समाचार

कालीगण्डकी करिडोर: बेनी–जोमसोम-कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ । पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण… पुरा पढौ

आजदेखि नयाँ वर्ष २०८१ सुरु, शुभकामना आदान प्रदान गर्दै हर्षोल्लासका साथ मनाइँदै

पोखरा । आजबाट नयाँ वर्ष २०८१ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते देश विदेशमा बस्ने नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइरहेका छन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता-असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई… पुरा पढौ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरालाई विश्वासको मत

चैत ३० लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राखेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ४८ मत प्राप्त भएको थियो । यससँगै मुख्यमन्त्री महराले मुख्यमन्त्री नियुक्त भएको एक सातामै प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । बैठकमा उपस्थित प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री महराका पक्षमा सत्तागठबन्धन दल नेकपा एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, जनता समाजवादी पार्टीका तीन, नागरिक उन्मुक्ति पार्टीका… पुरा पढौ

सञ्चय बहुउद्देश्य सहकारीद्वारा शैक्षिक सामाग्री हस्तान्त्रण

पोखरा । सञ्चय बहुउद्देश्य वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शैक्षिक समाग्री हस्तान्त्रण, नयाँ वर्ष २०८० को शुभकामना तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । स्थापनाको रजतजयन्ती मनाइरहेको सहकारीले शुक्रबार विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो । सहकारीले नेपाल नेत्रहिन संघ कास्कीलाई झण्डै ४० हजार रुपैयाँको शैक्षिक सामाग्री हस्तान्त्रण गरेको जनाइएको छ । संस्थाले संघलाई १७ रिङ ब्रेल पेपर, ३० थान स्लेट र ४० थान स्टालस लगायत संघका अध्यक्ष श्रीकान्त सापकोटालाई हस्तान्त्रण गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका… पुरा पढौ

आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर

चैत ३० पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त शिविरका बीच कुल १ सय ४० जना किसानले आ–आफ्ना पशुवालीका समस्या प्रस्तुत गरे । त्यस अवसरमा पशु स्वास्थ्यतर्फ दुध र गोवरको परीक्षण गरिनुका साथै विभिन्न वालीमा लाग्ने रोगका निदान बारे विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया भयो । त्यस क्रममा अधिकाशं पशुको गोवरमा माटे, नाम्ले, गोलो जुका लगायतका परजीविका अण्डाहरु भटिए ।त्यस्तै थुनेलो रोगका बारेमा प्रारम्भिक… पुरा पढौ

पोखरामा लागुऔषध कारोवारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ

पोखरा । लागु औषध ओसरपसार तथा कारोवारमा संलग्न भएको आरोपमा पोखराका छुट्टा–छुट्टै स्थानबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुको म्याग्दे – ६ सालघारी स्थायी घर भई शुक्लागण्डकी वडा नं.–५ बेलचौतारा बस्दै आएका वर्ष २५ का किस्मत थापा र कास्कीको अन्नपूर्ण गाउँपालिका–१ फल्लापानी बस्ने वर्ष ४२ का कृष्ण बहादुर वि.क.छन् । प्रहरीले सवारी चेकजाँचका क्रममा ग २४ प ८७७३ नम्बरको स्कुटरमा सवार थापालाई पावरहाउस चोक स्थित पृथ्बी राजमार्ग सडक खण्डबाट लागु औषधसहित पक्राउ गरेको हो । उनको साथबाट… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः बास्केटबलतर्फ टाइम्स र भलिबलतर्फ विद्यान स्पोर्टस क्लबलाई उपाधि

पोखरा । घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विद्यान स्पोर्टस क्लबले जितेको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा विद्यान स्पोर्टस क्लबले अन्नपूर्ण युवा क्लब किम्चेलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विद्यान स्पोर्टस क्लबले पहिलो सेट २५–१९ जितेपनि दोस्रो सेट २३–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेट क्रमशः २५–२० र २५–२१ ले जित्दै उपाधि जितेको हो । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता… पुरा पढौ

नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग

चैत ३० पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग गरेको छ । पर्यटकले चिनारीका रुपमा लैजाने सामाग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरा सहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान दिदै आएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ भारतीडाँडास्थित परशु आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको एगा पोखराका अध्यक्ष इन्द्र भण्डारीले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आएको उको भनाई छ… पुरा पढौ

फेवा महोत्सव जारी, पर्यटक दौडमा ३५ सहभागी

चैत ३० पोखरा । पोखराको फेवा किनारमाजारी १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबारआयोजित पर्यटक दौड प्रतियोगिताको उपाधी डेविड नर्धोफले जितेका छन् । यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्सल्यापलेस द्वितीय भए । रिच अष्टिनले तृतीय स्थान हाँसिल गरे । महिलातर्फको छुट्टैमुल्यांकनमा नेदरल्याण्डकी सिज्ने भिनस्तिया प्रथम, न्यूजिल्याण्डकी ह्यारियट म्याकेन्जीद्वितीय र बेल्जियमकी एलिन रिस्की तृतीय भए । लेकसाइड स्थित पिस प्लाजा होटल अगाडिबाट सुरुभएको दौड ड्यामसाइड पुगी समापन भएको थियो । तीन किलोमिटर लामो दौडमा कूल३५ पर्यटक सहभागी भएको प्रतियोगिताका… पुरा पढौ

आनन्द ज्योतिमा भू.पू. विद्यार्थी मञ्चको भित्तेपात्रो बिमोचन

चैत्र ३० पोखरा । भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.वि.ले भित्तेपात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति मा.वि.का पुर्व विद्यार्थीहरुको संस्था भू.पू.विद्यार्थी मञ्चले बिहिबार विद्यालयमा आयोजित एक कार्यक्रमकाविच २०८१ सालको भित्तेपात्रो बिमोचनका साथै नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथी मञ्चका पूर्व सल्लाहकार एवं आजीवन सदस्य पदमराज पौडेलले आनन्द ज्योति मा.वि.मा अध्यनरत विद्यार्थी केन्द्रित रहने गरेर मञ्चले सञ्चालन गर्ने गरि आफ्ना बुबाआमाको नाममा तीन लाख… पुरा पढौ