प्रवास

रुसी र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ । उनीहरुबीचको फोनमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका बारेमा कुराकानी भएको समाचारमा जनाइएको छ । सोमबार भएको सो कुराकानीमा दुई देशबीचको आर्थिक सहयोग र साझेदारीका विषयमा पनि कुराकानी भएको बताइएको छ । युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी हुनुका साथै उनीहरुले रुस र युक्रेनको युद्धका कारण भएको खाद्यान्न संकटको अवस्थामा युक्रेन र अरु विश्वका लागि के… पुरा पढौ

जोहानेस्बर्गमा गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो

जोहानेस्बर्गमा भएको गोलीकाण्डमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। दक्षिण अफ्रिकाको जोहानेस्बर्गस्थित मधुशालामा गोली चल्दा मृत्यु हुनेको संख्या १५ पुगेको त्यहाँका अधिकारीहरुले जनाएका छन्। स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १५ जनाको मृत्यु भएको जानकारी सोमबार दिइएको छ। साथै, सो गोलीकाण्डमा परेर अन्य १० जना घाइते भएका छन्। गोलाबारीमा घाइते भएका १० जनाको उपचार भइरहेको र उनीहरुमध्ये अधिकांशको अवस्था गंभीर रहेको पनि बताइएको छ। गोलाबारीमा संलग्नहरुको खोजी प्रहरीले गरिरहेको जनाएको छ। प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका… पुरा पढौ

चीन र पाकिस्तानद्वारा लाइभ फायरको सामुद्रिक अभ्यास

चीन र पाकिस्तानका नौसेनाहरूले सी गार्डियन्स–२ नामक ४ दिने संयुक्त सामुद्रिक अभ्यासको एक भागको रूपमा मंगलबार प्रत्यक्ष फायर ड्रिल शुरु गर्ने तयारी गरेका छन्। अभ्यासमा सहभागी जहाजहरू सांघाईको सैन्य बन्दरगाहबाट निर्धारित समुद्री क्षेत्रतर्फ प्रस्थान गर्नेछन्। यस संयुक्त अभ्यासको उद्देश्य रक्षा सहयोग, विशेषज्ञता र अनुभवको आदान–प्रदान, २ देश र सेनाबीचको परम्परागत मित्रतालाई थप प्रगाढ बनाउने र चीन–पाकिस्तानबीचको मौसमी रणनीतिक सहकारी साझेदारीको विकासलाई प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताइएको छ। सो क्रममा व्यावसायिक र प्राविधिक आदान–प्रदान, ‘टग अफ वार’ र बास्केटबल खेल सोमबार… पुरा पढौ

श्रीलंकाको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुंगाले श्रीलंकामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन्। रणतुंगाले जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताएका हुन्। पार्टीले निर्णय गरे बमोजिम साउन १३ गते राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यसैअनुरूप अगाडि बढ्ने पनि उनले बताए। शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि यहाँको राजनीतिक घटनाक्रम नयाँ ढङ्गले विकसित भएको हो। तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले… पुरा पढौ

भारतमा एकैदिन १६ हजार ५०० भन्दा बढी कोरोना सङ्क्रमित

आइतबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १६ हजार ६७८ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख ३० हजार ७१३ सक्रिय सङ्क्रमित रहेका छन् । यो कुल सङ्क्रमितको ०ं।३० प्रतिशत हो । करिब चार महिनापछि ११ दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । पछिल्लो एक दिनमा १४ हजार ६२९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त… पुरा पढौ

दक्षिण अफ्रिकाको मधुशालामा गोली चल्दा १४ जना ठहरै

स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु भएको छभने अन्य ११ जना घाइते भएका छन् । शनिबार राति र आइतबार बिहान भएको गोलाबारीमा घाइते भएका ११ जनालाई अस्पताल पु¥याएको प्रहरीले आइतबार जनाएको हो । प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख इलियास मावेलाले बताए । राजधानीको दक्षिणपूर्वमा पर्ने सोवेटो जोहानेसबर्गको सबैभन्दा ठूलो शहरी क्षेत्र हो ।रासस पुरा पढौ

मलेसिया र पाकिस्तानमा कोरोना सङ्क्रमण बढ्ने क्रममा

मलेसियामा शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा २ हजार ७९९ थप कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै राष्ट्रभरी कुल सङ्क्रमितको सङ्ख्या ४५ लाख ९२ हजार ७१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यस अवधीमा सङ्क्रमणको कारण आठ नयाँ मृत्यु भएपछि कुल मृतकको सङ्ख्या ३५ हजार ८०९ जना पुगेको छ । यस समयमा दुई हजार ६६६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएपछि कोरोना शुरु भएपछि हालसम्म यहाँ ४५ लाख २१ हजार ५७८ कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । हाल मलेसियामा ३५ हजार… पुरा पढौ

टी–२० विश्वकप ट्रफी नेपाल आउने

आइसीसी टी–२० विश्वकप ट्रफी नेपाल ल्याउने पक्का भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्व कप क्रिकेटको ट्रफी सगरमाथाको देश नेपाल भ्रणम गराउने निर्णय गरेको हो। आइसीसीका अनुसार १६ अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको ट्रफीले अगस्ट ३० देखि ३१ सम्म नेपालको भ्रमण गर्नेछ। आइसीसीले विश्वकप आउन एक सय दिन बाँकी छँदा शुक्रबार विश्वकप ट्रफीको ‘वल्र्ड टुर’ को भ्रमण तालिकामा नेपाललाई पनि समावेश गरेको हो। आइसीसीले विश्वकप ट्रफी टुर शुक्रबार देखिनै सुरुवात गरेको छ। अस्ट्रेलियाको… पुरा पढौ

बकर इद मनाइँदै, देशभर सार्वजनिक विदा

इस्लाम धर्मावलम्बीले आज बकर इद (इदु उल जोहा) मनाउँदै छन्। ‘इद ऊल जोहा’ अथवा ’इद ऊल अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर इद पर्व मनाँउदैछन्। इस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ’जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाइन्छ। नेपाल सरकारले बकर इदको अवसरमा देशभर सार्वजनिक बिदा समेत दिने गरेको छ। बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो। रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न… पुरा पढौ

श्रीलङ्काका प्रधानमन्त्री राजिनामा दिन सहमत

श्रीलङ्का । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत भएका छन् । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उनले सर्वदलीय बैठकको अह्वान गरेका थिए । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो । राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए । सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा… पुरा पढौ