प्रवास

चिनियाँ प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घीय महासचिवबीच भेटवार्ता

चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरुका बीचमा बहुपक्षी विषयका साथै जलवायु परिवर्तनका विषयमा कुराकानी भएको बताइएको छ ।त्यस अवसरमा उनीहरुका बीचमा विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ । चीन संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यका साथै विश्वको एक आर्थिक शक्ति राष्ट्रका रुपमा संयुक्त राष्ट्रसङ्घसँग निरन्तर सम्पर्कमा रहिरहने पनि प्रधानमन्त्री खछ्याङले जानकारी दिए । तेस्रो विश्वका देशहरुलाई ऋण तथा अन्या आर्थिक सहायताका क्षेत्रमा… पुरा पढौ

इस्तानबुलमा भएको आक्रमणमा आतङ्ककारीको हात छ: राष्ट्रपति एर्डोगान

टर्कीको स्तानबुलमा भएको आक्रमण आतङ्ककारीहरुले गराएको टर्कीको आशङ्का रहेको छ । यहाँका राष्ट्रपति रिसेप तैयप एर्डोगानले सो कुरा बताउनुभएको हो । उनले यो कार्य आतङ्ककारीहरुबाट भएको हो र यो आतङ्ककारी कार्य हो भने । आइतबार इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने– अहिले नै यसो भन्न त हतार हुनसक्छ, त्यसैले मैले सय प्रतिशत नै आतङ्ककारी हमला त भन्न सक्दिन, तर पनि यो काम आतङ्ककारीकै हो भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनले जि२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसिया जानुअघि… पुरा पढौ

हवाई प्रदर्शन गरिरहेका दुई सैनिक विमान आपसमा ठोक्किएपछि…

अमेरिकाको टेक्सास राज्यको डल्लासमा हवाई प्रदर्शनीको क्रममा शनिबार दुईवटा सैनिक विमान आपसमा ठोकिएर दुर्घटनाग्रस्त भएका छन्। ती विमान विस्फोट हुँदा आकासमा आगोको डल्लो र कालो धुवाँको मुस्लो फैलिएको थियो। तर, विमानमा कति जना सवार थिए भन्ने अझै स्पष्ट भइसकेको छैन। सहरको मध्यभागदेखि करिब १० माइल टाढाको डल्लास विमानस्थलमा तत्कालै आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेको थियो। न्युज फुटेजमा विमानस्थल परिसरको घाँसे मैदानमा विमानस्थलका भग्नावशेष छरिएका देखिन्छन्। डल्लास अग्नि–उद्धार टोलीले दुर्घटनाका कारण जमिनमा रहेका अन्य कुनै पनि व्यक्ति घाइते नभएको दी डल्लास… पुरा पढौ

अमेरिकी मध्य निर्वाचन: सिनेटमा डेमोक्रयाट, सदनमा अनिर्णित

अमेरिकी सिनेटमा डेमोक्रयाटिक पार्टीले झिनो बहुमत प्राप्त गरेको छ। योसँगै उक्त दलले आगामी २ वर्षसम्म सिनेटमा नियन्त्रण कायम गर्नेछ। नेभाडामा र एरिजोनामा भएको अति कठिन प्रतिस्पर्धामा डेमोक्रयाटिक पार्टीले जित हात पारेका केबल न्युज नेटवर्कले जनाएको छ। सिनेटमा अब डेमोक्रयाटसँग ५० सिनेटर भएका छन् भने रिपब्लिकनका ४९ जना मात्र छन्। प्रतिनिधिसभामा भने रिपब्लिकन पार्टी बहुमत नजिक पुगेको। यो दलले २१८ स्थान हासिल गर्ने देखिएको छ। पछिल्लो मत परिणामअनुसार रिपब्लिकन पार्टीले २११ स्थान जितेको छ भने डेमोक्रयाटिक पार्टीले २०४ सिटमा विजयी भएको… पुरा पढौ

लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान

लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयाँै मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ । यो अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ । एक हप्तामा यहाँका कम्तीमा पनि छ लाख मानिसलाई हैजा विरुद्धको खोप दिइने यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो । गत अक्टोबर… पुरा पढौ

एपीएफ क्लबले उचाल्यो पीएम कप क्रिकेटको उपाधि

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो। उपाधिसँगै एपीएफले नगद १० लाख रुपैयाँ पुरस्कार जितेको छ। उपविजेता बनेको आर्मीले ५ लाख पुरस्कार जित्यो। सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेस प्रदेशले ५०/५० हजार प्राप्त गरे। विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा झारिएको थियो। खेलमा आर्मीले एपीएफलाई जितका लागि १८० रनको लक्ष्य दिएको थियो।… पुरा पढौ

मध्य सोमालिया क्षेत्रमा १२ विद्रोहीको मृत्यु

सोमाली राष्ट्रिय सेनाले शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा गरेको प्रतिआक्रमणमा अल शबाबका १२ जना लडाकूको मृत्यु भएको छ। रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार सेनाले बुरदार क्षेत्रमा रहेको सैन्य शिविरमा विद्रोहीले आक्रमण गर्नेबारे पूर्व सूचना प्राप्त गरेको र त्यसलाई विफल बनाउँन प्रतिआक्रमण गरेको थियो। बुर्दार क्षेत्रमा आक्रमणको क्रममा घाइते भएका तीनजना सैनिकलाई अस्पतालमा भर्ना गरिएको अलीले सोमाली नेशनल न्युज एजेन्सीलाई बताएका छन्। हाल त्यस क्षेत्रमा आक्रमणकारीहरूको खोजीका लागि सेनाले ठूलो अभियान चलाइरहेको छ। रासस/सिन्ह्वा पुरा पढौ

इजिप्टमा मिनिबस दुर्घटना, २१ जनाको मृत्यु

उत्तरी इजिप्टको नाइल डेल्टामा मिनिबस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। शनिबार मिनीबस पल्टिँदा कम्तीमा २१ जनाको मृत्यु भएको संचारमाध्यमहरुले समाचार लेखेको छ। मिनिबस डाकाहलिया प्रान्तको नहरमा खसेको थियो। उक्त मिनिबसमा अन्दाजी ३५ जना सवार रहेको समाचारमा जनाइएको छ। स्वास्थ्य मन्त्रालयका अधिकारी डा. शेरिफ मकीनकाअनुसार मृतकमध्ये ३ बालबालिका छन्। घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरका अनुसार गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ र झ्यालहरू पनि फुटेका र कुच्चिएका छन्। इजिप्टका संचारमाध्यमले प्रारम्भिक अनुसन्धानपछि स्टेरिङ ह्विलमा खराबी आएका कारण दुर्घटना भएको बताइएको… पुरा पढौ

राजीव गान्धी हत्याका छ जना दोषीलाई रिहा गरिने

पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भई आजीवन कारावासको सजाय भोगीरहेका छ जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित छ जनालाई रिहा गर्न सर्वोच्चले आज आदेश दिएको हो । अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका तथा उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ । “नलिनी तीन दशकभन्दा बढी समयदेखि जेलमा छिन् उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेशनमा पोष्ट ग्राजुएट डिप्लोमा छ । रविचन्द्रनको पनि आचारण सन्तोषजनक… पुरा पढौ

एकैदिन ५४ हजारभन्दा बढी कोभिड सङ्क्रमित

दक्षिण कोरियामा बिहीबार मध्यरातीसम्म कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ५४ हजार पाँच सय १९ जना थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख ९१ हजारजनाभन्दा बढी भएका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । त्यहाँ गएको २४ घन्टायता ५४ हजार पाँच सय १९ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् बुधबार यहाँ ५५ हजार तीन सय ६५ जना रहकामा बिहीबार ती सङ्क्रमित थपिएका हुन् । त्यहाँ कोभिड महामारी सुरु भएयता सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । त्यहाँको रोग नियन्त्रण तथा निवारण… पुरा पढौ