प्रवास

उत्तरी ब्राजिलमा डुङ्गा डुब्दा चौधको मृत्यु

उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार बिहान एउटा डुङ्गा डुब्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता भएका छन् । माराजो टापुको कमारा र बेलेमको बीचमा रहेको डुङ्गा कोटिजुबा टापुको सामून्द्रिक तट साउदादेमा डुबेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । सार्वजनिक सुरक्षा सचिवालयका अनुसार जहाज यात्रु बोक्ने अधिकार नभएको र गोप्य बन्दरगाहबाट समुद्रतर्फ निस्किएको थियो । अग्निनियन्त्रकहरुले गोताखोर, नौ वटा डुङ्गा र एक हेलिकप्टरको सहयोगमा शव निकाल्न र बेपत्ता पीडितहरूको खोजी र उद्धार… पुरा पढौ

महारानी एलिजाबेथ द्वितीयाको निधनपछि राजा चाल्र्स तृतीय बने

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ । बेलायतमा ७० वर्ष लामो समयसम्म गद्दीमा रहेकी महारानी द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको हो । ’आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ’ विज्ञप्ति जारी गर्दै बकिंघम दरबारले भनेको छ ’राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज (शुक्रबार) बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन् ।’ चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछि उनका सबै सन्तानहरू एबरडीन नजिकैको बाल्मोरलमा गएका थिए । महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ… पुरा पढौ

बेलायती महारानी एलिजाबेथ द्वितीयको स्वर्गारोहण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको छ । बकिंघम प्यालेसले रानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्वक मृत्यु भएको जनाएको छ । यसअघि, महारानी एलिजाबेथ स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा थिइन् । चिकित्सकहरूले एलिजाबेथको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उनलाई अस्पतालमा राखिएको बकिंघम प्यालेसले बिहीबार नै जनाएको थियो । महारानीको स्वर्गवास भएको खबर पाउन साथ बेलायतमा शोक छाएको छ ।… पुरा पढौ

श्रीलङ्का : सैतीस राज्य मन्त्रीद्वारा सपथ ग्रहण

श्रलिङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार ३७ राज्य मन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन । राष्ट्रपतिको कार्यालयका अनुसार राज्य मन्त्रीहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सचिवालयमा पद तथा गोपनीयताको सपथ खुवाइएको हो । सपथ खानेहमा सेहान सेमासिङ्घे अर्थ, प्रमिथा बन्दरा तेनाकून रक्षा, थाराका बालासुरिया विदेशमामिला राज्यमन्त्री नियुक्त भएका छन । उनीहरूले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्नुहुने बताइएको छ । सङ्कटग्रस्त श्रीलङ्कामा विदेशी मुद्रा अभावका कारण इन्धन तथा अतिआवश्यक दैनिक सामग्री खरिद गर्नसमेत समस्या भएपछि एकपछि अर्को गर्दै यहाँको जनजीवन नै प्रभावित बनेको छ… पुरा पढौ

भवन भत्किँदा दशको मृत्यु

दमासकस । सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ । अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको जनाएको छ । एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ । घटनापछि अधिकारीहरूले नजिकका भवनहरु खाली गर्न लगाइएको बताइएको छ । भत्किएको भवन गैर कानूनी तरीकाबाट निर्माण भएको अलेप्पोका अधिकारीहरूलाई… पुरा पढौ

सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्दै

संयुक्त राष्ट्रसङ्घीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ । कोषले यहाँ केही समययतादेखि अनिकाल परिरहेकाले यसका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अवस्था अझै बढ्नसक्ने बताएको हो । सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोषका प्रतिनिधि वाफा अब्देलतेफले सो कुरा बताएका हुन । यहाँ कुपोषणको समस्या कम्तीमा पनि १५ लाख बालबालिकामा पुगेको छ । यो सङ्ख्या यहाँको पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको करिब आधाजति नै हो । यसरी पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको आधा जतिलाई कुपोषणको… पुरा पढौ

दक्षिण कोरिया ,भारत र पाकिस्तानका कोरोना सङ्क्रमित

विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनियरुपमा घटेको छैन् । मङ्गलबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार यस देशमा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । यद्यपी सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ सङ्क्रमित थपिएका थिए । सोमबारको तुलनामा मङ्गलबार सङ्क्रमित घटेका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३७ लाख ९१ हजार नौ सय ६१… पुरा पढौ

इरानमा एलजीबीटी अभियन्तालाई मृत्युदण्ड

दुईजना महिला तथा पुरुष समलिङ्गी, तेस्रोलिङ्गी र उभयलिङ्गी (एलजीबीटी) अभियन्तालाई इरानमा मृत्युदण्ड दिइएको छ । उनीहरूलाई मृत्युदण्ड दिएको अधिकारवादी समूहहरूले बताएका छन् । उरिमास्थित एक अदालतले ३१ वर्षीया जाहरा सिद्धिकी र २४ वर्षीय एल्हाम चौब्दारलाई ‘पृथ्वीमा भ्रष्ट आचरण देखाएको’ अभियोगमा दोषी ठहर गरेको हो । उनीहरूलाई समलिङ्गी सम्बन्ध र इसाई धर्मलाई बढावा दिएको तथा इस्लामिक गणतन्त्रको विरोध गर्ने सञ्चार माध्यमसँग संवाद गरेको अभियोग लगाइएको मानव अधिकारका लागि हेन्ग संगठनले जानकारी दिएको छ । पछि इरानको न्यायालयले उनीहरूलाई मृत्युदण्ड दिइएको पुष्टि… पुरा पढौ

लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बनेकी छन् । ट्रसले मंगलबार महारानी एलिजाबेथ द्वितीयसँग स्कटल्यान्डको बालमोरल कासलमा भेट गरेकी छन् । महारानी एलिजाबेथले ४७ वर्षीया ट्रसलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी हुन् । यसअघि, बोरिस जोनसनले महारानीसँग भेटेर आफ्नो पदबाट राजीनामा दिएका थिए । ट्रसलाई सोमवार कन्जर्भेटिभ पार्टीले आफ्नो नयाँ नेता चयन गरेको थियो । ट्रसलाई ८१,३२६ भोट मिल्यो । अर्कातिर भारतीय मूलका भनिएका ऋषि सुनकलाई ६०,३९९ भोट मिल्यो । सोमवार उनले आफूसँग कर घटाउने खास योजना रहेको बताएकी थिइन् ।… पुरा पढौ

बङ्गलादेशका प्रधानमन्त्रीको राष्ट्रपति भवनमा स्वागत

भारतको चारदिने भ्रमणमा सोमबार यहाँ आउनुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालाई आज बिहान राष्ट्रपति भवनमा औपचारिकरूपमा स्वागत गरिएको छ । उहाँलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको हो । उहाँले प्रधानमन्त्री मोदीसँग हात मिलाए। विदेशमन्त्री एस जयशङ्कर पनि प्रधानमन्त्री मोदीका साथमा थिए । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको स्वागतका निम्ति राष्ट्रपति भवन सजिएको थियो । बङ्गलादेशकी प्रधानमन्त्री हसिनाले आज राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनले समकक्षी नरेन्द्र मोदीसँग पनि आजै भेटवार्ता गर्ने छन् ।… पुरा पढौ