समाचार

सामुदायिक सेवा केन्द्र वगरको भित्ते पात्रो विमोचन

पोखरा, ३० चैत । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले प्रकाशन गरेको भित्ते पात्रोको विमोचन गरिएको छ । भित्ते पात्रोको शुक्रबार एक कार्यक्रमका वीच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले विमोचन गरे । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक थापाले सामुदायिक सेवा केन्द्रका गतिविधिबाट प्रहरी उत्प्रेरीत भएको बताए । ‘नेपालका धेरै जिल्लामा रहेर सेवा गर्ने अवसर मिल्यो तर यहाँको सामुदायिक केन्द्रको गतिविधि अन्य ठाँउमा देख्न पाइएन’ उनले भने, ‘सामुदायिक सेवा… पुरा पढौ

बेरोजगारलाई रोजगार दिलाउन बैशाख १० गतेदेखि पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने

पोखरा, चैत ३० के तपाईं बेरोजगार हुनुहुन्छ ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ ? यदि छ भने चिन्ता नमान्नुस् । गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाहरुका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आगामी बैशाखको १० गतेदेखि पोखरामा वृत्ति परामर्श तथा रोजगार मेलाको दोश्रो संस्करण हुन लागेको हो । तीन दिनसम्म जारी रहने मेला पोखरा सभागृहमा… पुरा पढौ

कांग्रेसका पुराना र निष्ठावान नेता पौडेलको निधन

पोखरा, चैत ३० नेपाली काँग्रेसका पुराना तथा निष्ठावान नेता खेमराज पौडेलको निधन भएको छ । पोखराको फेवासिटी अस्पतालमा उपचाररत ८१ वर्षिय पौडेलको आज विहान करीब ११ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । घाँटी र फोक्सो क्यान्सरबाट पीडित पौडेल लामो समयदेखि उपचाररत थिए । कास्कीको तत्कालिन पुम्दीभुम्दी गाविस र हाल पोखरा महानगरपालिका–२२ पुम्दी स्थायी घर भएका पौडेल हाल कांग्रेस महासमिति सदस्य थिए । स्वर्गिय पौडेलको आजै रामघाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । पौडेल कास्की–२ बाट पराजित उम्मेदवार… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको अध्यक्षमा तिर्थराज ढकाल

पोखरा। नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की जिल्ला समितिको १४औं अधिवेशनबाट तिर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन्। बिहिबार सम्पन्न अधिवेशनबाट खुल्ला उपाध्यक्षमा प्रदीप न्यौपाने, महिला उपाध्यक्षमा देवीकुमारी केसी, सचिवमा दामोदर तिमिल्सिना, कोषाध्यक्षमा माधव पहारी, सहसचिवमा जुना थापा, सहकोषाध्यक्षमा शान्ता पराजुली सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरूमा भगवती लामिछाने, यमुना सुवेदी, तोरणबहादुर केसी, विजय शर्मा, सूर्यमोहन ढकाल, जितबहादुर थापा, दशरथ सापकोटा, डिल्लीराम देवकोटा, टेकमाया आचार्य, अनिता राई, बाबुराम भुजेल, उमिता घमाल , विश्वनाथ सुवेदी, हरिबोल गौतम र सरिता ढकाल निर्वाचित भएका… पुरा पढौ

ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’

ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो । गुजुमुज्ज परेको गुरुङ बस्ती । आफ्नै वेषभूषा र संस्कृतिले भरिएको छ । यो गाउँ घरबास (होमस्टे) सञ्चालन गर्नेहरुका लागि पाठशाला नै हो । नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका घरबास सञ्चालक यहाँ आएर ज्ञान र सीप लिने गर्दछन् । क्याप्टेन स्वर्गीय… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् । निर्माण भइरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम जारी छ । नाम्चे, कालिखोला र खहरेखोलामा निर्माण भएका पुलको पहुँच सडक निर्माणको काम भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर कृष्ण आचार्यले बताए । इन्जिनियर आचार्यका अनुसार पहुँच सडक निर्माण भइरहेका पुलमध्ये नाम्चे र कालिखोलाको पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी काम गरिएको छ ।… पुरा पढौ

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक आजै पारित गर्ने सरकारको तयारीः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकि छिन। नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन । ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा छन् । सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुुलियत दिन सरकार सकारात्मक रहेको बताइन । उनले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समिति… पुरा पढौ

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै

उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । बुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन् । “रुन्चेत र लुसीकाङवासीको वर्षौँदेखिको समस्या समाधानका निम्ति भिर खोपेर कादुरी नेपाल संस्थाको सहयोगमा आगामी पाँच महिनाभित्रमा झोलुङ्गे पुल निर्माण पूरा गर्नेगरी काम सुरु भएको छ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने, “करिब रु… पुरा पढौ

पोखरामा मात्रै २० लाख पर्यटक भित्र्याउन सकिन्छ : पर्यटन परिषद अध्यक्ष श्रेष्ठ

पोखरा । पोखरामा मात्रै वार्षिक २० लाख पर्यटक भित्र्याउन सकिने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले बताएका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा आजदेखि शुरु भएको तीन दिने १९ औं फेवा नव बर्ष महोत्सवको उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । पोखरामा अहिलेपनि वार्षिक १० लाख पर्यटक पोखरा आउने गरेको दावी गर्दै संघ, प्रदेश र स्थानिय सरकारले स्पष्ट योजना ल्याएर सहकार्य गरेमा २० लाख पर्यटक पोखरामा भित्र्याउन कुनै समस्या नहुने उनको भनाई थियो । पुरा पढौ

आलु महोत्सवमा विज्ञ–कृषक अन्तरक्रिया

चैत २९ पोखरा । माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जोड दिएका हुन् । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा.श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने औँल्याए । साच्चै सफल रुपमा कृषि कर्म गर्ने हो भने… पुरा पढौ