समाचार

बझाङ उपनिर्वाचनः मतगणना सुरु

चैनपुर । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले आचारसंहितामा तयार गरेसँगै २ः२० बजेदेखि मतगणना सुरु भएको हो । मतगणना दुई ठाउँमा गर्ने तयारी भएको उनले बताए। शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो । सुरुवाती समयमा छविसपाथिभेरा गाउँपालिका १ र २ को मतगणना भइरहेको छ । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।रासस पुरा पढौ

बागलुङका ग्रामीण क्षेत्रमा मौलिक सीप लोपोन्मुख अवस्थामा

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रका मौलिक सीपले बजार पाउने गर्थे । हातमा सीप भएका बुढापाका पनि धेरै थिए । हिजोआज गाउँमा सीप भएको मान्छे कमैमात्रामा पाइन्छन् । उनीहरुले उत्पादन गरेका वस्तुले बजार पाउँदैन । आरन व्यवसायदेखि चोयाका सामग्री बनाउने काम गाउँमै गरिन्थ्यो । खेतबारी जोत्नका लागि हलो, जुवा पनि गाउँमै बनाउने प्रचलन थियो । अहिलेको जस्तो आधुनिक हलो भित्रिएको थिएन । वन जङ्गलबाट काठ काटेर ल्याई घरमै बनाइने ती सामग्री अहिले बिक्री हुँदैन् । बनाउने मान्छे पनि… पुरा पढौ

सेती नदी कटानले चिन्तित छन् स्थानीय

दमौली । “नदी बढ्दा मात्रै बस्ती स्थानान्तरणको कुरा आउँछ, नदी सुकेपछि उक्त कुरा हराउँछ”, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकका सेती नदी कटानबाट पीडित कमला मियाँले भने, “यस्तो सुनेको कैयौँ वर्ष भयो, आश्वासन कहिल्यै पूरा भएनन् ।” वर्षाका बेला सेती नदी बढेपछि नगरप्रमुख, वडाध्यक्ष, जिल्लाबाट पनि थुप्रै व्यक्ति आएर आश्वासन मात्रै दिने गरेको उनको गुनासो छ । नदी बढेका बेला रातभर सुत्न नसकिने जनाउँदै उनले भने, “जब वर्षा सुरु हुन्छ, त्यसपछि हामी निदाउन सक्दैनौँ, रातभर जाग्राम बस्नुपर्ने बाध्यता हुन्छ ।” ठाउँ छाडेर… पुरा पढौ

एसिया कप दुआथलनमा हिमाल र मञ्जु च्याम्पीयन

पोखरा । नेपालका हिमाल टमाटाले दुआथलन च्याम्पीयनसीपको उपाधि जितेका छन् । नेपाल ट्रायथलन एशोसियसन (एनटिए)को आयोजनामा पोखरामा आयोजित एसियन ट्रायथलन च्याम्पीयनसीपको अवसरमा आईतबार भएको दुआथलन प्रतियोगितामा टमाता प्रथम भएका हुन् । उनले निर्धारित ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र पुनः २.५ किलोमिटर दौड ५१ मिनेट २४ सेकेण्डमा पार गर्दै च्याम्पीयन भएका हुन् । ट्रायथलनमा सहभागि भएका अधिकांश विदेशी खेलाडीले मौषमका कारण पोखरा छाडेपछि उनीहरु सहभागि नभएको प्रतिष्पर्धामा नेपालकै नवराज न्यौपानेले १ घण्टा ३ मिनेट ४७ सेकेण्डमा पार गर्दै दोश्रो,… पुरा पढौ

इलाम उपनिर्वाचन अपडेटः मतगणना सुरु

फिक्कल । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो । इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना सुरु भएको हो । यहाँका छ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना… पुरा पढौ

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गरेका हुन् । सम्मेलनमा लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएका छन् । साथै १९… पुरा पढौ

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

दमौली । तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका छन् । वडा कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाउने उद्देश्यसहित वडा कार्यालय भवन निर्माण गरिएका हुन् । देवघाट गाउँपालिका–४ र ५ को भवन निर्माण सकेर नयाँ भवनबाट सेवा प्रवाह भएको छ । जिल्ला समन्वय समिति तनहुँ र देवघाट गाउँपालिकाको संयुक्त लगानी रु ८३ लाख १४ हजार आठ सय तीनमा देवघाट गाउँपालिका–४ को भवन निर्माण गरिएको हो भने वडा नं ५ को भवन रु ९४ लाख नौ हजारको लागतमा निर्माण भएको हो… पुरा पढौ

एसिया कप दुआथलनको उपाधि हिमाल र मञ्जुलाई

पोखरा, बैशाख १६ नेपालका हिमाल टमाटाले दुआथलन च्याम्पीयनसीपको उपाधि जितेका छन् । नेपाल ट्रायथलन एशोसियसन (एनटिए)को आयोजनामा पोखरामा आयोजित एसियन ट्रायथलन च्याम्पीयनसीपको अवसरमा आईतबार भएको दुआथलन प्रतियोगितामा टमाता प्रथम भएका हुन् । उनले निर्धारित ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र पुनः २.५ किलोमिटर दौड ५१ मिनेट २४ सेकेण्डमा पार गर्दै च्याम्पीयन भएका हुन् । ट्रायथलनमा सहभागि भएका अधिकांश विदेशी खेलाडीले मौषमका कारण पोखरा छाडेपछि उनीहरु सहभागि नभएको प्रतिष्पर्धामा नेपालकै नवराज न्यौपानेले १ घण्टा ३ मिनेट ४७ सेकेण्डमा पार गर्दै… पुरा पढौ

तनहुँ जाँदै गरेको बस हेमजामा दुर्घटना, १९ जना घाइते

वैशाख १५ पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले जानकारी दिए । “घाइतेलाई उद्धार… पुरा पढौ

बिरौटा क्लवको दन्त शिविरमा २१० जना लाभान्वित

पोखरा । बिरौटा क्लबले आयोजना गरेको निःशूल्क दन्त शिविरमा दुई सय बढी लाभान्वित भएका छन् । पोखरा–१७ स्थित क्लवको भवनमा सम्पन्न शिविरमा २१० जना लाभान्वित भएको क्लवले जनाएको छ । विन्ध्यबासिनी डेन्टल केयर प्रा लि को प्राबिधिक सहयोगमा सम्पन्न शिविरमा बिरौटा मेडिको फर्मा, ग्यालेक्सी हस्पिटलको हेल्थ डेक्स, आयुश क्रिएशन लगायत विभिन्न संघसंस्थाको सहयोगमा रहेको थियो । यसअघि शिविरको समाजसेवी तथा क्लवका सल्लाहकार चन्द्रकान्त बरालले कार्यक्रमको उद्घाटन गरे । शिविरमा क्लवका संस्थापक अध्यक्ष खगराज आचार्य सहित पूर्व अध्यक्ष, तथा सल्लाहकार, कार्यसमिति… पुरा पढौ