प्रवास

विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित

आइसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित बनेको छ। त्रिदेशीय एक दिवसीय श्रृंखलामा नेपाल नामिबियासँग पराजित भएसँगै छैटौँ स्थानमा झरेको छ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबियासँग लगातार दोस्रो खेलमा हारेको हो। नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित बनेको थियो। स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। हिँजो (शनिबार)को खेलमा जितका लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट बन्यो। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन… पुरा पढौ

पाकिस्तानमा युवती अपहरणको विरोधमा हिन्दु समुदायको प्रदर्शन

पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवती अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको आरोपमा विरोध प्रदर्शन गरेका छन्। अपहृत युवती करीना नामकी हिन्दु युवती रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।प्रदर्शनकारीहरूका अनुसार युवतीलाई खलील रहमान जोनोका परिवारका सदस्यहरूले जुलाई ६ मा काजी अहमद टाउनको उन्नार मुहल्लामा अपहरण गरेका थिए। प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै युवतीको खोजीका निम्ति पूर्वराष्ट्रपतिलाई हस्तक्षेप गर्न आग्रह गरेका थिए । स्थानीय प्रहरीले करिनालाई अपहरण नगरेको भन्दै मीर… पुरा पढौ

खाद्यान्न निर्यात सम्बन्धी युक्रेन र रुस वार्तामा प्रगति

ः युक्रेनका राष्ट्रपति भोलोडिमिरि जेलिन्स्किीले रुससँगको पछिल्ला केही दिनमा भएको वार्तामा प्रगति भएको बताएका छन् । खासगरी स्तानबुलमा खाद्यान्न आपूर्तिका विषयमा प्रगति भएको उनले जानकारी दिएका हुन् । इस्तानबुलमा खाद्यान्न आपूर्ति गर्ने विषयमा रुस र युक्रेनका बीचमा केही दिनअघिदेखि वार्ता सुरु भएको थियो । सो वार्तामा टर्की र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएअनुसार सो वार्तामा प्रगति भएको कुरा बताइएको छ । राष्ट्रपति जेलिन्स्किीले युक्रेनको वार्ता टोलीका तर्फबाट आफूलाई… पुरा पढौ

अज्ञात रोगले अफगानिस्तानमा बीस बालबालिकाको मृत्यु

अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ । बितेका दुई दिनमा बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रशिदले बताए । दूषित पानीका कारण उनीहरूको ज्यान गएको उनको अनुमान छ । बालबालिकासहित केही प्रभावितहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेकोछ । अधिकारीले बताए । अफगानिस्तानको सुदूर क्षेत्रहरूमा स्वास्थ्य केन्द्र र स्वच्छ पिउने पानीमा पहुँच नहुँदा त्यहाँका स्थानीय रोग र मृत्युको जोखिमबाट मुक्त हुन सकेका छैनन्।रासस पुरा पढौ

मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित

मलेसियामा दुई हजार तीनसय ४५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशमा कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो परीक्षणबाट तीन जना बाहिरबाट आएका व्यक्ति र बाँकी स्थानीयमा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्युभएको छ । मलेसियामा हालसम्म ३५ हजार आठसय १९ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेका २४ घण्टामा दुई हजार ३८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।रासस पुरा पढौ

पाकिस्तान सडक दुर्घटनामा दशजनाको ज्यान गयो

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा पिकअप भ्यान खाल्डोमा खस्दा १० जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूका अनुसार खैबर पाख्तुनख्वा प्रान्तको स्वात जिल्लाको गबिन जब्बाको पर्यटकीय क्षेत्र नजिकै सडकबाट भ्यान खस्दा उनीहरूको ज्यान गएको हो । चालकले गाडीमाथि नियन्त्रण गुमाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनास्थलमा उद्धार टोली र स्थानीय स्वयंसेवकहरू घटनास्थलमा पुगेका तथा शव र घाइतेहरूको व्यवस्थापन गरिएको छ ।रासस पुरा पढौ

आज २०९ औं भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक विदा

आज असार २९ गते अर्थात २०९ औं भानु जयन्ती। विविध साहित्यिक कार्यक्रम गरेर देश तथा विदेशमा आजका दिन आदिकवि भानुभक्त जन्म जयन्ती मनाइन्छ। वि.सं. १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको वि.सं. १९२५ असोज ६ गते निधन भएको थियो। भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको चुँदी रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो। नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन्। मोतिराम भट्टले उनलाई पहिलो… पुरा पढौ

राष्ट्रपति सीको ताइवान स्ट्रेटका युवाहरूलाई राष्ट्रिय पुनःउत्थान लागि प्रयास गर्न आग्रह

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले ताइवान जलडमरूका युवाहरूलाई राष्ट्रिय पुनः उत्थानको चिनियाँ सपना पूरा गर्न संयुक्त रूपमा प्रयास गर्न आग्रह गरेका छन।सोमबारदेखि मङ्गलबारसम्म फुजियान प्रान्तको सियामेनमा आयोजित स्ट्रेट युथ फोरममा सहभागी हुन आएका ताइवानका युवाहरूलाई लेखेको पत्रमा सीले सो आग्रह गरेका हुन। ताइवानका युवाहरूले आफ्नो सपना साकार पार्न मुख्यभूमिमा एउटा मञ्च फेला पारेको, मातृभूमिको द्रुत विकास र परिवर्तनहरू देखेको र दुवै छेउका देशबासीहरूबीचको न्यानो भावनाहरू महसुस गरेको कुरा थाहा पाएर आफू खुसी भएको सीले पत्रमा उल्लेख… पुरा पढौ

कोरोना सङ्क्रमण भारतमा घट्दै दक्षिण कोरियामा बढ्दै

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घटिरहेको छ भने दक्षिण कोरियामा बढिरहेको छ । सोमबारको तुलनामा मङ्गलबार तीन हजार ६३ जना कम सङ्क्रमण पुष्टि भएको हो । बितेका २४ घण्टामा १३ हजार ६१५ जना सङ्क्रमित फेला परेका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेका समाचारमा जनाइएको छ । यहाँ एक लाख ३१ हजार ४३ सक्रिय सङ्क्रमित रहेका छन् । यो कुल सङ्क्रमितको ०।३० प्रतिशत हो । करिब चार महिनापछि १२ दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या… पुरा पढौ

यमनलाई लिएर संयुक्त राष्ट्रसङ्घ चिन्तित

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले यमनको मानवीय अवस्था कमजोर हुदै गएकामा चिन्ता व्यक्त गरेको छ । यमनमा लागि उपप्रमुख जोसी एमसुयाले सो चिन्ता गरेका हुन् । उनले यमनमा दिन प्रतिदिन मानवीय सहयताको खाँचो रहेको र यो अवस्था बढ्दै गएकाले आगामी दिनमा आवश्यक सहयोग र यसका लागि तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।यहाँ खाद्यान्नका साथै औषधि समेतको अभाव हुनसक्ने अवस्था रहेको र यो अवस्था प्रतिदिन बढ्दै गएको भन्दै यसका लागि सहयोगको तयारी गर्न विश्व समुदायलाई आग्रह गरिएको छ ।यमनमा लामो समयदेखि… पुरा पढौ