प्रवास

भूकम्पमा पैसट्ठी जनाको मृत्यु

चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६।८ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको तथा एक सय ७० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । गाञ्जी तिब्बती स्वायत्त प्रिफेक्चरमा ३७ जना तथा याआन शहरको शिमियान काउन्टीमा २८ जनाको मृत्यु भएको छ । गाञ्जीमा १२ जना हराइरहेका, ५६ जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार सोमबार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । भूकम्पको धक्का… पुरा पढौ

विहारमा डुङ्गा डुब्दा दश जना बेपत्ता

पूर्वी भारतको विहार राज्यको एउटा नदीमा आइतबार साँझ डुङ्गा डुब्दा दश जना बेपत्ता भएका छन् भने ४० जना पौडेर सुरक्षित स्थानमा पुग्न सफल भएकमा सरकारी अधिकारीले बताएका छन् । हराइरहेकाहरूको उद्धार तथा खोजमा राज्यको प्रकोप व्यवस्थापन कार्यालयका अधिकारी क्रियाशील रहेका पटनास्थित जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ । दुर्घटनाग्रस्त डुङ्गामा पटनाको दाउदपुर क्षेत्रका श्रमिक सवार थिए । उनीहरू कामबाट फर्केका थिए । राष्ट्रिय प्रकोप उद्धार बलका गोताखोर पनि खोजीमा परिचालन भएका छन् । भारतका ग्रामीण क्षेत्रमा परम्परागतरूपमा निर्माण गरिएका डुङ्गा यातायातका… पुरा पढौ

भूकम्पमा परि सात जनाको मृत्यु

चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ । स्थानीय समयअनुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा पनि महसुस गरिएको थियो । राष्ट्रिय आपत्कालीन प्रतिकार्य तथा उद्धार कार्यालयबाट सहायताकर्मी… पुरा पढौ

अफगानिस्तानको मस्जिद विस्फोटमा प्रमुख धर्मगुरुसहित १८ जनाको मृत्यु

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको राजधानी हेरात शहरस्थित एक मस्जिदमा शुक्रबार भएको विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । विस्फोटमा परी २३ जना घाइते भएका छन्। ‘हेरात शहरको गाजर गाह मस्जिद बाहिर शुक्रबार भएको विस्फोटमा प्रमुख धर्मगुरु मौलवी मुजिब रहमान अन्सारी र उनका भाइ हबिब रहमान अन्सारी सहित १८ व्यक्तिको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएको’, प्रान्तीय प्रशासनका प्रवक्ता मौलावी हमिदुल्लाह मतवाकिलले पत्रकारहरूलाई बताएका छन् । विस्फोटको जिम्मेवारी हालसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन ।… पुरा पढौ

नेपालले एक खेलअगावै केन्याविरुद्धको एकदिवसीय शृंखला जित्यो

नेपालले केन्या विरुद्धको ३ खेलको एकदिवसीय श्रृखंलाको उपाधि एक खेलअगावै जितेको छ । घरेलु टोली केन्यालाई दोस्रो एकदिवसीय खेलमा १६ रनले पराजित गरेसँगै नेपालले श्रृंखंलाको उपाधि २–० ले जितेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको अन्तिम विकेट बाँकी छँदा पाहुना टोली नेपालले रोमाञ्चक जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय ३० रनको योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय पारी खेले । यसैगरी,… पुरा पढौ

२ हजार १४७ पाउन्डको फर्सीले रच्यो नयाँ कीर्तिमान

अमेरिकाको अलास्का राज्यका एकजना पुरुषले अलास्का राज्य मेलामा २ हजार १४७ पाउन्ड तौलको फर्सी ल्याएर सो राज्यमा यस विधामा आफैँले राखेको पूर्व कीर्तिमान तोडेका छन् । डेल मार्सलले सन् २०१९ को यस्तै मेलामा २ हजार ५१ पाउन्ड वजनको फर्सी ल्याएर नयाँ कीर्तिमान राखेका थिए । उनले आफ्नो यो पछिल्लो फर्सीको नाम ’कुकी मोनस्टर’ राखेका छन् । मार्सलले एन्कोरेज डेली न्युजलाई भनेका छन्, ‘यो विशाल फर्सी उमार्न मैले एटलान्टिक जायन्ट बिज प्रयोग गरेको थिएँ । ४ जुनमा कुकी मोनस्टर तयार भएको… पुरा पढौ

सामाजिक सञ्जालको ‘पोस्ट’ले ४५ वर्ष जेलमा

साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानि पु¥याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको सामाजिक एकतामा बाधा पु¥याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको कारावासको सजाय सुनाइएको वासिङ्टनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वर्ल्डलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ । अल–काहतानीले अनलाइन के पोस्ट गरे… पुरा पढौ

नेपालले आज केन्याविरुद्ध एकदिवसीय खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेल्दै छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो पौने १ बजे सुरु हुनेछ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय श्रृंखलामा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय श्रृंखला समेत कब्जा गर्ने दाउमा छ । नेपालले यसअघि केन्याविरुद्धको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला ३–२ ले जितेको थियो । केन्या पनि नेपाललाई हराएर एकदिवसीय श्रृंखलामा विजयी सुरुआत गर्न चाहन्छ । केन्याविरुद्धको एकदिवसीय श्रृंखला नेपालले रोहित पौडेलको कप्तानीमा… पुरा पढौ

वेस्ट बैंकको झडपमा दुई प्यालेस्टिनीको मृत्यु

इरायलले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टिनी र इजरायली सेनाबीच छुट्टाछुट्टै झडप भएको छ । बिहीबार बिहान भएको यस झडपमा परी दुई प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । नाब्लसको अल–ऐन शिविरका २५ वर्षीय समेर खालेदको घाँटीमा गोली लागेको र जेरुसेलम बाहिर कलान्डिया क्याम्पका २६ वर्षीय याजान अफानाको छातीमा गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।रासस पुरा पढौ

सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार

दमासकस । इजरायलले सिरियामाथि क्षेप्यास्त्र मिसाइल प्रहार गरेको समाचार छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ । सो क्षेप्यास्त्र सिरियाको उत्तरी शहर अलेपोको एक विमानस्थल नजिकै प्रहार गरिएको हो । सिरियाली उत्तरी शहर अलेपोको एक विमानस्थल र त्यहाँ रहेको एक सैनिक क्याम्पमा सो क्षेप्यास्त्र हानिएको सिरियाली सेनाले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ । मध्यरातमा विमानस्थल नजिकै हानिएको सो क्षेप्यास्त्रले केही संरचनामा क्षति पुगेको बताइएको छ । त्यसको एक घण्टापछि यहाँको सैनिक… पुरा पढौ