प्रवास

युक्रेनमा विमान खसाल्ने ३ जनालाई आजीवन कैद

एउटा डच अदालतले सन् २०१४ मा २९८ जनाको ज्यान जानेगरी पूर्वी युक्रेनको आकासमा एउटा यात्रुवाहक विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसाल्ने ३ जनालाई हत्या अभियोगमा दोषी ठहर गरेको छ। अदालतले रुसी अधिनस्थ क्षेत्रमा रहेको एउटा सशस्त्र समूहले रुसले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गरी कल साइन एमएच १७ बोकेको विमान खसालेको पत्ता लगाएको हो। दोषी ठहराइएकामध्ये २ जना रुसी र एकजना युक्रेनी नागरिक छन्। ती अभियुक्तहरूको अनुपस्थितिमा अदालतले उनीहरूलाई आजीवन काराबास सजाय सुनाएको हो। तर, अभियोग लगाइएका तेस्रो रुसीलाई भने सफाई दिइएको… पुरा पढौ

७० टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

इरानले यमन पठाएको ७० टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ। इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मंगलबार नियन्त्रणमा लिएको बताएको छ। यमनमा युद्धविराम भंग भएपछि अवैधरूपमा पठाइएको उक्त इन्धन पहिलोपटक जफत भएको हो। अमेरिकी सेनाले जफत गरेको इन्धनले १ दर्जनभन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र संचालन गर्न सकिन्छ। यमनका इरान समर्थित हुथी विद्रोहीले देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र साउदी नेतृत्वको गठबन्धन सेनालाई आक्रमण गर्न प्रयोग गरेका हतियारमा बरामद इन्धन… पुरा पढौ

इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ । इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मङ्गलबार नियन्त्रणमा लिएको बताएको छ । यमनमा युद्धविराम भङ्गभएपछि अवैधरूपमा पठाइएको उक्त इन्धन पहिलोपटक जफत भएको हो । अमेरिकी सेनाले जफत गरेको इन्धनले एक दर्जनभन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र सञ्चालन गर्न सकिन्छ । यमनका इरान समर्थित हुथी विद्रोहीले देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र साउदी नेतृत्वको गठबन्धन सेनालाई आक्रमण गर्न प्रयोग गरेका… पुरा पढौ

छ सयभन्दा बढीको हत्या

सोमालियामा यसै वर्षको जनवरीदेखि यता मात्र छ सयजना भन्दा बढीको हत्या भएको एक राष्ट्रसङ्घीय अधिकारीले जनाएका छन् । उनका अनुसार त्यहाँ गएको १० महिनामा मात्र छ सय १३ जना सर्वसाधारणको हत्या भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार सम्बन्धी उच्चायुक्त भोल्कर टर्कले सो कुराको जानकारी दिएका हुन् । उनले यस वर्ष यहाँ सर्वसधारणको हत्या झनै बढेको छ । त्यहाँका नागरिकको मानव अधिकारको हनन् भएको र उनीहरुको हत्याको अवस्था झन् बढेको भन्दै उच्चायुक्त टर्कले यो निकै नै दुःखद अवस्था भएको पनि जानकारी… पुरा पढौ

मनिलाको आवासीय क्षेत्रमा आगो लाग्दा पाँच जनाको मृत्यु

नाभोटास नगरको भीडभाडयुक्त समुदायिक बस्तीमा आगो लाग्दा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जलेर दुई वर्षीय एक बालक, १८, १९, ४० र ५० वर्षीय महिलाको ज्यान गएको तथा ६४ वर्षका एक पुरूष र ५१ वर्षिया महिला घाइते भएकी अग्नि सुरक्षण विभागले जनाएको छ । आगलागीबाट एक सय ११ परिवार प्रभावित भएका तथा केही पीडित अस्थायी आश्रयस्थलमा बसेका छन् । दुर्घटनामा अन्यको पनि ज्यान गएको हुनसक्ने आशङ्कामा खोजी जारी छ । अपराह्न चार बजे… पुरा पढौ

चिनियाँ प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घीय महासचिवबीच भेटवार्ता

चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरुका बीचमा बहुपक्षी विषयका साथै जलवायु परिवर्तनका विषयमा कुराकानी भएको बताइएको छ ।त्यस अवसरमा उनीहरुका बीचमा विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ । चीन संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यका साथै विश्वको एक आर्थिक शक्ति राष्ट्रका रुपमा संयुक्त राष्ट्रसङ्घसँग निरन्तर सम्पर्कमा रहिरहने पनि प्रधानमन्त्री खछ्याङले जानकारी दिए । तेस्रो विश्वका देशहरुलाई ऋण तथा अन्या आर्थिक सहायताका क्षेत्रमा… पुरा पढौ

इस्तानबुलमा भएको आक्रमणमा आतङ्ककारीको हात छ: राष्ट्रपति एर्डोगान

टर्कीको स्तानबुलमा भएको आक्रमण आतङ्ककारीहरुले गराएको टर्कीको आशङ्का रहेको छ । यहाँका राष्ट्रपति रिसेप तैयप एर्डोगानले सो कुरा बताउनुभएको हो । उनले यो कार्य आतङ्ककारीहरुबाट भएको हो र यो आतङ्ककारी कार्य हो भने । आइतबार इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने– अहिले नै यसो भन्न त हतार हुनसक्छ, त्यसैले मैले सय प्रतिशत नै आतङ्ककारी हमला त भन्न सक्दिन, तर पनि यो काम आतङ्ककारीकै हो भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनले जि२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसिया जानुअघि… पुरा पढौ

हवाई प्रदर्शन गरिरहेका दुई सैनिक विमान आपसमा ठोक्किएपछि…

अमेरिकाको टेक्सास राज्यको डल्लासमा हवाई प्रदर्शनीको क्रममा शनिबार दुईवटा सैनिक विमान आपसमा ठोकिएर दुर्घटनाग्रस्त भएका छन्। ती विमान विस्फोट हुँदा आकासमा आगोको डल्लो र कालो धुवाँको मुस्लो फैलिएको थियो। तर, विमानमा कति जना सवार थिए भन्ने अझै स्पष्ट भइसकेको छैन। सहरको मध्यभागदेखि करिब १० माइल टाढाको डल्लास विमानस्थलमा तत्कालै आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेको थियो। न्युज फुटेजमा विमानस्थल परिसरको घाँसे मैदानमा विमानस्थलका भग्नावशेष छरिएका देखिन्छन्। डल्लास अग्नि–उद्धार टोलीले दुर्घटनाका कारण जमिनमा रहेका अन्य कुनै पनि व्यक्ति घाइते नभएको दी डल्लास… पुरा पढौ

अमेरिकी मध्य निर्वाचन: सिनेटमा डेमोक्रयाट, सदनमा अनिर्णित

अमेरिकी सिनेटमा डेमोक्रयाटिक पार्टीले झिनो बहुमत प्राप्त गरेको छ। योसँगै उक्त दलले आगामी २ वर्षसम्म सिनेटमा नियन्त्रण कायम गर्नेछ। नेभाडामा र एरिजोनामा भएको अति कठिन प्रतिस्पर्धामा डेमोक्रयाटिक पार्टीले जित हात पारेका केबल न्युज नेटवर्कले जनाएको छ। सिनेटमा अब डेमोक्रयाटसँग ५० सिनेटर भएका छन् भने रिपब्लिकनका ४९ जना मात्र छन्। प्रतिनिधिसभामा भने रिपब्लिकन पार्टी बहुमत नजिक पुगेको। यो दलले २१८ स्थान हासिल गर्ने देखिएको छ। पछिल्लो मत परिणामअनुसार रिपब्लिकन पार्टीले २११ स्थान जितेको छ भने डेमोक्रयाटिक पार्टीले २०४ सिटमा विजयी भएको… पुरा पढौ

लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान

लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयाँै मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ । यो अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ । एक हप्तामा यहाँका कम्तीमा पनि छ लाख मानिसलाई हैजा विरुद्धको खोप दिइने यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो । गत अक्टोबर… पुरा पढौ