प्रवास

म्यानमारमा सैनिक कूविरूद्ध आज आमहड्ताल

कूमार्फत् सत्ता हत्याएको सेनाविरूद्ध प्रदर्शन गरिरहेका म्यानमारका प्रदर्शनकारीहरूले आज (सोमबार) देशव्यापी आमहड्ताल आह्वान गरेका छन्। शनिबारको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले आन्दोलनलाई कडा बनाउन आमहड्तालको घोषणा गरेका हुन्। सडकभरि सुरक्षाकर्मी परिचालन गरेर एक वर्षभित्र नयाँ चुनाव गराउँछु भने पनि जुन्ता सरकारले नागरिकलाई आश्वस्त पार्न सकेको छैन। म्यानमारमा दुई हप्तादेखि लगातार प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनका क्रममा अहिलेसम्म ३ जना प्रदर्शनकारीको ज्यान गइसकेको छ भने १ जना प्रहरीको पनि मृत्यु भएको सेनाले जनाएको छ। आजको आमहड्तालका क्रममा… पुरा पढौ

चीन सरकारद्धारा चीनमा बनेका १६ कोभिड १९ खोपलाई परीक्षणको अनुमति

बेइजिङ। चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ । चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । शनिबार सो निकायले दिएको जानकारी अनुसार चीन सरकारले यहाँका १६ ओटा कम्पनीका खोपहरुलाई परीक्षणको अनुमति दिएको छ भने ती मध्येका छ ओटाको त परीक्षणको तीन चरण नै भइसकेको जनाइएको छ । यी मध्येका दुई ओटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेशनल बायोटेक… पुरा पढौ

बेलायतका राजकुमार ह्यारीको राजकीय मान पदविमुक्त

बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन्। शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भए को घोषणा गरेको समाचारमाध्यमहरुमा जनाइएको छ। केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाई सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ। महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख… पुरा पढौ

भारतमा कोभिड–१९ विरुद्धको खोप एक करोड भन्दा बढीले लगाए

नयाँदिल्ली। भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड ९ लाख ६३ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार १९३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९ लाख ६३ हजार ३९४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण… पुरा पढौ

अफगानिस्तानमा सेनाको कारबाहीमा सात लडाकू मारिए

काबुल।अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्ती ७ जना तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बिहीबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकू भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ । कारबाहीमा अरु तीन तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाइ छ । मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीन वटा मोटरसाइकलसहित हातहतियार बरामद भएको… पुरा पढौ

भारतमा कोभिड–१९ विरुद्धको खोप ९४ लाखभन्दा बढीले लगाए

नयाँदिल्ली। भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात ९ लाख ५० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ८८१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९ लाख ५० हजार २०१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण… पुरा पढौ

जापानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु

टोकियो, जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ । बुधबार बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान शुरु भएको हो । टोकियो मेडिकल सेन्टरका निर्देशक काजुहिरो आराकीले जापानमा खोप लगाउने पहिलो व्यक्ति हुनु भएको छ । खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै निर्देशक काजुहिरोले कोरोनाभाइरस नियन्त्रणमा ल्याउने सबैभन्दा प्रभावकारी विधि खोप हो भन्ने ठानेर आफूले खोप लिएको… पुरा पढौ

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ४० हजार पुग्यो

ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार मंगलबारमात्र ब्राजिलका २ लाख ४० हजार भन्दा बढीको यो संंक्रमणका कारण मृत्यु भएको पाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ४० हजार १५९ जनाको मृत्यु भएको छ । ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक… पुरा पढौ

अमेरिकामा हिमआँधी आयो, अहिलेसम्म २० जनाको मृत्यु

अमेरिकामा शक्तिशाली हिमआँधी आउँदा अहिलेसम्म २० जनाको ज्यान गएको छ। टेक्सास, केन्टुकी, नर्थ क्यारोलिना र मिजौरीलगायत राज्यहरूमा आँधीले निकै असर गरेको छ। विद्युत प्रवाह, फोन नेटवर्क र यातायात सेवा ठप्पप्रायः भएको छ। स्थानीय मिडियाहरूले गरेको अपडेटअनुसार हिमआँधीमा परी अहिलेसम्म २० जनाको मृत्यु भएको छ। लाखौं मानिसहरू सञ्चार सम्पर्कविहीन भएकाले उनीहरूको अवस्था थाहा लाग्न सकेको छैन। अत्यधिक चिसो बढेको, तर हिमआँधीका कारण विद्युत कटौती हुँदा निकै सकस परेको बताइएको छ। सडकदेखि घरसम्म जताततै आँधीमा आएको हिउँ थुप्रिएको छ। एजेन्सी पुरा पढौ

कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, ३ सय जनाको जिवितै उद्दार

कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। कंगोको मानवीय सहायता कार्यमन्त्री स्टीव एमबिकायरले डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पुष्टि गरेका हुन् । माइ नोम्बे प्रान्तको लङगोला नजिकै ७ सय जना सवार डुंगा दुर्घटना भएको हो। उद्दारकर्ताहरुले ३ सय भन्दा बढीलाई जिवितै उद्दार गरेको बताइएको छ। रातको समयमा भएको दुर्घटनाका कारण मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन्। अत्याधिक भार… पुरा पढौ