समाचार

एनटिभिएद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् टेबुल क्यालेन्डर लोकार्पण गरेको छ । लेकसाइडस्थित होटेल एलेगेन्टमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दहाल, पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङ, कार्यक्रम संयोजक सुमन कुँवर, एसआरएम कम्पनीका सञ्चालक ओम उपाध्याय लगायतले क्यालेन्डर लोकार्पण गरेका थिए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकलाई सुविधासम्पन्न यायातात सेवा दिनु जरुरी रहेको बताउँदै पर्यटक… पुरा पढौ

बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह

दमौली । तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका निमित्त गठित बोर्डले मुख्य बजार क्षेत्रको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह गरेको हो । बोर्डका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको सुन्दरता अवलोकनका लागि देश तथा विदेशबाट पर्यटक आउने गरेकाले यसको मौलिकता कायमै राख्नुपर्ने बताए । उनले भने, “बन्दीपुर मौलिकताको सहर हो । यहाँ रहेका भक्तपुरे शैलीका घरहरु, संस्कृति अवलोकनका लागि स्वदेशी तथा… पुरा पढौ

पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक

गण्डकी । पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ । ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्ट्सले दुई वर्षभित्रमा काम सक्ने लक्ष्य राखेर विसं २०७८ माघमा उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले काम नसकेपछि आठ महिना ठेक्का म्याद थपिएको आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए । “निर्माण कम्पनीले पोखराको भौगर्भिक… पुरा पढौ

सुनको मूल्य ह्वात्तै घट्यो , आज कतिमा हुदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ । सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ । यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार आठ सय ५०… पुरा पढौ

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन । त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जङ्गल रित्तिएका छन् । आगलागीले वन्यजन्तु तितरवितर बनेका… पुरा पढौ

दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति

दुलेगौडा–लामागाउँ सडकअन्तर्गत दुलेगौडा–लिलाचोक खण्ड रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४को लागतमा स्तरोन्नति सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–४ कसेरीमा सोमबार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडक स्तरोन्नतिको शुभारम्भ गरेका हुन । विश्व बैंककको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी)अन्तर्गत सात दशमलव एक किलोमिटर कालोपत्र गर्न निर्माण कम्पनी बानियाँ निर्माण सेवासँग सम्झौता भएर काम थालिएको हो । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले नगरपालिका–८, ९ र १२ वडालाई… पुरा पढौ

कतारका राजा अमिर शेख आज आउँदैः विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गनेछन । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर… पुरा पढौ

राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

वैशाख १० काठमाण्डौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलले आ–आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भनेर समीक्षा गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको भएको आज ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा उनले राजनीतिक दलहरुले लिएको नीति तथा आदर्शमा विचलन आएको वा नआएको बारे बेलाबेला समीक्षा गर्दै अगाडि बढ्नुपर्छ भने । “नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षासमेत गरिनु पर्दछ भन्ने मलाई लागेको छ, सँगै स्थापना… पुरा पढौ

पोखरा लेडी जेसीजमा अभिमुखीकरण

पोखरा । पोखरा लेडी जेसीजको आयोजनामा अभिमुखीकरण तालिम सम्पन्न भएको छ । वर्ष २०२४ मा जेसीजमा आवद्ध भएका नयाँ सदस्यहरु संस्थाको बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको पोखरा लेडी जेसीज वर्ष २०२४ का अध्यक्ष गायत्री फुयालले जानकारी दिइन् । संस्थाका अध्यक्ष फुयालको अध्यक्षतामा भएको तालिमको औपचारिक उद्घाटन गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले गरेका थिए । तालिमको सहजिकरण संस्थाकी वर्ष २००५ का अध्यक्ष एवं नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष संगिता पौडेलले गरेकी थिइन् । कार्यक्रममा संस्थाका सृजना आले सरिता… पुरा पढौ

पोखराका सहकारी बचतकर्ताहरुले प्रदर्शन गर्दै भने : हाम्रो बचत अपचलन गर्नेलाई तत्काल पक्राउ गर

पोखरा, १० वैशाख पोखराका ६ वटा सहकारीका बचतकर्ताले आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पोखरामा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिवशिखर सहकारी, बलिदानी सहकारी, मित्रमिलन बचत तथा ऋण सहकारी र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताहरुले सोमबार पोखरामा संयुक्त प्रदर्शन गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला अदालत कास्की अगाडि प्रदर्शन गर्नुका साथै ज्ञापन पत्रपनि बुझाएका छन् । पीडितहरुले प्रदर्शनका क्रममा बचतकर्ताहरुको… पुरा पढौ