प्रवास

दश दिनदेखि सुरुङमा फसेका भारतीय कामदार क्यामेरामा देखिए

दश दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ भारतीय कामदारलाई मङ्गलबार पहिलोपटक क्यामेरामा जीवित देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् । प्रस्तावित मार्गमध्ये एउटा करिब आधा किलोमिटर लामो छ । थकित र चिन्तित देखिएका तथा बाक्लो दाह्री भएका पुरुषहरूलाई उद्धारकर्मीहरूले अक्सिजन, खाना र पानी पठाइने पातलो पाइपबाट तल पठाइएको इन्डोस्कोपिक क्यामेरामा हेरिरहेको देख्न सकिन्छ । सरकाले जारी गरेको भिडियोमा देखाइएको छ, “हामी तपाईंहरूलाई सुरक्षितरूपमा बाहिर ल्याउने छौ, चिन्ता नगर्नुहोस्”, उद्धारकर्मीहरूले क्यामेरा नजिक एकत्रित… पुरा पढौ

नौ दिनदेखि फसेका ४१ पुरुषका लागि भारतीय उद्धारकर्मीले नयाँ सुरुङ खन्ने

भारतीय उद्धारकर्मीहरूले नौ दिनदेखि सुरुङमा फसेका ४१ मानिसलाई निकाल्नका लागि सङ्घर्ष गरिरहेका छन् । पछिल्लो प्रयास असफल भएपछि उनीहरूले नयाँ सुरुङ खन्ने प्रयास गरिरहेका छन् । सुरुङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ । इन्जिनियहरूले भग्नावशेषबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ… पुरा पढौ

पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इन्डोनेसिया पुगे– राष्ट्रसङ्घ

पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीले भरिएको तीन वटा डुङ्गा आइतबार इन्डोनेसियाको सबैभन्दा पश्चिम प्रान्तमा आइपुगेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनएचसिआर) ले बताएको छ । सन् २०१७ मा म्यान्माद्वारा अल्पसङ्ख्यक रोहिङ्ग्या समूहमाथि सैन्य कारबाही सुरु गरेपछिको यो सबैभन्दा ठूलो आगमनमध्येको एक हो । अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मामा व्यापक उत्पीडनको सामना गर्नुपरेको छ र उनीहरू प्रत्येक वर्ष आफ्नो ज्यानलाई जोखिममा राखेर प्राय कमजोर डुङ्गामा मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा लामो र महङ्गो समुद्री यात्रा गर्छन् । राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी संरक्षण सहयोगी फैसल रहमानले… पुरा पढौ

सुरुङमा फसेका कामदार मुक्त गर्न नयाँ सुरुङ बनाउने विचारमा भारत

भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ । एक्सक्याभेटरहरूले गत आइतबारदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ । अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द… पुरा पढौ

शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ पत्ता लाग्यो– इजराइली सेना

इजराइली प्रतिरक्षा फौज (आइडिएफ) ले गाजास्थित शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ पत्ता लागेको बताएको छ । आइडिएफका अनुसार उसले रान्तिसी अस्पतालमा अर्को आतङ्कवादी सुरुङ फेला पारेको छ । त्यस्तै अल–कुद्स अस्पतालमा ठूलो परिमाणमा हतियार र गोलाबारुद्ध फेला परेको पनि उसले जनाएको छ । सामाजिक सञ्जाल एक्समा साझा गरिएको पोस्टमा आइडिएफले भनेको छ, “गाजाको तीन सबैभन्दा ठूला अस्पतालमा हमासको शोषणको अर्को तहको पर्दाफास भएको छ, शिफा अस्पताल परिसरभित्र एउटा हमास आतङ्वादी सुरुङ भेटियो ।” अर्को पोस्टमा उसले भनेको छ, “रान्तिसी… पुरा पढौ

पश्चिम डार्फरमा सशस्त्र समूहद्वारा आठ सयभन्दा धेरै सुडानी मारिए– युएनएचसिआर

सुडानको पश्चिमी डार्फरको आर्दमतामा सशस्त्र विद्रोहमा पछिल्लो छ महिनामा आठ सयभन्दा बढी मानिस मारिएको र ४८ लाखभन्दा धेरै विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले जनाएको छ । सुडानको डार्फर क्षेत्रमा बढ्दो हिंसाले दुई दशकअघि गरिएको अत्याचार दोहोरिनसक्ने आशङ्का गरिएको राष्ट्रसङ्घको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । आर्दमतामा आन्तरिकरूपमा विस्थापित मानिसहरूका लागि एउटा शिविर पनि थियो । विज्ञप्तिमा करिब एक सय आश्रयस्थललाई नष्ट गरिएको र युएनएचसिआरको राहत सामग्रीसहित व्यापक लुटपाट भएको पनि उल्लेख छ । दुई दशकअघि डार्फरमा हजारौँ… पुरा पढौ

लागु पदार्थ तस्करी अभियोगमा १८ जनालाई मृत्युदण्डको सजाय

भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको फैसला सजाय दिइएको सरकारी मिडियाले बताएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानूनहरू छन् र यसको यसको कार्यान्वयन अत्यन्त गोप्य तरिकाले हुन्छ । सरकारी मिडियाअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ सियोन–होकलाई चार दिनसम्मको सुनुवाइपछि मृत्युदण्डको फैसला सुनाइएको हो । अन्ठाउन्न वर्षीय चिनियाँ नागरिक ली तियान र कथित भियतनामी नेता ३६ वर्षीय ले हो वुलाई पनि मृत्युदण्डको सजाय… पुरा पढौ

उत्तरी म्यान्माको लडाइँबाट ५० हजार नागरिक विस्थापित– संयुक्त राष्ट्रसङ्घ

दुई साताअघि जातीय सशस्त्र समूहहरूको गठबन्धनले सेनाविरुद्ध गरेको आक्रामक हमलापछि उत्तरी म्यान्माको लडाइँबाट करिब ५० हजार सर्वसाधारण विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । चीनको सीमा नजिकै शान राज्यमा करिब दुई सातादेखि द्वन्द्व सुरु भएको छ । विश्लेषकहरूका अनुसार सन् २०२१ मा सत्ता कब्जा गरेयता जुन्ताका लागि यो द्वन्द्व सबैभन्दा ठूलो सैन्य चुनौती हो । ता’आङ नेसनल लिबरेसन आर्मी ९टिएनएलए०, आराकान आर्मी (एए) र म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी ९एमएनडिए० ले आफूहरूले म्यान्माको ठूलो व्यापारिक साझेदार चीनसँग जोड्ने सैन्य चौकीहरू… पुरा पढौ

भारतको बिहारमा डुङ्गा पल्टिँदा दुईको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु हुनुका साथै सात जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् । बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी क्षेत्रमा रहेको सरयु नदीमा बुधबार साँझ डुङ्गा पल्टिएको थियो । अधिकारीहरूका अनुसार १० जना पौडी खेलेर बाहिर आएका थिए । “बिहीबार साँझ सरयु नदीमा १९ जना सवार डुङ्गा पल्टियो, दुई जनाको शव निकालेका छौँ र हराइरहेका सात जनाको खोजी भइरहेको छ”, सारणका जिल्ला अधिकारी अमन समिरले भने, “पौडी… पुरा पढौ

तालिबानद्वारा अफगानीलाई पाकिस्तान छोड्ने समय बढाउन माग

निर्वासनको डरले भागिरहेका हजारौँ मानिसको सङ्ख्याका कारण सीमा चौकीहरूमा दबाब बढेको भन्दै अफगानिस्तानको तालिबान सरकारले बुधबार कागजातविहीन अफगानीहरूलाई पाकिस्तानबाट निकाल्न पाकिस्तानसँग थप समय दिन आग्रह गरेको छ । पाकिस्तान सरकारले आफ्नो मुलुकमा अवैधरूपमा बसेका १७ लाख अफगानीहरूलाई नोभेम्बर १ सम्ममा स्वेच्छाले मुलुक छोड्न वा जबरजस्ती हटाउने समय दिएको थियो । तोर्खाम र चमन सहरका सीमा अधिकारीरूका अनुसार अक्टोबरको सुरुमा आदेश दिइएपछि एक लाख ३० हजारभन्दा बढी अफगानीले पाकिस्तान छोडेका छन् । जसबाट सीमाको दुवैतिर अवरोध सिर्जना भएको छ । दशकौँको… पुरा पढौ