समाचार

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

वैशाख २१ काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई कारबाही गरिने जनाएको छ । प्राधिकणले आज एक विज्ञप्ति जारी गर्दै हिजो बिहीबार केही इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको र विद्यमान कानुनको उल्लङ्घन हुनेगरी अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरेमा कारबाही गरिने जनाएको हो । प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी तथा सरोकारवालाहरुबाट भएको सहयोग एवं समन्वयले केही… पुरा पढौ

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : एमाले अध्यक्ष ओली

वैशाख २१ नवलपरासी । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । एमाले पश्चिम नवलपरासीको नवौं जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उनले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भने । उनले भने, “मिसन ८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ ।” यसैबीच अध्यक्ष ओलीले आज पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको अवलोकन गरेका छन् । सो क्रममा… पुरा पढौ

सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा

वैशाख २१ पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले सुदूरपश्चिममा बनेका दुनाटपरी गण्डकीमा बजारीकरणका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन भ्रमणका लागि पोखरा आएको वनदेवी सामुदायिक वन उपभोक्ता समिति कृष्णपुर नपा ९, राजघाट, कञ्चनपुरको टोलीले प्रदेश प्रमुखसँग भेट गरी आवश्यक सहयोगका लागि अनुरोध गरेको थियो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले आवश्यक सहजीकरण गर्ने बचनवद्धता प्रकट गरेका हुन् । ‘अहिले डढेलोका कारण पूरै देशलाई असर पुगेको छ । जंगलमा रुखका पातपतिङ्गरकै… पुरा पढौ

जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी नियुक्त

तनहुँ । जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको संचालक समिति सदस्यमा राम भण्डारी नियुक्त भएका छन् । हालै उपप्रधानमन्त्री स्तरको निर्णयबाट स्थापनाकालदेखीका संचालक समिति सदस्य रहेका राम भण्डारी संचालक समिति सदस्यमा नियुक्त भएका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौँडामा रहेको जिपी कोइरालाको राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको संचालक समितिमा नियुक्त भण्डारी सो अस्पतालको नाममा जग्गा ल्याउन नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति हुन् । उनले सेती गंगा सामुदायिक अस्पतालको भवन र त्यहाका कर्मचारी ल्याएर १ सय बेडको अस्पताल संचालन गर्न समेत भण्डारीले… पुरा पढौ

पोखरा १० का आमा समुहलाई महिला सशक्तीकरण सम्बन्धी प्रशिक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० भित्र रहेका आमा समुहका अध्यक्ष र सचिवहरुलाई लक्षित गरी दुईदिने महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा जेसिसको ब्यवस्थापनमा वडा भित्र रहेका ४० वटा आमा समुहका अध्यक्ष र सचिवहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले आमा समुहमा आवद्ध दिदीबहिनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले महिला शसक्तिकरण कार्यक्रमको आयोजना गरिएको बताए । तालिम अन्तर्गत बिहीबार आमा समुहका सचिवहरुलाई उद्घोषण तालिम र शुक्रबार कानुनी परामर्श र… पुरा पढौ

पोखरा २३ मा भेट्रान्स भलिबल प्रतियोगिता शुरु

वैशाख २१ पोखरा । भूपु भलिबल खेलाडी पूर्नमिलन तथा शुभकामना भलिबल प्रतियोगिता शुरु भएको छ । पोखरा २३ नयाँबस्तीमा ३५ वर्ष माथिका भेट्रान्स भलिबल खेलाडीहरुको प्रतियोगितामा भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले यस्तो प्रतियोगिताले निरन्तरता पाउनु पर्ने बताए । उनले पोखरा २३ मा फुटबल मैदान पनि नभएकाले छिटै बनाउन थाल्ने बताए । पोखरा २३ मा धेरै मात्रामा सार्वजनीक जग्गाभएका कारण खोजी गरेर फुटबल मैदान पनि बनाउने कामको थालनी गर्ने बताए । त्यसै गरी… पुरा पढौ

प्रदेश स्तरीय बेइजिङ प्लस ३० परामर्श कार्यशाला सम्पन्न

वैशाख २१ पोखरा । महिलाका सवालमा उठाइएका विभिन्न संवैधानिक व्यवस्था, लैङ्गिक समानता र सशक्तीकरण, स्वास्थ्य शिक्षा लगायतका विषयका व्यवहारिक पक्षलाइ सबल बनाउनु पर्ने लगायत वेइजिङ्ग कार्यनीति माथिको कार्यान्वयको अवस्थाको बारेमा प्रदेश स्तरीय बेइजिङ प्लस ३० परामर्श सम्पन्न भएको छ । वियोण्ड बेइजिङ कमिटि गण्डकी प्रदेशको आयोजनामा बेइजिङ प्लस ३० परामर्शमा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री एवम प्रदेश सभा सदस्य सीता सुन्दासले राज्यका तिनै तह तथा सम्पूर्ण निकायमा महिलालाई समानुपातिक एवं अर्थपूर्ण साझेदारी अपरिहार्यतामा जोड दिइन् । उनले नीति निर्माण तहमा महिलाको… पुरा पढौ

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० लाई बहुमत मानेर विश्वासको मत लिने तयारी

पोखरा, बैशाख २१ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख २३ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेगरी बैशाख २३ गते आइतबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको हो । यसअघि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने व्यवस्था मिलाईदिन भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । सोहि अनुसार प्रदेश सभाको बैठकको मिति तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गत चैत २५ गते अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।… पुरा पढौ

१०० रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिने

बैशाख २१ नेपाली १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने भएको छ । नेपाल सरकार, मन्त्री परिषदको शुक्रबार बसेको बैठकले नेपाली १०० रुपैयाँको नोटको अग्रभागको पृष्ठभूमिमा नेपालको नया नक्सा अर्थात चुच्चे नक्सा राख्ने निर्णय गरेको हो । १०० रुपैयाँको नोटको अग्रभागमा हाल पुरानो नेपालको नक्सा राखिएको छ । सोहि ठाउँमा चुच्चे नक्सा रिप्लेसमेन्ट गरेर डिजाईन गर्न अनुमति दिने निर्णय भएको जनाइएको छ । यसअघि केपी ओलीको प्रधानमन्त्री कालमा चुच्चे नक्सा बनाइएको थियो । तर अहिलेसम्म उक्त नक्सा प्रयोगमा ल्याइएको थिएन । पुरा पढौ

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठलाई कायम गर्न फोनिजको माग

पोखरा । आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रिय समितीले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गर्न माग गरेको छ । महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्ने गरिएकोले आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर फोनिजले एक विज्ञप्ति प्रकाशन गरि क्षेष्ठलाई संस्थापक अध्यक्षमा मान्यता दिन माग गरेको हो । २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएका थिए भने उनी सोही समयमा नेपाल टुडेको सम्पादक समेत थिए। उनकै सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव… पुरा पढौ