलन महाअभियानमा १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । तमु धिं यूकेका नेपाल संयोजक मे.लक्ष्मिप्रसाद गुरुड.ले अक्सिजन प्लान्ट निर्माण समितिका कोषाध्यक्ष नारायण पौडेललाई चेक हस्तान्तरण गरेका थिए ।पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा शनिबार तमु धिं यूकेको आयोजना र बतास फाउन्डेशनको समन्वयमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेश सरकारलाई २५ वटा अक्सिजन कन्सन्ट्रेटर पनि हस्तान्तरण गरिएको… पुरा पढौ

‘तमु धिं यूकेद्वारा गण्डकी प्रदेश सरकारलाई २५ थान अक्सिजन कन्सन्ट्रेटर र प्लान्ट निर्माणकालागि १० लाख सहयोग हस्तान्तरण’

पोखरा । तमु धिं यूकेले गण्डकी प्रदेश सरकारलाई शनिबार २५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा शनिबार तमु धिं यूकेको आयोजना र बतास फाउन्डेशनको समन्वयमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । कोरोना महामारीको बेला तमु धिं यूकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर प्रदेश भरिका अस्पतालमा आवश्यकता अनुसार पठाउन मुख्यमन्त्री गुरुङले सोहि कार्यक्रम मार्फत सम्तबन्धित निकायलाई निर्देशन दिए ।मुख्यमन्त्री गुरुङले तमु धिं यूके नेपाली र गण्डकी सरकारको सच्चा मित्र भएको उल्लेख गर्दै… पुरा पढौ