प्रवास

सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु

निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिए । मृत्यु हुनेमा धेरै बालबालिका रहेको उहाँले स्थानीय टेलिभिजन च्यानल ४ लाई बताए। करिब ७० जना यात्रु बोकेको बस राँचो ग्रान्डे नगरपालिकास्थित मानसेरा नदीको पुलको बारमा ठोक्किएर दुर्घटना भएको हो । मातागाल्पाका प्रशासक पेड्रो हसलामले भने, “मातागाल्पा शहरमा भएको यस दुःखद् घटनाबाट हामी निराश भएका छौं ।” माटागाल्पा सरकारका अधिकारीहरू, स्वास्थ्यकर्मी, राष्ट्रिय प्रहरी र अग्नि… पुरा पढौ

चीनको गान्सु भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्योः उद्धार तीव्र पार्न राष्ट्रपतिको आग्रह

चीनको गान्सु छिङआइ प्रान्तमा गएको ६.२ म्यागनेच्युडको शक्तीशाली भूकम्पमा परी कम्तीमा १११ जनाको ज्यान गएको सरकारी सञ्चार माध्यामहरूले जनाएका छन् । उनीहरूका अनुसार सोमबार राति गान्सु प्रान्तको जातीय काउन्टीमा ६.२ म्याग्नेच्युडको भुकम्प गएको थियो । भूकम्पमा परि करिब दुई सय जना घाइते भएको न्युयोर्क टाइम्सले चिनियाँ राज्य मिडियालाई उद्धृत गर्दै उल्लेख गरेको छ । राष्ट्रपति सी चिनफिङले वेपत्ताको खोज तथा पीडितहरूको उद्धार गरी प्रभावित जनताको जीउ धनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित पक्षलाई विशेष निर्देशन दिनु भएको ग्लोबल टाइमम्सले उल्लेख गरेको… पुरा पढौ

टर्कीमा १२ सय भन्दा बढी अवैध आप्रवासी पक्राउ

टर्कीको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टिआरटिले सोमबार उल्लेख गरेको छ । पक्राउ परेका आप्रवासीहरूलाई आप्रवासन कार्यलयमा पठाइएको छ । प्रान्तीय कमाण्ड टोलीले अवैध आप्रवासनलाई रोक्न एडिर्नको शहरको केन्द्र तथा वरपरका जिल्लामा निरीक्षण कडा बनाएको छ । एडिर्ने ग्रीस र बुल्गेरियाको सिमाना नजिक रहेको क्षेत्र हो । टर्कीका आन्तरिक मन्त्री अली उर्लिकायाले देशको सबै भन्दाठूलो शहर इस्तानबु्लमा मात्र नभई सबै प्रान्तका अवैध आप्रवासीहरुलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त… पुरा पढौ

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमणस् २३ जनाको मृत्यु

पाकिस्तानी सेनाको आधार शिविरमा मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ । परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दे बिहानको समयमा आक्रमण भएको बताएका छन् । उनका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरु सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भए तापनि, मृतृककहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ । विस्फोटक… पुरा पढौ

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित

आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ । आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिमबर्षा भएको छ । बेइजिङ मौसम विज्ञान सेवाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी हिमबर्षा भएको फाङशान जिल्लामा १०.२ मिलिमिटरसम्म हिउ जमेकोे छ । शहरको मौसम केन्द्रले सोमबार पनि हल्का हिमपात जारी रहन र अपराह्न ४ः५० बजेपछि हिउबर्षा कम हुने जानकारी गराएको छ । चीनमा चार तहको मौसम चेतावनी प्रणाली छ, जसमा रातो… पुरा पढौ

इरानद्वारा १३ हजार अवैध अफगान आप्रवासी निष्कासित

इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ । खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ अवैध अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताउनु भएको छ । खामा प्रेसले उल्लेख गरे अनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले अवैध आप्रवासीहरूलाई निष्कासन गरिनु पर्नेमा जोड दिएका छन् । उनले गैरकानूनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानूनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिने बताए । पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले… पुरा पढौ

गाजा युद्धमा अमेरिकाको भिटोपछि इरानले दियो ‘विस्फोट’ को चेतावनी

अमेरिकाले गाजा युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ । इस्लामिक गणतन्त्र इरानका शीर्ष कूटनीतिज्ञ (विदेशमन्त्री) होसेन अमिर–अब्दुल्लाहियानले गाजापट्टीमा मानवीय सहायता पठाउन सक्षम बनाउन इजिप्टसँगको राफा सीमालाई तत्काल खोल्न अपिल गरे । इजराइली अधिकारीहरूका अनुसार इरान समर्थित इस्लामिक लडाकू समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आश्चर्यजनक हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय मानिसको मृत्यु भएको छ भने हमासले करिब… पुरा पढौ

बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि

अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी) ले बुधबार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको खुलासा गरेको छ। अत्यधिक प्रकोप-प्रवण र जलवायु-संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको तथ्याङ्क देखिएको छ । बङ्गलादेशका थुप्रै तटीय समुदायहरूमा जलवायु परिवर्तनको प्रभावमा जबरजस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैङ्गिक हिंसा, शिक्षामा सीमित पहुँच र खाद्य सुरक्षा चुनौतीहरू लगायतका कारणले बालविवाह गर्न वाध्यता सृजना भएको आईआरसीले उल्लेख गरेको छ । अध्ययनले विगत दुई दशकमा बाढी र चक्रवातजस्ता प्रकोपमा भएको बृद्धि पनि बढ्दो… पुरा पढौ

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ को मृत्यु

मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् । मङ्गलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको प्रान्तीय विपत् एजेन्सीका प्रमुख रोडरिक ट्रेनले बताए। उनले सडकको त्यो भागलाई ‘सम्भावित दुर्घटना स्थल’ भन्दै अस्पतालमा सात जनाको अवस्था चिन्ताजनक र अन्य चारको अवस्था सामान्य रहेको जानकारी दिए। मृत्यु हुनेमध्ये एक केन्याली रहेको र अर्का केन्याली गम्भीर घाइते भएको जनाइएको छ । प्रान्तीय गभर्नर रोडोरा काडियोका… पुरा पढौ

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ)पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् । अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन् । एसपी रोहिणीले दिएको जानकारी अनुसार ूयो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो। विमानभित्र दुई जना सवार थिए, तिनमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी… पुरा पढौ