प्रवास

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानद्वारा आफ्नो पार्टीले सबै विधानसभा छोड्ने घोषणा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीले देशको क्षेत्रीय र बिधान सभाबाट बाहिरिने घोषणा गरेका छन्। विश्व प्रसिद्ध पूर्व क्रिकेट खेलाडीबाट पाकिस्तानी राजनीतिमा आएका खान संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि गत अप्रिलमा पदच्युत भएका थिए । उनको दल अहिले प्रतिपक्षमा छ । उनले विदेशी शक्तिको सहयोगमा प्रधानमन्त्री शाहबाज सरिफले आफूलाई पदच्युत गर्नु गैरकानुनी र योजनाबद्ध भएको दाबी गर्दै मध्यावधी निर्वाचनको माग गर्दै आएका छन्। यद्यपि खानले विदेशी शक्ति भनेर सङ्केत गरेको अमेरिका र वर्तमान् प्रधानमन्त्री सरिफले उक्त आरोपको खण्डन गर्दै आएका… पुरा पढौ

सोमाली सेनाद्वारा १५ अल–शबाब लडाकु मारिए

अन्तर्राष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल–शबाबका १५ लडाकू मारिएका छन्। सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी मोगादिसुबाट जारी गरेको विज्ञप्ति अनुसार मध्य सोमालियाको गलगादुड क्षेत्रको कयिबमा गरिएको असफल आक्रमणमा अल–शबाब लडाकुहरूको संख्यामा मृत्यु भएको हो। ‘खावारीज (अल–शबाब) ले राष्ट्रिय सेना र स्थानीयहरूलाई आक्रमण गर्ने प्रयास गरेपछि आज बिहान कयिब सहरमा भएको लडाईमा भारी पराजय भएको छ,’ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ। त्यसैगरी, सेनाले ३ कार बमहरू पनि नष्ट गरेको छ।… पुरा पढौ

ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

एजेन्सी । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ। अनुहार छोपेको सो व्यक्तिले सेनाको पोशाक लगाएको देखिएको छ । यद्यपि गोली प्रहार गर्ने व्यक्ति १६ वर्षीय भएको आशङ्का गरिएको छ । सीएनएनका अनुसार उक्त राज्यको राजधानी भिटोरियाबाट ५० माईल उत्तरमा रहेको सानो शहर… पुरा पढौ

विश्वकप फुटबलमा आयोजक कतारको लगातार दोश्रो हार, सेनेगल ३– १ ले विजयी

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले आयोजक कतारलाइ पराजित गरेको छ । प्रतियोगितामा सेनेगलको यो पहिलो जित हो । कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४१औँ मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ४८औँ मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २–० को अवस्थामा पू¥याए । त्यसपछि खेलको ७८औँ मिनेटमा कतारका मुहमद मुन्तारीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । विश्वकपमा कतारका… पुरा पढौ

आगलागीमा परि १० को मृत्यु, नौ जना घाइते

उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो । उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो । त्यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो… पुरा पढौ

अर्जेन्टिनामाथि साउदी अरेयिबा ऐतिहासिक जित, अर्जेन्टिना २–१ अन्तरले पराजित

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह ’सि’मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा पहिलो आग्रता भने अर्जेन्टिनाले लियो । कप्तान लियोनल मेस्सीले खेलको १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को आग्रता दिलाए । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए । तर अर्जेन्टिनाको… पुरा पढौ

आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएको छ । मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ । सामान्य रुपमा घाइते भएका दुई जना उपचारको लागि अस्पताल लगिएको जनाइएको छ । सोमबार ४ः२२ बजे अपराह्न त्यहाँ आगलागी शुरु भएको प्रहरीले जनाएको छ । त्यहाँ ठूलो सङ्ख्याका प्रहरी तथा उद्धारकर्मीहरुले उद्धारको काम गरिरहेका पनि बताइएको छ । स्थानीय अधिकारीहरूले दुइ सय ४० जना… पुरा पढौ

सोमाली सेनाद्वारा आक्रमणलाई असफल

सोमाली राष्ट्रिय सेना ९एसएनए० ले शनिबार बिहान राजधानी मोगादिसुमा भएको आक्रमणलाई असफल बनाएको छ । राजधानीको दलजिर्का दाहसुन क्षेत्रनजिकै एक नागरिकको स्वामित्वमा रहेको गाडीमा जोडिएका दुईवटा विस्फोट पर्दाथलाई सेनाले नियन्त्रणमा लिएका सोमाली प्रहरीबलका प्रवक्ता सादिक दुदिशेले जानकारी दिए । विष्फोटक पदार्थलाई सुरक्षित रुपमा निष्क्रिय पारेर आक्रमणलाई असफल पारेको दुदिसेले बताउनु भएको छ । यस अवस्थामा कोही घाइते नभएका पनि उनले मोगादिसुमा जारी विज्ञप्तिमा जानकारी दिए । सुरक्षाबलहरुले हताहत हुनबाट बच्नका लागि व्यापार गतिविधि र सार्वजनिक सडक बन्द गरेका जनाइएको छ… पुरा पढौ

सुरक्षा कारबाहीमा पचास हतियारधारी मारिए

नाइजेरियाको सेनाले त्यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतङ्ककारी समूहहरुको हात रहेको छ । गएका दुइ हप्तायता नाइजेरियाको सेनाको नेतृत्वमा त्यहाँका सबै सुरक्षा निकायले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारीरु मारिएको त्यहाँको सेनाले बिहीबार जानकारी दिएको छ ।यसरी मारिनेमा इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रोभिन्स ९आइएसडब्ल्युएआर० र बोको हरामका लडाकू रहेका पनि जानकारी दिइएको छ… पुरा पढौ

इरानमा सुरक्षाकर्मीको गोली लागेर २ बालकको मृत्यु

दक्षिण पश्चिमी इरानमा बुधबार भएको सरकार विरोधी प्रदर्शनका क्रममा सुरक्षा फौजले चलाएको गोली लागेर २ जना बालकको मृत्यु भएको छ। सरकारी संचारमाध्यमले भने इजेहमा भएको एउटा आतंककारी हमलामा मोटरसाइकलमा सवार बन्दुकधारीहरूले ७ जना मानिसको ज्यान लिएको दाबी गरेका छन्। तर, अन्य स्रोतले भने सुरक्षाकर्मीको गोली प्रहारबाट ९ वर्षीय कियान पिर्फालाक र १४ वर्षीय सेपेहर माघसाउदीको मृत्यु भएको बीबीसी पर्सियनलाई जानकारी गराएका छन्। सोही दिन इरानका विभिन्न स्थानमा कम्तीमा १३ जना मारिएको बताइएको छ। इन्धनको मूल्यवृद्धिलाई लिएर सन् २०१९ नोभेम्बरमा आयोजित… पुरा पढौ